प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सद्वारा ग्वासी विद्यालयलाई झोला वितरण

काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले कैलालीको चुरे गाउँपालिका अन्तर्गत रहेको ग्वासी आधारभूत विद्यालयका ११० जना विद्यार्थीलाई विद्यालय झोला वितरण गरेको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेशम थापाको अध्यक्षतामा कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्लाको दुर्गममा रहेको उक्त विद्यालयमा अध्ययनरत कक्षा १ देखी ८ सम्मका ११० जना विद्यार्थीहरुलाई एक औपचारिक कार्यक्रमका बिच झोला वितरण गरेको छ […]

४७ प्रतिशतले बढ्यो सम्पत्ति शुद्धीकरणसम्बन्धी शंकास्पद कारोबार : राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरणसम्बन्धी शंकास्पद कारोबार करिब ४९ प्रतिशतले बढेको बताएको छ । राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको ‘वित्तीय जानकारी एकाइको सन् २०२४ का गतिविधिसम्बन्धी प्रतिवेदन’ अनुसार गत वर्ष यस्ता कारोबार तथा गतिविधिबारे करिब ४७ प्रतिशतले वृद्धि देखिएको छ । ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ बमोजिम सूचक संस्थाहरूले एकाइमा सम्प्रेषण गरेका […]

गभर्नर पौडेलले लिए प्रधान न्यायाधीस प्रकाशमान सिंह राउतसमक्ष पद तथा गोपनियताको सपथ

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले सम्माननीय प्रधान न्यायाधीस  प्रकाशमान सिंह राउतसमक्ष पद तथा गोपनियताको सपथग्रहण गरेका छन् । हिजो बसेको मन्त्री परिषद् बैठकले उनलाई नेपाल राष्ट्र बैङ्कको १८औं गभर्नरमा नियुक्त गरेको थियो । यस अघि नेपाल राष्ट्र बैङ्कको गभर्नर सिफारिस समितिमा  पौडेल स्वयं समितिका सदस्य रहेका थिए। तर, प्रमुख राजनीतिक […]

नवनियुक्त गभर्नर विश्वनाथ पौडेलको पहिलो प्राथमिकता मुलुकलाई ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले आफ्नो प्रमुख प्राथमिकता नेपाललाई एफएटीएफको ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्ने रहेको बताएका छन्। पौडेलले नियमनको तुलनामा सुपरिवेक्षण पक्षमा विशेष ध्यान दिने बताएका छन्। गभर्नर पौडेलले अर्थशास्त्रमा विविध विशेषज्ञता हुने भए पनि त्यसको आधार समान हुने उल्लेख गर्दै आफूले माइक्रोफाइनान्समा अध्ययन गरेको र वाणिज्य बैंकको सञ्चालक सदस्यको […]

एनएमबि बैंकद्वारा एक्यान सदस्यहरु लक्षित विशेष वित्तीय सेवाहरु घोषणा

काठमाडौं । एनएमबि बैंकले एसोसिएसन अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (एक्यान) सँग सम्झौता सम्पन्न गरेको छ । एक्यानमा आबद्ध रहेका सदस्यहरूलाई लक्षीत गरी विशेष वित्तीय सेवाहरू प्रदान गर्ने प्रतिबद्धता बैंकले उक्त सम्झौतामा उल्लेख गरेको छ । यो सहकार्य एनएमबि बैंकको समावेशी र मूल्य आधारित बैंकिङ सेवाको प्रतिबद्धता र नेपालमा रहेका पेशागत समुदायलाई टेवा प्रदान गर्ने […]

कामना सेवा विकास बैंकद्वारा श्री राष्ट्रिय आधारभूत विद्यालय चितवनमा पोशाक वितरण

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत श्री राष्ट्रिय आधारभूत विद्यालय ज्योतिनगर, चितवनका विद्यार्थीहरुलाई पोशाक वितरण गरेको छ । बैंकको नारायणगढ क्षेत्रका प्रविण बर्तौलाले विद्यालयका प्रधानाध्यापक रमाकान्त न्यौपानेको उपस्थितिमा विद्यार्थीहरुलाई पोशाक हस्तान्तरण गरेका हुन् । उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै प्रधानाध्यापक न्यौपानेले बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत खद्रौली, चितवनस्थित रहेको उक्त विद्यालयका […]

साढे १९ अर्बले बढाए बैंक तथा वित्तीय संस्थाले सुनचाँदी कर्जा

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार सुनचाँदी धितो राखी कर्जा लिने दर बढेको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको चैतसम्म बैंक तथा वित्तीय संस्थाहरुले सुनचाँँदी कर्जास्वरुप ७३ अर्ब ८८ करोड ७० लाख रुपैयाँ वितरण गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १९ अर्ब ५५ करोड १० लाख रुपैयाँले बढी हो […]

कुवेती दिनार एकको मूल्य ४४७ रुपैयाँ २१ पैसा, अमेरिकी प्रतिडलर १३७ रुपैयाँ ३२ पैसा

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५३ रुपैयाँ ७९ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८२ रुपैयाँ ८१ […]

नेपाल राष्ट्र बैंकको १८औं गभर्नरमा नियुक्त डा. विश्वनाथ पौडेल को हुन्

काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ नेतृत्व पाएको छ। सरकारले अर्थशास्त्री डा. विश्वनाथ पौडेललाई राष्ट्र बैंकको १८औं गभर्नरमा नियुक्त गरेको हो। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई पाँच वर्षका लागि गभर्नर नियुक्त गर्ने निर्णय गरेको हो। पौडेलको नाम अर्थमन्त्री विष्णु प्रसाद पौडेलको संयोजकत्वमा गठित सिफारिस समितिबाट सिफारिस गरिएको तीन व्यक्तिमध्ये एक हो। सोमबार बसेको सिफारिस समितिको बैठकले […]

एभरेष्ट बैंकको सिन्धुलीमा शाखा विस्तार

काठमाडौं । एभरेष्ट बैंकको सिन्धुलीमा शाखा विस्तार गरेको छ । बैंकले जेठ ५ गते बागमती प्रदेश अन्तर्गतको सिन्धुलीको कमलामाई नगरपालिका वडा नं ६ मा आफ्नो १३२औँ शाखा विस्तार गरेको छ । यो शाखासँगै बागमती प्रदेशमा बैंकको शाखा संख्या ४७ पुगेको छ । यस शाखाको विस्तार सँगै सिन्धुलीवासीले अत्याधुनिक, सरल र सहज बैंकिङ्ग सुविधा लिनसक्ने विश्वास बैंकले […]