“महालक्ष्मी विकास बैंकको नयाँ वर्षको अवसरमा ७.९९ प्रतिशतमै घर कर्जा

काठमाडौं । महालक्ष्मी विकास बैंकले नयाँ वर्ष २०८२ को अवसरमा ग्राहकहरुलाई लक्षित गरी महालक्ष्मी घर कर्जा एकल अंकको ब्याजदर ७.९९ प्रतिशतमा नै प्रदान गर्ने भएको छ । नयाँ वर्ष २०८२ को अवसरमा बैंकिङ्ग क्षेत्रमा नै सस्तो तथा प्रतिस्पर्धी ब्याजदर कायम रहने गरी ग्राहकहरुलाई घर खरिद गर्न/निर्माण गर्न /पुर्ननिर्माण गर्न तथा अपार्टमेन्ट खरिद गर्न बैंकले यस्तो कर्जा […]

वाणिज्य बैंकहरुको नाफा ३ प्रतिशतले बढ्यो  

काठमाडौं ।  नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय वाणिज्य बैंकहरुको मुनाफामा वृद्धि भएको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको आठ (साउन देखि फागुन) महिनामा मुलुकमा रहेका २० वटा वाणिज्य बैंकहरुले ४३ अर्ब ४९ करोड ६४ लाख नाफा कमाएका छन् । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा २.८१ प्रतिशत अर्थात् १ अर्ब १८ […]

गोर्खाज फाइनान्सको कामु सिइओमा न्यौपाने

काठमाडौं । गोर्खाज फाइनान्सको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा दीपक न्यौपाने नियुक्त भएका छन् । फाइनान्सको बुधबार बसेको सञ्चालक समितिको बैठकले अर्काे व्यवस्था नहुँदासम्मका लागि न्यौपानेलाई कामु सिइओ नियुक्त गर्ने निर्णय गरेको हो । रिक्त रहेको फाइनान्सको सिइओमा हाल मुकुन्द श्रेष्ठले जिम्मेवारी सम्हाल्दै आएका थिए । उनी पनि अनिवार्य अवकाशमा जाने भएपछि समितिले न्यौपानेलाई उक्त जिम्मेवारी दिएको हो । […]

माछापुच्छ्रे बैंकका ग्राहकलाई जगदम्बा हस्पिटालिटि ग्रुप लिमिटेड, डिबिए हिल्टन होटलमा छुट

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना ग्राहकलाई थप सुविधाहरू प्रदान गर्ने उद्देश्यले जगदम्बा हस्पिटालिटि ग्रुप लिमिटेड, डिबिए हिल्टन होटल, काठमाडौंसँग साझेदारी गरेको छ । यस सहकार्य अन्तर्गत, माछापुच्छ्रे बैंकका खातावाला ग्राहकहरु, डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकहरू, निओन कार्डवाहक ग्राहकहरु, स्मार्ट युजरहरु र माछापुच्छ्रे बैंकका कर्मचारीहरुलाई हिल्टन होटलका विभिन्न सेवा सुविधामा बढिमा १० प्रतिशतसम्मको विशेष छुटको […]

विदेशी विनियम सञ्चिति २४ खर्ब नाघ्यो

काठमाडौं । मुलुकको कुल विदेशी विनियम सञ्चिति २० खर्ब रुपैयाँ नाघेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति चालु आव २०८१/८२ को फागुन मसान्तसम्मको तथ्यांकमा विदेशी विनियम सञ्चिति २४ खर्ब ९ अर्ब २५ करोड रुपैयाँ पुगेको हो । गत आवको असारमसान्तसम्म विदेशी विनियम सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ […]

राष्ट्रिय  बजेट भन्दा बढी नेपाल राष्ट्र बैंकको सम्पत्ति २० खर्ब ६७ अर्ब 

काठमाडौं ।नेपाल राष्ट्र बैंकको आम्दानी बढ्दा कुल सम्पत्ति समेत बढेको छ । राष्ट्र बैंकको २०८१ असारसम्म कुल सम्पत्ति २० खर्ब ६७ पुगेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा कुल सम्पत्ति ३०.१६ प्रतिशतको वृद्धिदर हो । राष्ट्र बैंकको २०८० असारसम्म कुल सम्पत्ति १५ खर्ब ८८ अर्ब रहेको थियो । यो सँगै राष्ट्र बैंकको […]

बैंकिङ प्रणालीबाट २० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भए पछि राष्ट्र बैंकले बुधबार २० अर्ब रुपैयाँ तरलता (ऋण दिन मिल्ने रकम) खिच्ने भएको छ । निक्षेप बढिरहेको समयमा कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिएको हो । राष्ट्र बैंकले २१ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन गर्न लागिएको हो […]

२ अर्ब ५० करोडको ऋणपत्र जारी गर्दै राष्ट्रिय वाणिज्य बैंक

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ७ प्रतिशत ब्याजदर भएको ७ वर्षे अवधिको २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले वैशाख ७ गतेदेखि प्रति ऋणपत्र एक हजार रुपैयाँका दरको २५ लाख कित्ता ऋणपत्र जारी गर्न लागेको हो । जसमध्ये १५ लाख कित्ताले हुन आउने १ अर्ब ५० करोड ऋणपुँजी […]

अमेरिकी डलरसहित युरो, पाउन्ड र दिनारको मूल्य बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । मंगलबार अमेरिकी डलरसहित युरोपियन युरो, बेलायती पाउन्ड, अस्ट्रेलियन डलर र दिनारलगायत अधिकांश मुद्राको भाउ बढेकोमा आज पनि अधिकांश मुद्राको मूल्य बढेको छ । आज अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ७३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ३३ पैसा कायम भएको छ […]

सेबोनद्वारा अघिल्लो फण्ड व्यवस्थापन गर्न नसकेको कम्पनीलाई पुनः नयाँ फण्ड सञ्चालनको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले अघिल्लो लगानी कोष (फण्ड) व्यवस्थापन गर्न असफल भएको नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडलाई पुनः अर्को नयाँ फण्ड व्यवस्थापन गर्न अनुमति दिएको छ। सेबोनले कम्पनीलाई ५० करोड रुपैयाँको ‘नेशनल हाइड्रो फण्ड–२’ सञ्चालनको अनुमति दिएको हो । जसबाट जलविद्युत तथा नवीकरणीय ऊर्जा परियोजनाहरूमा लगानी गरिनेछ। नेशनल फण्ड म्यानेजमेन्टलाई यसअघि २०८० असोज ४ गते […]