राष्ट्रिय वाणिज्य बैंकद्धारा ९४ जना नवनियुक्त कर्मचारीहरुलाई पूर्व सेवाकालिन तालिम प्रदान

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोक सेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशका लागि प्रदेशगत रुपमा छनौट भएका नवनियुक्त सहायक (प्रशासन सेवाका) ९४ जना कर्मचारीहरुलाई चौध दिने पूर्व सेवाकालिन तालिम काठमाडौंमा सञ्चालन गरिरहेको छ । तालिमको उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले तालिममले बैंकिङ्ग काम […]

एनएमबि बैंकको बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा सुदेश उपाध्याय नियुक्त

काठमाडौं । एनएमबि बैंकको बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा सुदेश उपाध्याय नियुक्त भएका छन् । बैंकले वैशाख १० गतेदेखि लागु हुने गरी उपाध्यायलाई बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको हो । उपाध्याय हाल बैंकको नायव प्रमुख कार्यकारी अधिकृत पदमा छन् । एनएमबि बैंक दि फिनान्सियल टाईम्स, लण्डनको “द ब्यान्कर” पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंक “बैंक […]

सिटिजन्स बैंक र ईलाइट डेन्टल स्टुडियो बीच समझदारी

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सामाखुशी काठमाडौं, स्थित ईलाइट डेन्टल स्टुडियो बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक, प्रिभिलेज कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले ईलाइट डेन्टल स्टुडियोमा १५℅ आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका […]

साढे १८ अर्बको ट्रेजरी बिल नविकरण गर्दै सरकार

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आइतबार १८ अर्ब ५० करोडको ट्रेजरी बिल नविकरण गर्दैछ । आन्तरिक ऋण उठाउने उद्देश्यले जारी गरेको उक्त रकम बराबरको ट्रेजरी बिलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले सहभागी हुन सक्ने छन् । कर्जा लगानी गर्न नसक्दा आन्तरिक ऋण उठाउने प्रयोजनका लागि […]

बैंकिङ प्रणालीबाट २५ अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भए पछि राष्ट्र बैंकले आइतबार २५ अर्ब रुपैयाँ तरलता (ऋण दिन मिल्ने रकम) खिच्ने भएको छ । निक्षेप बढिरहेको समयमा कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिएको हो । राष्ट्र बैंकले २१ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन गर्न लागिएको हो […]

इसेवा र हिमालयन बैंकबीच सहकार्य

काठमाडौं । नेपालको पहिलो तथा अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा र हिमालयन बैंक बीच विद्युतीय कारोबार सम्भव बनाउनको लागि साझेदारी भएको छ । यस साझेदारी पश्चात अब इसेवा प्रयोगकर्ता तथा हिमालयन बैंकका ग्राहकहरुले सहजै विद्युतीय माध्यमबाट रकम ट्रान्सफर गर्न सक्नेछन्। दुवै संस्थाका ग्राहकहरूलाई थप सेवा र पहुँच प्रदान गर्ने उद्देश्यले गत हप्ता एउटा औपचारिक […]

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नबिल बैंकको वाकाथन

काठमाडौं । नबिल बैंक लिमिटेडले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा वाकाथन आयोजना गरेको छ । ‘वुमन इन मोसन–एक्सलेरेट एक्सन’ शीर्षकमा महिलाको सहनशीलता, उपलब्धि र योगदानको उत्सव मनाउने उद्देश्यले वाकाथन आयोजना गरिएको बैंकले जनाएको छ । बैंकको केन्द्रीय कार्यालयमा वाकाथनको सुरुआत गर्दैै बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले दिवसको अवसरमा महिलाहरुलाई शुभकामना दिँदै बैंकले महिलाहरुलाई प्राथमिकता दिएको बताए । […]

कामना सेवा विकास बैंकद्धारा धनगढीमा बैंकिङ एण्ड विजनेस कन्क्लेभ सम्पन्न

काठमाडौं । कामना सेवा विकास बैंकले शुक्रवार कैलाली उद्योग वाणिज्य संघ अन्तर्गतका धनगढी स्थित उद्योगी व्यवसायीहरु बिच बैंकिङ एण्ड विजनेस कन्क्लेभ कार्यक्रम सम्पन्न गरेको छ । पछिल्लो समयमा व्यवसायी र बैंक विच रहेको दुरी घटाउने उद्धेश्यले आयोजित उक्त कार्यक्रममा धनगढीका करिब १२० भन्दा वढि व्यवसायीहरुको सहभागीता रहेको थियो । पत्रकार महासंघ सुदुरपश्चिमका महासचिव शिवराज भट्टले उक्त […]

अमेरिकी डलरको भाउ घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। शनिबार अमेरिकी डलरको भाउ घटेको छ। हिजो एक अमेरिकी डलरको खरिदर १३९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १३९ रुपैयाँ ६९ पैसा रहेकोमा शनिबार एकको खरिददर १३८ रूपैयाँ ७० पैसा र बिक्रीदर १३९ रूपैयाँ ३० पैसा कायम भएको छ। युरोको भाउ भने शनिबार बढेको […]

एनएमबि बैंकको सीईओमा गोविन्द घिमिरे नियुक्त

काठमाडौं । एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा गोविन्द घिमिरे नियुक्त भएका छन्। शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) घिमिरेलाई आगामी चार वर्षका लागि सीईओमा नियुक्त गरेको हो। घिमिरेले सन् १९९५ मा तत्कालीन नेपाल बंगलादेश बैंकबाट बैंकिङ करियर सुरु गरेका थिए। व्यवस्थापन र कानुनमा स्नातकोत्तर गरेका घिमिरे […]