माछापुच्छ्रे बैंक र सिबिएल मनी ट्रान्सफर बीच रेमिट्यान्स सेवा सम्झौता
काठमाडौं । विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई अझ सहज, सरल तथा विश्वासिलो बनाउने उद्धेश्यका साथ माछापुच्छ्रे बैंकले मलेसियास्थित सिबिएल मनी ट्रान्सफरसंग औपचारिक सम्झौता गरेको छ । माछापुच्छ्रे बैंकले मलेसियामा रहेका नेपालीहरुलाई नेपालमा रेमिट्यान्स पठाउन सहज होस् भन्ने लक्ष्यका साथ मलेसियास्थित सिबिएल मनी ट्रान्सफरसंग सहकार्य गरि वैशाख १५ गते सोमबार देखि विधिवत रुपमा रेमिटेन्स सेवा शुरुवात गरेको हो […]

