जेसीबी इन्डियाद्वारा भोटेकोशी बाढी उद्धारमा खटिएका दुई नेपाली ग्राहकको सम्मान

काठमाडौं । बाढीका क्रममा उद्धार कार्यमा महत्वपूर्ण योगदान पुर्‍याएका दुई नेपाली ग्राहकलाई जेसीबी इन्डियाले सम्मान गरेको छ। सम्मानित हुनेमा नेपाली ग्राहकद्वय ऐनबहादुर राउत र नेत्रबहादुर अधिकारी रहेका छन्। उनीहरूलाई भारतमा आयोजित कन्एक्सपो इन्डिया २०२६का क्रममा जेसीबीको प्याभिलियनमा सम्मान गरिएको हो। कार्यक्रममा जेसीबी इन्डियाका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक दीपक शेट्टीले राउत र अधिकारीको उद्धार […]

सिप्रदी यात्री द्वारा नेपालमै निर्मित स्कुटर यात्री ‘यात्री पी२ को मूल्य सार्वजनिक, कुन रेन्जको भाउ कती ?

काठमाडौँ – सिप्रदी यात्रीले आफ्नो नयाँ इलेक्ट्रिक स्कुटर ‘यात्री P2’ (Yatri P2) को मूल्य औपचारिक रूपमा सार्वजनिक गरेको छ। योसँगै नेपालमै इन्जिनियरिङ तथा उत्पादन गरिने विद्युतीय मोबिलिटी विकास गर्ने सिप्रदी यात्रीको यात्रामा अर्को महत्त्वपूर्ण उपलब्धि थपिएको छ। नेपालका विविध र चुनौतीपूर्ण सडक तथा भौगोलिक अवस्थालाई ध्यानमा राखेर विकास गरिएको P2 केवल सहरी आवतजावतका लागि मात्र […]

सार्वजनिक यात्रुबाहक सवारी साधनको दर्ता खुल्यो,उपत्यका बाहिर विद्युतीय सवारीलाई प्राथमिकता

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यात्रुबाहक सवारी साधनहरूको दर्तासम्बन्धी नयाँ व्यवस्था सार्वजनिक गरेको छ। विभागले  सूचना जारी गर्दै काठमाडौँ उपत्यकाभित्रको रुट तथा सवारी व्यवस्थापनलाई ध्यानमा राखेर नयाँ नियम लागू गरिएको जनाएको छ। नयाँ व्यवस्था अनुसार काठमाडौँ उपत्यका बाहिर सञ्चालन हुने विद्युतीय सार्वजनिक यात्रुबाहक सवारी साधनहरूलाई प्राथमिकता दिँदै दर्ता खुल्ला गरिएको छ। काठमाडौँ उपत्यकाभित्र भने […]

यामाहाले ल्यायो “चङ्गा चेट, जितको नयाँ अपग्रेड” दशैं अभियान

काठमाडौं ।  यामाहा नेपालले यो दशैंलाई लक्षित गरी “चङ्गा चेट, जितको नयाँ अपग्रेड” नामक नयाँ फेस्टिभ क्याम्पेन सार्वजनिक गरेको छ। यस मार्फत ग्राहकलाई यामाहाका नयाँ प्रविधियुक्त मोटरसाइकल तथा स्कुटरमा अपग्रेड हुन प्रोत्साहित गरिएको छ। नयाँ पुस्ताको प्रविधि, स्पोर्टी डिजाइन र उत्कृष्ट प्रदर्शनलाई एकसाथ प्रस्तुत गर्दै यामाहाले ग्राहकलाई यस पर्वमा दुईपांग्रे सवारीसाधनसँगै थप खुसी मनाउने अवसर […]

मुख्य ब्रान्डको बिक्री रोकिँदा सीजी मोटर्सको आम्दानी र नाफा घट्यो, इक्रा नेपालले दियो ‘A4’ रेटिङ

काठमाडौं । नेपालको क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले चौधरी ग्रुप  अन्तर्गतको अटोमोबाइल कम्पनी सीजी मोटर्स प्राइभेट लिमिटेडको ६ अर्ब ४० करोड रुपैयाँ बराबरको अल्पकालीन कर्जा सीमाका लागि ‘[ICRANP] A4’ रेटिङ प्रदान गरेको छ। कम्पनीले बैंक तथा वित्तीय संस्थाहरुबाट उपयोग गर्ने फण्ड बेस्ड र नन-फण्ड बेस्ड अल्पकालीन कर्जा सुविधाहरूका लागि यो रेटिङ तोकिएको हो। इक्रा नेपालका […]

जीडब्लूएमका दुई मोडल ओरा५ र ट्यांक ३०० लाई अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं । डिजाइन, नवप्रवर्तन र अटोमोटिभ इन्जिनियरिङमा आफ्नो निरन्तर पहिचान बनाउँदै आएको जीडब्ल्यूएम (GWM) का दुई मोडल ओरा ५ र ट्यांक ३०० ले २०२६ टोरिनो अटोमोटिभ डिजाइन अवार्ड्स (TADA) मा महत्वपूर्ण अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेका छन्। TADA २०२६ मा ओरा ५ ले पारिवारिक कार विधाअन्तर्गत ‘बेस्ट इन्टेरियर डिजाइन अवार्ड’ प्राप्त गरेको छ भने ट्यांक ३०० […]

मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी

काठमाडौं ।  नेपाल ट्रक यातायात व्यवसायी महासंघको टोलीले पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसँग भेट गरी भोटेकोसी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति तथा हराएका ट्रक, कन्टेनर, चालक र मजदुरको अवस्थाबारे जानकारी गराएको छ। महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँ, महासचिव बद्रीप्रसाद चौलागाईं, नेपाल ट्रक कन्टेनर ढुवानी सेवाका अध्यक्ष अर्जुनबहादुर सापकोटालगायतको टोलीले सोमबार पूर्वाधार विकास मन्त्रालयमा मन्त्री लम्सालसँग भेट […]

हुन्डाईको ‘फेस्टिभ ड्राइभ २०८३”’ को घोषणा ,आकर्षक नगद छुट

काठमाडौं । ह्युन्डाई गाडीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले दशैं, तिहार तथा छठलाई लक्षित गर्दै ‘ह्युन्डाई फेस्टिभ ड्राइभ २०८३’ योजना सार्वजनिक गरेको छ।कम्पनीका अनुसार योजनाअन्तर्गत ह्युन्डाई गाडी खरिद गर्ने ग्राहकले ३ लाख रुपैयाँसम्म नगद छुट पाउनेछन्। त्यस्तै, स्क्र्याच कार्डमार्फत थप ५ लाख रुपैयाँसम्म नगद छुट जित्ने अवसरसमेत उपलब्ध गराइएको छ। गाडी खरिद गर्ने ग्राहकलाई […]

 अथरको नेपालगन्जमा १५औँ एक्सपिरियन्स सेन्तर विस्तार

काठमाडौं । विद्युतीय स्कुटर ब्रान्ड एथरले नेपालगन्जमा आफ्नो १५औँ ‘Experience Center’ सञ्चालनमा ल्याएको छ। बसपार्क रोड, न्यू रोड–२ मा खुलेको नयाँ सेन्टरमार्फत नेपालगन्ज तथा आसपासका ग्राहकले एथरका विद्युतीय स्कुटर, प्रविधि र टेस्ट राइडको सुविधा पाउनेछन्। नेपालगन्ज सेन्टरमा Ather 450 र Ather Rizta उपलब्ध हुने कम्पनीले जनाएको छ। ग्राहकले स्कुटरको प्रदर्शन, डिजाइन तथा प्रविधि प्रत्यक्ष अनुभव […]

दशैंमा टीभीएसको ‘गोल्डेन की’ योजना,दैनिक लक्की ड्र र सहज फाइनान्सको सुविधा

काठमाडौं ।  दशैं नजिकिँदै गर्दा दुईपांग्रे सवारीसाधन कम्पनीहरूले उपभोक्तालाई लक्षित गर्दै आकर्षक योजना सार्वजनिक गर्न थालेका छन् । यही क्रममा टीभीएसले पनि दशैंलाई लक्षित गर्दै ‘टीभीएस गोल्डेन की’ योजना सार्वजनिक गरेको छ । नेपालका लागि टीभीएस मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालि. ले ल्याएको उक्त योजनामा नयाँ टीभीएस मोटरसाइकल वा स्कुटर खरिद गर्ने […]