यूरो ५ भन्दा कम मापदण्डका सवारी आयात गर्न बैंकहरुले एलसी नखोल्ने

काठमाडौं । नेपालमा यूरो ५ भन्दा कम मापदण्डका सवारी साधन आयात गर्न बैंकहरूले प्रतितपत्र (एलसी) खोल्न नपाउने भएका छन् । सरकारले नेपाल सवारी साधन प्रदूषण मापदण्ड २०८२ जारी गरेसँगै नेपाल राष्ट्र बैंकले पनि एलसी खोल्ने ब्यवस्थामा सोही मापदण्ड अनुसारको व्यवस्था गरेको हो । यससँगै राष्ट्र बैंकले नेपाल सवारी साधन प्रदूषण मापदण्ड २०८२ विपरितका सवारी रिकण्डिसन […]

१८ लघुवित्तले सार्वजनिक गरे वित्तीय रिपोर्ट, ८ वटाको प्रतिसेयर आम्दानी ३० रुपैयाँ भन्दा धेरै, कुनको कति ?

काठमाडौं । सूचीकृत १८ वटा लघुवित्तहरुले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय रिपोर्ट सार्वजनिक गरेका छन् । जसमध्ये प्रायः सबै फन्डहरुको नाफा बढको छ । रिपोर्ट अनुसार धेरै संस्थाहरुको खुद ब्याज आम्दानीमा सुधार आएको छ । साथै, इम्पेयरमेन्ट चार्ज पनि घटेको छ । त्यसले गर्दा नाफामा सुधार देखिएको छ । लघुवित्त संस्थाहरुले निकै सन्तोषजनक वित्तीय […]

१५ हजार डलर भन्दा बढी रकमको सेवा आयात गर्दा विदेशी बैंकको ग्यारेण्टी आवश्यक

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्न इजाजतप्राप्त निकायलाई जारी गरेको एकीकृत परिपत्र २०८१ लाई संशोधन गरेको छ । अब प्रति पटक अमेरिकी डलर १५ हजार भन्दा बढी रकमको सेवा आयात गर्दा विदेशी बैंकको बैंक ग्यारेण्टी आवश्यक पर्ने र नियामक निकायको सिफारिस  पनि आवश्यक पर्ने भएको छ । यसअघि १२ हजार भन्दा बढी […]

कुमारी बैंकको नाफामा ४५ हजार ८२९ प्रतिशतको सुधार, यसकारण बढ्यो मुनाफा

काठमाडौं । कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २ अर्ब ११ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५ हजार ८२९ प्रतिशत धेरै हो । अघिल्लो वर्ष बैंकले ४६ लाख ८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको खुद ब्याज आम्दानी १० अर्ब ८० करोडबाट बढेर ११ […]

बैंकका संस्थापक अध्यक्षसहित तीनजनालाई पुर्पक्षका लागि थुनामा पठाइयो

नेपालगञ्ज । नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको कर्णाली विकास बैंक घोटाला प्रकरणमा उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले बैंकका संस्थापक अध्यक्षसहित तीन जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । राष्ट्र बैंकका पूर्व कर्मचारी भुवन बस्नेतलाई दुई लाख धरौटीमा छाड्न आदेश दिएको उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले जनाएको छ । ‘उहाँले धरौटी बुझाउन नसकेकाले तत्काल थुनामा […]

सिटिजन्स बैंक इन्टरनेसनलको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका संस्थापक समूहखओ ५५, ४२३.१२ कित्ता शेयर बिक्रिमा रहेको छ । बिक्रिमा रहेको शेयरको प्रतिकित्ता शेयर मूल्य न्यूनतम रु.११५/- प्रति शेयर) तोकिएको छ ।  बिक्रिमा रहेको शेयर खरिद गर्ने पहिलो अधिकार हाल कायम शेयरधनीको हुने कानूनी व्यबस्थाको कारण हाल कायम संस्थापक शेयर धनीले सो शेयर खरिद गर्ने इछ्छा भएमा  आजको […]

कामना सेवा विकास बैक र स्काइवाकबीच सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंकले कमलादी, काठमाडौं स्थित स्काइवाक (skywalk)सँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले स्काइवाकको टिकट रकममा २५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकहरुले बैंकसँगको आवद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्नेछन् । यस सम्झौताबाट बैंकसँग आवद्ध सम्पूर्ण […]

लक्ष्मी सनराइज क्यापिटलका ६ वटै फन्डको लाभांश घोषणा, वित्तीय सूचक कस्ता छन् ?

काठमाडौं । लक्ष्मी सनराइज क्यापिटलका ६ वटा म्युचुअल फन्डहरुको लाभांश घोषणा भएको छ । जसमध्ये, मंगलबार लक्ष्मी उन्नती कोषले २० प्रतिशत, सनराइज फर्स्ट म्युचअल फन्डले १४ र सनराइज फोकस्ड इक्विटी फन्डले १३.५० प्रतिशत लाभांश (कर सहित) घोषणा गरेको छ । यसअघि नै १९ प्रतिशत प्रतिफल घोषणा गरी सकेको सनराइज ब्लुचिप फन्ड र १५ प्रतिशत लाभांश […]

स्वरोजगार लघुवित्तको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको ९ लाख ३२ हजार ४२१.१० कित्ता सेयर सूचीकृत भएको छ । यस संस्थाले सेयरधनीलाई वितरण गरेको १३.५ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

उपकार र गणपति लघुवित्तको कस्तो छ वित्तीय अवस्था ?

काठमाडौं । उपकार लघुवित्त र गणपति लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय रिपोर्ट सार्वजनिक गरेका छन् । जसमध्ये उपकारले १२ महिनामा ३ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष यो कम्पनी घाटामा थियो । संस्थाको खुद ब्याज आम्दानी १३ करोड २९ लाखबाट बढेर १५ करोड ५३ लाख पुगेको छ । यता, प्रोभिजन […]