नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको स्वतन्त्र सञ्चालकमा शोभा श्रेष्ठ नियुक्त
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा शोभा श्रेष्ठ नियुक्त भएकी छिन् । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको बुधबार बसेको सञ्चालक समितिको ६१८ औं बैठकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १४ बमोजिम स्वतन्त्र सञ्चालक पदमा शोभा श्रेष्ठलाई नियुक्त गरेको हो । हाल नेपाल इन्भेष्टमेण्ट मेगा बैंकमा पृथ्वी बहादुर पाँडेको अध्यक्षतामा […]

