नेपाल बैंक र वात्सल्य नेचुरल आईभिएफबिच सम्झौता

काठमाडौं । नेपाल बैंक र वात्सल्य नेचुरल आईभिएफ प्रालिबिच सम्झौता भएको छ । नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुलाई वात्सल्य नेचुरल आईभिएफ प्रालिका विभिन्न स्थानहरुमा रहेका अस्पताल र क्लिनिकहरुमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा चैत १ गते हस्ताक्षर भएको छ । सो सम्झौता बमोजिम अस्पतालको विविध सेवाहरुमा लाग्ने […]

सिबिफिन र काठमाडौं फिनटेकबीच रणनीतिक साझेदारी सम्झौता सम्पन्न

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र काठमाडौं फिनटेक प्रालि (केएफ) बीच नेपाली बैंकिङ क्षेत्रमा डिजिटल परिवर्तन, नेतृत्व विकास, तथा सुशासन प्रवद्र्धन गर्ने उद्देश्यले ऐतिहासिक रणनीतिक साझेदारी सम्झौतामा हस्ताक्षर गरिएको छ । सिबिफिन कार्यालय, सुन्धारामा भएको उक्त सम्झौतामा सिबिफिनका महानिर्देशक रोशन कोइराला र काठमाडौं फिनटेकका संस्थापक सञ्जीव सुब्बाले हस्ताक्षर गरे । सम्झौतामा हस्ताक्षरपछि […]

प्रभु बैंकद्वारा मुस्ताङको घरपझोङ गाउँपालिकामा वित्तीय साक्षरता कार्यक्रम आयोजना

काठमाडौं । प्रभु बैंकको गण्डकी शाखाले मुस्ताङको घरपझोङ गाउँपालिकामा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ। डिजिटल वित्तीय ज्ञानको प्रसार, डिजिटल ठगीबाट जोगिनका उपायहरूको बारेमा जनचेतना फैलाउने, र सर्वसाधारणलाई बचत गर्न, बजेटिङ र लगानीको अवधारणालाई विकास गर्ने उद्देश्यका साथ शनिबार घरपझोङमा वित्तीय साक्षरता कार्यक्रम गरिएको बैंकले जनाएको छ। यस कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, […]

सिटिजन्स बैंकद्वार ”टपअप र फोनपे डाइरेक्ट गरौँ, बम्पर उपहार जितौँ !” अभियान सुरु

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले फोनपे र  एफवान सफ्टसँगको सहकार्यमा  ”टपअप र फोनपे डाइरेक्ट गरौँ, बम्पर उपहार जितौँ !” भन्ने नयाँ अभियान सार्वजनिक गरेको छ । यस अभियान अन्तर्गत ग्राहकहरूले आकर्षक उपहारहरू जित्ने अवसर पाउनुका साथै बम्पर उपहार आईफोन १६ प्राप्त गर्न सक्नेछन् । यस अभियानको मुख्य उद्देश्य डिजिटल कारोबारलाई प्रवर्द्धन गर्दै बैंकको मोबाइल बैंकिङ […]

बैंकिङ प्रणालीबाट ४० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भए पछि राष्ट्र बैंकले आइतबार ४० अर्ब रुपैयाँ तरलता (ऋण दिन मिल्ने रकम) खिच्ने भएको छ । निक्षेप बढिरहेको समयमा कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिएको हो । राष्ट्र बैंकले २१ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन गर्न लागिएको हो […]

साढे ६ अर्बले बढ्यो बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजीको आकार

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको चुक्ता पूँजीको आकार साढे ६ अर्ब रुपैयाँ भन्दा बढीले बढेको छ । चालु आर्थिक वर्षको माघसम्म बैंक तथा वित्तीय संस्थाहरुको चुक्ता पूँजी ४ खर्ब ४२ अर्ब ९७ करोड रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ६ अर्ब ५६ करोड रुपैयाँले बढी […]

विदेशी मुद्रा साँट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ९० पैसा र बिक्रीदर १३९ रुपैयाँ ५० पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५१ रुपैयाँ ३८ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर […]

समृद्धि फाइनान्सको सीईओमा घिमिरे नियुक्त

काठमाडौं । समृद्धि फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सन्तोषकुमार घिमिरे नियुक्त भएका छन् । फाइनान्सको बुधबार बसेको सञ्चालक समितिको बैठकले आगामी वैशाख १ गतेदेखि लागू हुनेगरी घिमिरेलाई ४ वर्षका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । टीकानिधि लोहनी संस्थाबाट बाहिरिएसँगै घिमिरे सीईओ बनेका हुन् । लोहनीले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएका थिए। फाइनान्सले […]

सांग्रिला डेभलपमेन्ट बैंकको “बुद्धभुमि बचत खाता” सञ्चालनमा

काठमाडौं । यस सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले उच्च र आकर्षक ब्याजदरसहितको बुद्ध भूमि बचत खाता सञ्चालनमा ल्याएको छ । यही चैत १ गतेबाट सञ्चालनमा आएको यो खाता आम नेपाली नागरिकका लागि बचत गर्ने बानी बसाउने तथा आफ्नो मेहनतको कमाइको राम्रो प्रतिफल पाउने एक अवसरका रुपमा रहेको बैंकले विश्वास लिएको छ । ५ हजार रूपैयाँ न्यूनतम ब्यालेन्समा […]

मुक्तिनाथ मन्दिरमा प्रभु बैंकको भीम युपिआई सेवा, भारतीय तीर्थयात्रीलाई सहज हुने

काठमाडौं । मुस्ताङको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिर परिसरमा एक विशेष समारोहका बीच नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा भीम युपिआई (BHIM UPI)  सेवा शुभारम्भ गरिएको छ। उक्त सेवाको सुरुवातसँगै अब भारतका नागरिकहरूले आफ्नो बैंक खाताबाट भीम युपिआईमार्फत क्युआर स्क्यान गरी मुक्तिनाथ मन्दिरमा भेटी, दान, दक्षिणा तथा अन्य भुक्तानी गर्न सक्ने भएका छन्। […]