स्वाभिमान लघुवित्तको लाभांश घोषणा

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत लाभांश घोषणा गरेको हो । संस्थाले ९.५ प्रतिशत बोनस सेयर र ०.५ प्रतिशत नगद लाभांश (कर तिर्न)  गरी १० प्रतिशत लाभांश दिने भएको हो । फागुन १५ गते शुक्रबार गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल […]

नबिल निःशुल्क जलन उपचार शिविर सम्पन्न, ६५ जना जलनका बिरामीहरुको उपचार

धनगढी । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा तीनदिने ‘नबिल निःशुल्क जलन उपचार शिविर’ सम्पन्न भएको छ । यही फागुन १२ देखि १४ गतेसम्म सञ्चालन भएको उक्त शिविरमार्फत ६५ जना जलनका बिरामीहरुले निःशुल्क उपचार पाएको बैंकले जनाएको छ । शिविरमा आएका २० जना बिरामीको सेती प्रादेशिक अस्पतालमै वरिष्ठ चिकित्सकहरुले शल्यक्रिया गरेका थिए भने जटिल किसिमका १८ […]

निर्वाचनका लागि ११ दल र एक हजार ६७० उम्मेदवारले मात्र खोले बैंक खाता

काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका ३ हजार ४०६ प्रत्यक्ष उम्मेदवारमध्ये आधाभन्दा कम, १ हजार ६७० जनाले मात्रै बैंक खाता खोलेका छन्। निर्वाचन आयोगका अनुसार चुनावी खर्च पारदर्शी बनाउन अनिवार्य गरिएको व्यवस्था कार्यान्वयनमा कमजोर देखिएको हो। निर्वाचनमा भाग लिएका ६५ राजनीतिक दलमध्ये ११ दलले मात्र प्रचारप्रसारका लागि […]

सिटिजन्स बैंकका कार्डवाहकलाई मेदान्ता अस्पतालमा १५ प्रतिशतसम्म छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भारतस्थित मेदान्ता -द मेडिसिटी अस्पतालबीच सिटिजन्स बैंकका कार्डवाहक ग्राहकलाई अस्पताल सेवाशुल्कमा १५ प्रतिशतसम्म छुट उपलब्ध गराउने सम्बन्धी समझदारीपत्रमा पुनः हस्ताक्षर भएको छ। यसअघि उक्त छुट सुविधा मेदान्ता, गुडगाउँमा मात्र लागू हुँदै आएको थियो। नयाँ समझदारीपछि भने मेदान्ताका थप ६ वटा अस्पताल(मेदान्ता नोएडा, मेदान्ता सुपर स्पेशलिटी अस्पताल (लखनउ), जयप्रभा मेदान्ता […]

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक ४१ औं वर्षमा प्रवेश

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड ४१ औं वर्षमा प्रवेश गरेको छ । चार दशक लामो यात्रामा बैंकले ग्राहकवर्गहरु, शेयरधनीहरु, नियामक निकाय, साझेदार संस्थाहरु तथा सम्पूर्ण कर्मचारीवर्गहरुको निरन्तर विश्वास र सहयोगका आधारमा वित्तीय क्षेत्रमा सशक्त उपस्थिति कायम गर्दै आएको छ । यस ऐतिहासिक अवसरमा बैंक परिवारले सम्पूर्ण हितकारीप्रति हार्दिक आभार व्यक्त गरेको छ । […]

सहकारी ठगीविरुद्ध कांग्रेसको ‘शून्य सहनशीलता’ नीति

काठमाडौँ । नेपाली कांग्रेसले बचतकर्ताको सुरक्षा र ठगीविरूद्ध ‘शून्य सहनशीलता’को नीतिलाई राष्ट्रिय सहकारी नियमन प्राधिकरणमार्फत नियमन गर्न विभिन्न वाचा गरेको छ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कांग्रेसले सहकारी क्षेत्रमा देखिएका चुनौती सम्बोधन गर्न बचत सुरक्षण कोषको प्रभावकारी कार्यान्वयन र ठगीविरूद्ध शून्य सहनशीलताको नीति अघि सारेको हो । सहकारी क्षेत्रमा देखिएका […]

एनआईसी एशिया बैंकको लिलाम बिक्री पोर्टलमा उपलब्ध छन् लिलाम बिक्रीसम्बन्धी सम्पूर्ण जानकारी

काठमाडौं । एनआईसी एशिया बैंकले सञ्चालनमा ल्याएको लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी गराउने अनलाइन पोर्टलमा बैंकले लिलाम बिक्री गर्ने सम्पत्तिहरूसम्बन्धी सम्पूर्ण किसिमका सूचनाहरूका बारेमा विस्तृत जानकारी समेटिएको जनाएको छ । बैंकले बैंकिङ सम्पत्तिहरू, बैंकको नाममा रहेको गैरबैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्तिसमेतको लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले उक्त अनलाइन पोर्टल सार्वजनिक गरेको थियो । ग्राहकहरूले […]

आइसिएफसि फाइनान्सको ऋणपत्रमा आजसम्म मात्रै आवेदन दिने सकिने

काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले फागुन ११ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ७ वर्ष अवधिको वार्षिक ८ प्रतिशत ब्याजदरमा ‘८ प्रतिशत आइसिएफसि फाइनान्स लिमिटेड डिबेञ्चर २०८९’ मा आवेदन दिन आज अन्तिम दिन रहेको हो । फाइनान्सले प्रतिऋणपत्र १ हजार अंकित दरका ५० करोड रुपैयाँ […]

सिटिजन्स बैंकको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ७३ लाख ८४ हजार ५०६ कित्ता बोनस सेयर सूचीकृत भएको छ । यस बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई वितरण ५ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

कारोबारमा आधारित २८७ खर्ब तरलता प्रशोचन

काठमाडौं ।  नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थालमा तरलता (लगानीयोग्य) रकम प्रशस्त रहेको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २८७ खर्ब १२ अर्ब ४० करोड कारोबारमा आधारित तरलता प्रशोचन भएको छ । जसमा निक्षेप संकलन बोलकबोलमार्फत् १४ खर्ब २५ अर्ब ५० करोड, स्थायी निक्षेपमार्फत् २७० खर्ब ८६ अर्ब ९० […]