नेपाल  राष्ट्र  बैंकको  प्रवक्तामा रामु  पौडेल

काठमाडौं । नेपाल  राष्ट्र  बैंकको  प्रवक्तामा रामु  पौडेल नियुक्त भएका छन् । पौडेल नेपाल राष्ट्र बैङ्कमा  कार्यकारी  निर्देशक  (अधिकृत  विशिष्ट  श्रेणी) पदमा कार्यरत रहेका छन् ।    पौडेललाई   २०८१  साउन  १४  देखि लागु   हुनेगरी   नेपाल   राष्ट्र   बैंकको   प्रवत्ताको जिम्मेवारी दिइएको हो  । अर्थशास्त्रमा एमफिल र व्यवस्थापनमा स्नातकोत्तर उपाधि   हासिल  गरेका    पौडेल   हाल   बैंक सुपरिवेक्षण  विभागका  कार्यकारी  […]

राष्ट्र बैंकद्वारा लघुवित्तको लागि नयाँ निर्देशन जारी, यस्ता छन् मुलभुत व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुको लागि  एकिकृत निर्देशन जारी गरेको छ । जारी निर्देशिका   अनुसार अब ऋणीलाई अधिकतम २ वटा लघुवित्त वित्तीय संस्थाले कर्जा प्रवाह गर्न सक्नेछन् ।  यस अघि एक ऋणीलाई एक लघुवित्तले मात्र कर्जा प्रवाह गर्न सक्ने व्यवस्था थियो । त्यस्तै निर्देशनले नियतपूर्वक ऋण नतिर्ने ऋणीहरु र परिस्थितिवशः ऋण […]

यस्तो छ राष्ट्र बैंकले जारी गरेको स्वाप कारोबार विनियमावली

काठमाडौं । नेपाल राष्ट्र बैंकले स्वाप कारोबार विनियमावली, २०८१ जारी गरेको छ । बैंक तथा वित्तीय संस्थाले विदेशबाट भित्र्याएको विदेशी मुद्राको ऋणमा रहने विदेशी विनिमय जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी राष्ट्र बैंकको सञ्चालक समितिले उक्त विनियमावली स्वीकृत गरेको हो । विनियमावलीमा […]

मौद्रिक नीति सन्तुलित र समयसापेक्षः सीबीफीन

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन)ले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सन्तुलित र समयसापेक्ष आएको बताएको छ । मुलुकको आर्थिक एवं वित्तीय क्षेत्रहरुको अवस्था, निजी क्षेत्रको मनस्थिति एवं अपेक्षा र विश्व परिवेशको वस्तुनिष्ठ अध्ययन, मूल्याङ्कन, विश्लेषण गर्दै नेपाल राष्ट्र बैंकले चालु आवको लागि जारी गरेको मौद्रिक नीति वर्तमान समयको मागबमोजिम सन्तुलित […]

प्रभु बैंकको ३०८ औं र ३०९ औं शाखा सञ्चालनमा

काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा साउन १३ गते देखि तेह्रथुमको म्याङलुङ नगरपालिका वडा नम्बर १ मा आफ्नो ३०८ औं र धनकुटा नगरपालिका वडा नम्बर ७ स्थित हुलाक टोलमा ३०९ औं शाखा खोली बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । प्रभु बैंकले आप्mनो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा आफ्नो शाखा […]

ग्लोबल आइएमई बैंकका कार्डबाहकलाई र्याडिसन होटलमा १५ प्रतिशत छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको डेबिट तथा क्रेडिट कार्डबाहकहरुलाई र्याडिसन होटल काठमाडौंमा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने समझदारी भएको छ । उक्त समझदारीमा ग्लोबल आइएमई बैंकका चिफ मार्केटिङ्ग अफिसर दिलिप पोखरेल र र्याडिसन होटल काठमाडौँका निर्देशक केदार पाण्डेले हस्ताक्षर गरे । समझदारी अनुसार बैंकको डेबिट र क्रेडिट कार्डवाहकहरुले ¥याडिसन होटल काठमाडौँमा उपलब्ध सेवामा १५ […]

१९ मध्ये १८ वाणिज्य बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । चालु आर्थिक वर्षको मौद्रिक नीति पछिको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई पटक सर्किट लागेको छ। पहिलो सर्किट कारोबार सुरु भएको पहिलो मिनेटमै लागेको थियो। दोस्रो सर्किट पछि भने बजार केही तल आएको थियो। आज नेप्से ११३.४२ अंकले बढेर २६८१.५६ अंक विन्दुमा आएर बन्द भएको छ। नेप्सेमा सूचीकृत १९ वाणिज्य […]

आइएमई र जिएमई रेमिटले साउन ३० गतेबाट एकीकृत कारोबार सुरु गर्ने

काठमाडौं । आइएमई लिमिटेड र जिएमई रेमिट प्रालिले साउन ३० गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् । जिएमई रेमिटलाई गाभेर ‘आइएमई लिमिटेड’ को नामबाट दुवै कम्पनीले एकीकृत कारोबार सुरु गर्न लागेका हुन् । गत जेठ ९ गते सम्पन्न दुईवटै कम्पनीको विशेष साधारण सभाले एकआपसमा गाभ्ने विशेष प्रस्ताव पारित गरेका थिए । यी दुवै कम्पनीलाई नेपाल […]

एनआईसी एशिया बैंकले सुर्याज्योती लाईफ इन्स्योरेन्समा रहेको शेयर बिक्री गर्ने

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको ९२ हजार ३९४ कित्ता  संस्थापक शेयर बिक्री गर्न लागेको छ । एनआईसी एशिया बैंकले सूर्यज्योति लाइफको ९२ हजार ३४९ कित्ता शेयर बिक्रीमा राखेको हो । बिक्रीमा राखिएको शेयरमा कम्पनीका संस्थापक शेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाले खरिद गर्न सक्नेछन् । इच्छुक खरिदकर्ताले साउन […]

दिगो भविष्यको प्रतिबद्धता र जनचेतनाका लागि देशव्यापी ‘नबिल दिगो पाइला’ वाकाथन

काठमाडौं । नबिल बैंकले देशव्यापी ‘नबिल दिगो पाइला’ वाकाथन गरेको छ । दिगो भविष्यको प्रतिबद्धतासहित जनचेतना जगाउने उद्देश्यले वाकाथन गरेको बैङ्कले जनाएको छ स्थापनाको ४०औँ वार्षिकोत्सवको अवसरमा बैंकले दिगो भविष्य निर्माणको प्रतिबद्धता जनाउँदै शनिबार बिहान देशव्यापी वाकाथन आयोजना गरेको हो । बैंकले हालसम्म प्राप्त गरेका उपलब्धिलाई संस्थागत गर्दै दिगो भविष्यप्रति प्रतिबद्धताका लागि वाकाथनमार्फत ऐक्यबद्धता जनाएको छ […]