बैंकिङ प्रणालीबाट १ खर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भए पछि राष्ट्र बैंकले बुधबार १ खर्ब रुपैयाँ तरलता (ऋण दिन मिल्ने रकम) खिच्ने भएको छ । निक्षेप बढिरहेको समयमा कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिएको हो । राष्ट्र बैंकले २१ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन गर्न लागिएको हो […]

एक लाखभन्दा बढी तलबसहित, नेपाल शेयर मार्केट्स एण्ड फाइनान्सको व्यवस्थापन र सञ्चालन गर्ने व्यक्ति खोज्दै राष्ट्र बैंक

काठमाडौं । समस्याग्रस्त नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडको व्यवस्थापन र सञ्चालन सुधारका लागि नेपाल राष्ट्र बैंकले दुईजना व्यवस्थापन सदस्य पदका लागि आवेदन आह्वान गरेको छ। केन्द्रीय बैंकले बुधबार सूचना जारी गर्दै संस्थाको व्यवस्थापन र सुधारका दुईजना व्यवस्थापन सदस्य पदका लागि आवेदन आह्वान गरेको हो । राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको सूचनाअनुसार, इच्छुक व्यक्तिले व्यवस्थापन, बैंकिङ, […]

२ अर्बको नागरिक बचतपत्र निष्काशन

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले २ अर्ब रुपैयाँ बराबरको नागरिक बचतपत्र २०८६ निष्काशन गर्ने भएको छ । बिहीबार देखि बिक्री खुला गरिएको बचतपत्र खरिदका लागि आगामी पुस १४ गतेसम्म आवेदन दिन सकिने र पुस १६ गते निष्काशन हुनेछ । बचतपत्र खरिदकर्ताले पुस १६ गते नै साँवा भुक्तानी गर्नुपर्नेछ । ५ वर्ष (०८६ पुस १६ गतेसम्म) […]

निष्क्रिय कर्जाको दबाबमा लघुवित्त: आर्थिक गतिविधि चलायमान नहुँदा समस्या

काठमाडौं । कर्जा असुलीमा बैंक तथा वित्तीय संस्थाहरु कमजोर बन्दै जाँदा निष्क्रिय कर्जा  बढ्दै  गएको दखिन्छ । मुलुकमा रहेका ५२ वटा लघुवित्त वित्तीय संस्थाहरूमध्ये हालसम्म २५ वटा संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । जसमध्ये सीमित बाहेक अधिकांशको निष्क्रिय कर्जा बढेको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा वित्तीय विवरणअनुसार […]

नबिल एसएसईले तेस्रो वार्षिकोत्सव मनाउँदै: ८२० प्रशिक्षार्थी, ११७ उद्यम स्थापना र १२ सय रोजगारी

काठमाडौं । नबिल स्कूल अफ सोसियल इन्टरप्रेनरसिप (नबिल एसएसई) ले आफ्नो तेस्रो वार्षिकोत्सव मनाएको छ । २०२१ नोभेम्बर २६ मा स्थापना गरिएको नबिल एसएसई, नबिल बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक उद्यमशीलताको विकासमार्फत सामाजिक रूपान्तरण गर्ने लक्ष्य राखेर अघि बढाइएको कार्यक्रम हो । नबिल बैंकले नबिल एसएसई फेलोसिप कार्यक्रम र सर्टिफिकेट कोर्स गरी दुई प्रकारको कार्यक्रम सञ्चालन […]

कर्णाली डेभलपमेन्ट बैंक समस्याउन्मुख घोषणा

काठमाडौं ।कर्णाली डेभलपमेन्ट बैंक समस्याउन्मुख घोषणा भएको छ  । बैंकको पुँजी कोष अनुपात नपुगेपछि शीघ्र सुधारात्मक कारवाही गर्दै समस्याउन्मुख घोषणा गरेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ  । यसकासाथै बैंकलाई आजैदेखि थप निक्षेप संकलन तथा कर्जा प्रवाह गर्न रोक लगाइएको छ । राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागका अनुसार नेपालगञ्ज बाँकेमा केन्द्रीय कार्यालय रहेको कर्णाली डेभलपमेन्ट […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदरअनुसार सोमबारको तुलनामा अमेरिकी डलर, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलर, चिनियाँ युआन, साउदी अरेबियन रियाल, थाई भाट, हङ्कङ डलर र ओमानी रियालको मूल्य घटेको  छ । त्यस्तै, युरोपियन युरो, युके पाउण्ड स्ट्रलिङ, स्वीस […]

१ खर्ब २४ अर्ब पुग्यो सवारी साधन कर्जा, माग भने कमजोर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको हायर पर्चेज (सवारी साधन) कर्जा वितरण घटेको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको असोजसम्म बैंक तथा वित्तीय संस्थाहरुको सवारी साधन कर्जा वितरण १ खर्ब २४ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ४ अर्ब […]

सोभरेन क्रेडिट रेटिङले अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि नेपाल सुरक्षित, विश्वसनीय र भरपर्दो भएको प्रमाणित गर्यो : सिबिफिनल

काठमाडौं ।अन्तर्राष्ट्रिय एजेन्सी ‘फिच रेटिङ’ द्वारा गरिएको सार्वभौम साख मूल्याङ्कन (सोभरेन क्रेडिट रेटिङ) मा नेपालले ‘बीबी माइनस’ रेटिङसहितको सन्तोषजनक नतिजा प्राप्त गरेकोमा बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) अत्यन्तै गर्वित एवं उत्साहित भएको बताएको छ । दक्षिण एशियाका अन्य मुलुकहरुमध्ये छिमेकी मित्रराष्ट्र भारतभन्दा पछिको दोस्रो उच्च सार्वभौम साख मूल्याङ्कनको प्राप्तिले नेपालको साख र विश्वसनीयता […]

सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई मध्यमस्तरिय करदाता कार्यालयको विषेश अन्तरक्रिया कार्यक्रममा सम्मान

काठमाडौं ।  सरकारलाई बढी कर बुझाउने सिटी एक्सप्रेस मनी टान्सफरलाई मध्यमस्तरिय करदाता कार्यालयले सम्मान गरेको छ । गत हप्ता मध्यमस्तरिय करदाता कार्यालयमा आयोजित करदातासंगको अन्तरक्रिया कार्यक्रममा प्रमुख कर प्रशासक पार्वती शर्माले सिटी एक्सप्रेसका अध्यक्ष चन्द्र टण्डनलाई सम्मानित गरेका हुन् । सम्मानका क्रममा कार्यालयको तपर्mबाट बधाई तथा शुभकामना दिँदै शर्माले अन्य सम्पूर्ण करदाताले समेत सिटी एक्सप्रेस […]