घरजग्गामा बैंक तथा वित्तीय संस्थाले बढाए कर्जा, १० महिनामा करिब तीन खर्ब कर्जा प्रवाह

काठमाडौं । पछिलो केही महिनायता घर निर्माण हुने क्रम बढ्न थालेको छ । यसले बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित घर कर्जा पनि बढेको छ भने जग्गा बिक्रीवितरण समेत बढेको छ । ब्याजदर कम हुँदा ऋण लिएर घर बनाउने र जग्गा खरिद गर्ने क्रम बढ्दै गएको बैंकरहरू बताउँछन् । नेपाल राष्ट्र बैंकले पछिल्लो समय घरजग्गा व्यवसाय […]

अमेरिकी डलर र कुवेती दिनारको मूल्य बढ्दा पाउन्ड र युरोको घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । यसदिन अमेरिकी डलर र कुवेती दिनारको मूल्य बढ्दा युो र पाउन्ड लगायत मुद्राको मूल्य बढेको छ । युरोपियन युरो र बेलायती पाउन्डको मूल्य भने घट्को छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ५१ पैसा र बिक्रीदर १३९ […]

निर्देशित कर्जामा केन्द्रीय बैंक लचक, एक वर्ष समयअवधि थप

काठमाडौं । नेपाल राष्ट्र बैंक तोकिएको क्षेत्रमा प्रवाह गर्नुपर्ने (निर्देशित कर्जा)मा लचिलो बनेको छ । बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०८१ सोमबार संशोधन गर्दै तोकिएको क्षेत्रमा कर्जा प्रवाह पुर्याउनुपर्ने समयअवधि केन्द्रीय बैंकले थप गरेको हो । केन्द्रीय बैंकले तोकिएको क्षेत्रमा कर्जा पूवाह पुर्याउनुपर्ने समयअवधि एक वर्ष थप गरेको हो । अब बैंक […]

ग्लोबल आइएमई बैंकका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टका सेवाहरुमा १५ प्रतिशतसम्म छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका कार्ड तथा मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुले आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टमा १५ प्रतिशतसम्मको छुट पाउनेछन् । ग्लोबल आइएमई बैंक र आइएमई हस्पिटालिटी तथा इला कर्म्फट एण्ड रिसोट प्रालिबिच यससम्बन्धी समझदारीमा हस्ताक्षर भएको छ । समझदारीमा बैंकका सहायक महाप्रबन्धक दिलिप पोखरेल र आइएमई हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत प्रसन्न अधिकारीले हस्ताक्षर […]

नेपाल बैंक र स्लाभिका आईभिएफ एण्ड रिसर्च सेन्टरबीच छुट सम्झौता 

काठमाडौं । नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुलाई काठमाडौं, सिनामंगलमा अवस्थित  स्लाभिका आईभिएफ एण्ड रिसर्च सेन्टर प्रालिमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । बैंक र आईभिएफ एण्ड रिसर्च सेन्चरबीच असार  ८ गते आइतबार सम्झौता भएको हो । सो सम्झौता बमोजिम अस्पतालको विविध सेवाहरुमा लाग्ने शुल्कहरुमा […]

सिद्धार्थ बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सिद्धार्थ बैंकको संस्थापक शेयर बिक्रीमा आएको छ । बैंकले तीन जना संस्थापक शेयरधनीको कुल ३३ सय ९३ हजार कित्ता शेयर बिक्रीमा ल्याएको छ । बैंकको यो शेयर हाल कायम विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । यद्यपि तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट आवेदन प्राप्त नभएमा उक्त शेयर गैरसंस्थापक व्यक्तिमा बिक्री गरिने बैंकले जनाएको […]

यस्तो छ, विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ २४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ८४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ २९ पैसा र बिक्रीदर १५९ रुपैयाँ ९८ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८५ रुपैयाँ […]

मन्त्रजुश्री फाइनान्सको इन्स्टा फण्ड ट्रान्सफर मार्फत निःशुल्क अन्तरबैंक रकमान्तर सुविधा

काठमाडौं । मन्जुश्री फाइनान्स लिमिटेडले आफ्नो डिजिटल सेवालाई अझै उत्कृष्ट बनाउने तथा आफ्ना ग्राहकलाई दिईरहेको सेवालाई अझै प्रभावकारी बनाउने उद्धेश्यले इन्स्टा फण्ड ट्रान्सफर मार्फत निशुल्क अन्तरबैंक रकमान्तरको सुबिधा ल्याएको छ । यो सुबिधा मन्जुश्रीको मोबाइल बैंकिङ एपको मन्जुश्री स्मार्ट अन्तर्गत इन्स्टा फण्ड ट्रान्सफर भुक्तानी विकल्पबाट, एनपीएसमा आवद्ध बैंक तथा वित्तीय संस्थामा रहेको खातामा रकम रकमान्तर गर्न […]

वेगनास लेक फ्रन्ट रेष्टुरेण्टमा प्रभु बैंकका ग्राहकलाई छुट

काठमाडौं । पोखरा महानगरपालिका, वडा नं ३१, बेगनासताल, कास्की स्थित वेगनास लेक फ्रन्ट रेष्टुरेण्ट र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई उल्लेखित रेष्टुरेण्टमा पाइने खाना तथा आवास सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । प्रभु बैकंका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरुले बेगनासतालको रमणिय दृश्य अवलोकनको आनन्दका साथसाथै खाना र आवास सुविधामा […]

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा मुस्ताङको स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सेन्ट्रेटर हस्तान्तरण

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्याङ गाउँमा रहेको स्याङ आधारभूत स्वास्थ्य सेवा केन्द्रलाई स्वास्थ्य सामग्री ‘अक्सिजन कन्सेन्ट्रेटर’ हस्तान्तरण गरेको छ । हस्तान्तरण कार्यक्रममा सांग्रिला डेभलपमेन्ट बैंक, जोमसोम शाखाका प्रबन्धक टासी थकालीले स्याङ आधारभूत स्वास्थ्य सेवा केन्द्रकी अनमी आशमाया परियार तथा वडा सदस्य वीरप्रसाद थकाली लगायतलाई ‘अक्सिजन कन्सेन्ट्रेटर’हस्तान्तरण गरेका हुन् उक्त अवसरमा […]