नेपाल बैंक र लिफ प्लस प्रा. लि. बीच विशेष सहकार्य सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेड र लिफ प्लस प्रा. लि. बीच विशेष सहकार्य सम्झौता सम्पन्न भएको छ। सम्झौता अनुसार, नेपाल बैंकका कर्मचारी र बैंकमा खाता भएका ग्राहकहरूले लिफ प्लस प्रा. लि. द्वारा उत्पादन तथा बिक्री हुने पर्यावरणमैत्री, प्राकृतिक सुपारीको पातबाट बनेका घरायसी सामानहरू खरिद गर्दा २० प्रतिशतसम्म छुट पाउने भएका छन्। सम्झौता अनुसार, उक्त वस्तुहरू […]

बैंकिङ प्रणालीबाट राष्ट्र बैंकले ३५ अर्ब खिच्दै

काठमाडौं । राष्ट्र बैंकले आज असोज २९ गते ३५ अर्ब रूपैयाँ निक्षेप  झिक्ने भएको छ । राष्ट्र बैंकले ४ दिनका लागि  निक्षेप संकलन उपकरणको बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन गर्न लागेको हो । राष्ट्र बैंकका अनुसार आज असोज २९ गते ३ बजेसम्म अनलाईन बिडिङ सिष्टम मार्फत मात्र बोलकबोल हुनेछ। निक्षेप संकलनको लागि घटीमा १० […]

बैंक तथा वित्तीय संस्थाले सिएसआरको रकम जेनजी आन्दोलन प्रभावितको हितमा लागि खर्च गर्न सक्ने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर)को रकम गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका प्रभावितलाई खर्च गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी मार्गदर्शन, २०८१ (दोस्रो संशोधन)’ गर्दै बैंक तथा वित्तीय संस्था र पूर्वाधार बैंकले सामाजिक उत्तरदायित्व वापतको रकम जेनजी आन्दोलनका क्रममा […]

वाणिज्य बैंकहरुको चुक्ता पुँजी ३ खर्ब २० अर्बले बढ्यो, प्रतिफल दरमा भने उच्च गिरावट

काठमाडौं । वाणिज्य बैंकहरुको चुक्ता पुँजीमा भारी वृद्धि देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो १३ वर्षमा बैंकहरुको पुँजी ४९० प्रतिशतले बढेको हो । अहिले बैंकहरुको चुक्ता पुँजी ३ खर्ब ८६ अर्ब २५ करोड रुपैयाँ रहेको छ । आज भन्दा १३ वर्ष अगाडि अर्थात, सन् २०१२ मा बाणिज्य बैंककको चुक्ता पुँजी ६५ अर्ब ३६ […]

एनआईसी एशिया बैंकका ग्राहकहरुलाई नवलपुरको अमरापुरी रिसोर्टमा १५ प्रतिशतसम्म छुट

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकलाई अमरापुरी रिसोर्ट एण्ड वाटर पार्कमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा होटल र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहक महानुभावहरुले नवलपुरमा रहेको उक्त होटलमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । यस बैंकका ग्राहकहरुले उक्त होटलमा सेवा लिई डिजिटल भुक्तानी […]

२ महिनामा भित्रियो ३ खर्ब ५२ अर्ब रेमिटेन्स, विदेशी विनिमय सञ्चिति २८ खर्ब ८१ अर्ब पुग्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो महिना अर्थात, भदौमा ३ खर्ब ५२ अर्ब ८ करोड रुपैयाँ बराबर रेमिटेन्स भित्रिएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३३.१ प्रतिशत धेरै हो । भदौ महिनामा मात्रै १ खर्ब ७४ अर्ब ६७ करोड रेमिटेन्स आएको छ । समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २७.६ प्रतिशतले वृद्धि […]

कामना सेवाका अध्यक्ष सुदिप आचार्यको सपथ ग्रहण सम्पन्न

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडका सञ्चालक समितिका अध्यक्ष सुदिप आचार्यले मंगलवार नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बम बहादुर मिश्र समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । बैंकको गत शुक्रवार सम्पन्न १९औं वार्षिक साधारण सभाबाट सञ्चालकमा निर्वाचित आचार्यलाई सोही दिन बसेको सञ्चालक समितिको बैठकले अध्यक्षमा चयन गरेको थियो। बैंक तथा वित्तीय संस्था […]

समस्यारत मार्जिन कारोबार प्रणाली कार्यान्वयनको माग, करिब एक महिनामा कार्यान्वयन गर्ने आश्वासन

काठमाडौं । धितोपत्र ब्रोकरले लगानीकर्तालाई प्रदान गर्ने मार्जिन कारोबार (सेयर खरिद कर्जा) सुविधासम्बन्धी नीतिगत व्यवस्था भए पनि कार्यान्वयनमा जटिलता कायमै देखिएको छ । स्रोतको सुनिश्चितता, मार्जिन कारोबारका लागि आधारभूत पूर्वाधार पनि नभएकोलगायत कारण यो व्यवस्था अझै प्रभावकारी कार्यान्वयन हुन नसक्ने जानकारहरू बताउँछन् । मार्जिन कारोबारका लागि ब्रोकरहरूले सिस्टम नबनाएकोलगायत कारण अझै पनि लगानीकर्ताले ब्रोकरहरूमार्फत मार्जिन सुविधाको सम्भावना […]

राष्ट्र बैंकले तिहारमा सुनको असर्फी वितरण नगर्ने

काठमाडौं । तिहार (धनतेरस) लाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले सुनका असर्फी र चाँदीका सिक्का (मेडालियन) बिक्री गर्दै आएकोमा यो वर्ष सुनका असर्फी वितरण नगर्ने भएको छ । राष्ट्र बैंकको टक्सार महाशाखाले सूचना जारी गर्दै असोज २६ गतेदेखि चाँदीको मेडालियन बिक्री वितरणका लागि भने मूल्य सार्वजनिक नै गरेको छ । महाशाखाका नुसार लक्ष्मी मेडालियन (१०) […]

पोखरा र समृद्धि फाइनान्सलाई मर्जरमा जानका लागि सैद्धान्तिक सहमति

काठमाडौं । नेपाल राष्ट्र बैंकले  पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनीलाई मर्जरमा जानका लागि सैद्धान्तिक सहमति प्रदान गरेको छ । राष्ट्र बैंकले ३ महिनाभित्र आ-आफ्नो साधारण सभाबाट विशेष प्रस्ताव पारित सहित आवश्यक प्रकृया पूरा गर्न भनेको छ । त्यसपछि यी २ संस्थाहरुले मर्ज हुनका लागि अन्तिम स्वीकृत पाउने छन् ।