११ बैंक तथा वित्तीय संस्था राष्ट्र बैंकको कारबाहीमा
काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमास अर्थात माघ, फागुन र चैत महिनाको अवधिमा नेपाल राष्ट्र बैंकले नियमविपरीत कार्य गर्ने ११ वटा बैंक तथा वित्तीय संस्थामाथि विभिन्न प्रकारका कारबाही गरेको छ। राष्ट्र बैंकको नियामकीय निर्देशन अवज्ञा गर्ने पाँच वाणिज्य बैंक, तीन विकास बैंक र तीन वित्त कम्पनीहरू यस अवधिमा कारबाहीमा परेका हुन्। राष्ट्र […]

