नेष्डो समृद्ध लघुवित्तकाे वार्षिक साधारण सभा चैत १० गते, १५ प्रतिशत बाेनस दिने

काठमाडाैँ । नेष्डो समृद्ध लघुवित्तवित्तीय संस्थाले आगामी चैत १० गते वार्षिक साधारण सभा बाेलाएकाे छ । मंगलबार बसेकाे  साधारण सभा १०२औं बैठकले संस्थाको छैटौँ वार्षिक साधारण सभाकाे मिति, स्थान र समय तय गरेकाे हाे । साधारण सभा राेयल कुश्मा रिसाेर्ट पर्वतमा हुनेछ । बैठकमा सञ्चालक समितिको तर्फबाट अध्यक्षबाट आर्थिक वर्ष २०८० / ०८१ को वार्षिक […]

अमेरिकी डलर, युरो र पाउन्डको भाउ बढ्यो, अन्य मुद्राको मूल्य कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । यसदिन अमेरिकी डलर, युरोपियन युराे र बेलायती पाउन्ड स्टर्लिङकाे भाउ बढेकाे छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ३९ रुपैयाँ ८४ पैसा कायम भएको छ । हिजो अमेरिकी […]

कर्जा नोक्सानीमा राष्ट्र बैंक लचक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुको कर्जा नोक्सानी व्यवस्थामा लचकता अपनाएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत उक्त व्यवस्था गरेको हो । समीक्षा मार्फत केन्द्रिय बैंकले कर्जा नोक्सानी व्यवस्थालाई १.० प्रतिशत कायम गरेको छ । हाल हाल असल कर्जामा १.१० प्रतिशतको कर्जा नोक्सानी व्यवस्था छ । समीक्षामा भनिएको छ, ‘असल […]

६ महिनामा ७ खर्ब ६३ अर्बको रेमिट्यान्स भित्रियो, आप्रवाह वृद्धिदर एकल अंकमा

काठमाडौँ । चालू आर्थिक वर्ष २०८१/८२ को पुस मसान्तसम्म ७ खर्ब ६३ अर्बको रेमिट्यान्स भित्रिएकाे छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाअनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह अमेरिकी डलरमा १.१ प्रतिशतले वृद्धि भई ५ अर्ब ५८ करोड अमेरिकी डलर (रु.७६३ अर्ब ८ करोड) पुगेको हाे । विप्रेषण आप्रवाहको वृद्धिदर […]

मौद्रिक नीति समीक्षा सार्वजनिक, औसत उपभोक्ता मूल्यवृद्धि ५ प्रतिशतमुनि (पूर्णपाठ)

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ । मंगलबार  राष्ट्र बैंककाे सञ्चालक समितिको बैठकपछि उक्त समिक्षा सार्वजनिक भएको हो । चालु आर्थिक वर्षको ६ महिनासम्मको औसत उपभोक्ता मुद्रास्फीति ४.९७ प्रतिशत रहेको छ । केन्द्रीय बैंकले मुद्रास्फीतिलाई ५ प्रतिशतको हाराहारीमा राख्न मौद्रिक विस्तारबाट मूल्यमा चाप पर्न […]

कामना सेवा विकास बैंकको मोबाइल बैंकिङ मार्फत मुद्दती खाता खोल्न सकिने

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो ग्राहकहरुको सुविधालाई मध्यनजर गदैं बैंकको मोबाइल बैंकिङ एपबाट सजिलै मुद्दती खाता खोल्न सकिने भएको छ । अब ग्राहकहरुले बैंकमा भौतिक रुपमा उपस्थित नभई कामना सेवा विकास बैंकको मोबाइल एप, केएस आइ मोबाइल बैंकिङ मार्फत सहज, सुरक्षित र छिटो तरिकाले मुद्दती खाता खोल्न सक्नेछन् । ग्राहकहरूले अब बैंकमा जानु […]

सम्पत्ति शुद्धीकरण निवारणका व्यवस्था कार्यान्वयन नगरे कोषहरूलाई ५ करोडसम्म जरिवाना

काठमाडौं । नेपाल राष्ट्र बैंकले सामाजिक सुरक्षासम्बन्धी तीनवटै काेषमा सम्पत्ति शुद्धिकरणको व्यवस्था गरेकाे छ । मंगलबार एक परिपत्र जारी गर्दै केन्द्रीय बैंकले कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषका लागि सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको छ। मंगलबार परिपत्र जारी गर्दै सो व्यवस्था कार्यान्वयन नगर्ने […]

बैंक तथा वित्तीय संस्थाले किनेको कर्जा सोही क्षेत्रमा लगानी गर्नु पर्ने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले किनेको कर्जा सोही क्षेत्रमा लगानी गर्नु पर्ने भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार “क”, “ख”, “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०८१ मा संशोधन/परिमार्जन/थप गर्दै यस्तो व्यवस्था गरेको हो । बैंक तथा वित्तीय संस्थाहरुले कृषि तथा उर्जा क्षेत्रमा प्रवाहित कर्जालाई अर्को वित्तीय संस्था मार्फत […]

हायर पर्चेज कर्जा प्रवाह गर्ने कम्पनीमा पनि सम्पत्ति शुद्धिकरणको व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जा प्रवाह गर्ने कम्पनीमा पनि सम्पत्ति शुद्धिकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी व्यवस्था गरेको छ । मंगलबार परिपत्र जारी गर्दै केन्द्रीय बैंकले उक्त व्यवस्था गरिएकाे जानकारी दिएकाे छ । कम्पनीले उच्च पदस्थ व्यक्तिको वर्गीकरण पदमा बहाल रहेका उच्च पदस्थ व्यक्ति, पदमा बहाल नरहेका उच्च पदस्थ व्यक्ति, छिमेकी […]

बैंकिङ प्रणालीबाट २५ अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भए पछि राष्ट्र बैंकले मंगलबार २५ अर्ब रुपैयाँ तरलता (ऋण दिन मिल्ने रकम) खिच्ने भएको छ । निक्षेप बढिरहेको समयमा कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिएको हो । राष्ट्र बैंकले २१ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन गर्न लागिएको हो […]