कुमारी बैंकको लाभंश घोषणा

काठमाडौं । कुमारी बैंकले नगद लाभंश घोषणा गरेको छ । ३० गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरूलाई करसहित चुक्ता पुँजीको २.१०५५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र कुमारी बैंक आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण हुनेछ ।

वाणिज्य बैंकहरुको असोज महिनाको नयाँ ब्याजदर सार्वजनिक

काठमाडौं । नेपालका २० वटा वाणिज्य बैंकहरूले आगामी असोज महिनाका लागि आफ्नो नयाँ ब्याजदर तालिका सार्वजनिक गरेका छन्। प्राप्त तथ्यांक अनुसार भदौको तुलनामा असोज महिनामा निक्षेपको औसत ब्याजदर घटेको देखिन्छ। बैंकहरूको व्यक्तिगत निक्षेपतर्फको औसत अधिकतम ब्याजदर ४.१३६ प्रतिशत विन्दुबाट घटेर असोजमा ४.०८९५ प्रतिशत विन्दुमा झरेको छ। त्यस्तै, संस्थागत निक्षेपको औसत दर पनि ३.०८१ प्रतिशत विन्दुबाट […]

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको कर्पोरेट शाखाबाट सन्ध्याकालीन काउण्टर सेवा

काठमाडौं ।राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको कर्पोरेट शाखाबाट सन्ध्याकालीन काउण्टर सेवा सञ्चालनमा आएको छ । २०८३ भदौ २२ गते सोमबारदेखि कार्यालय समयका अतिरिक्त थप एक घण्टाको लागि सन्ध्याकालीन काउण्टर सेवा सञ्चालनमा ल्याइएको हो । सन्ध्याकालीन काउण्टरमा चेक भुक्तानी, नगद जम्मा लगायतका सिमित बैंकिङ्ग सेवाहरु उपलब्ध हुनेछन्  । बैंकको सिंहदरबारप्लाजा स्थित कर्पोरेट शाखा मार्फत सन्ध्याकालीन काउण्टर सेवा […]

गरिमा विकास बैंकद्धारा विनाशकारी बाढी प्रभावितका लागि १ करोड १ लाख सहयोग

काठमाडौं ।  भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुर्नस्थापनाका लागि गरिमा विकास बैंक र विकास बैंकमा कार्यरत सम्पूर्ण कर्मचारीहरु समेतको तर्फबाट कुल १ करोड १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्ने घोषणा गरिएको छ । बाढी पश्चात उत्पन्न कठिन परिस्थितिबाट प्रभावित विभिन्न जिल्लाका नागरिकहरुको उद्धार, […]

पोखरा फाइनान्सको १ करोड ९० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडको करिब २ करोड कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको मर्जर प्रक्रियाका कारण रोक्का रहेको १ करोड ९० लाख १४ हजार ६८० कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो । साबिक पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेडबीच १ः१ सेयर स्वाप अनुपातमा भएको मर्जरपछि कायम भएको सेयर नेप्सेमा […]

फिनटेक क्षेत्रमा समान प्रतिस्पर्धाका लागि राष्ट्र बैंकले ल्यायो पाँचवर्षे रणनीति, फिनटेक कम्पनीलाई समान अवसर देखि गिग अर्थतन्त्र प्राथमिकतामा

काठमाडौं । नेपाल राष्ट्र बैंकले फिनटेक क्षेत्रमा समान प्रतिस्पर्धाको वातावरण निर्माण गर्दै सुरक्षित र समावेशी डिजिटल वित्तीय सेवा विस्तार गर्ने लक्ष्यसहित पाँचवर्षे रणनीतिक ढाँचा अघि सारेको छ। राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले तयार पारेको ‘फिनटेक रणनीति फर डिजिटल फाइनान्सियल सर्भिसेज’ सन् २०२६/२७ देखि २०३०/३१ सम्म कार्यान्वयन गर्ने प्रस्ताव गरिएको छ। रणनीतिले फिनटेकमैत्री नीति तथा नियमन, […]

डिजिटल वित्तीय सेवालाई सुरक्षित र सर्वसुलभ बनाउन राष्ट्र बैंकको नयाँ पाँच वर्षे रणनीतिक ढाँचा

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल वित्तीय सेवाको पहुँच र प्रयोग विस्तार गर्दै फिनटेक क्षेत्रमा नवप्रवर्तन तथा प्रतिस्पर्धा बढाउने गरी पाँचवर्षे रणनीतिक ढाँचा तयार गरेको छ । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले तयार गरेको ‘फिनटेक रणनीति फर डिजिटल फाइनान्सियल सर्भिसेज’ सन् २०२६/२७ देखि २०३०/३१ सम्म कार्यान्वयन गर्ने प्रस्ताव गरिएको छ । रणनीतिमा फिनटेकमैत्री नियमन, सुरक्षित […]

‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी कार्यविधि, २०८२’ : महिला, दलित र विदेशबाट फर्केकालाई लाखौं सहुलियतपूर्ण कर्जा  

काठमाडौं । सरकारले महिला, दलित, विदेशबाट फर्केका युवा तथा शिक्षित युवालगायत लक्षित समूहलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयले तयार पारेको ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी कार्यविधि, २०८२’ को प्रारम्भिक मस्यौदामा विभिन्न ९ प्रकारका कर्जाको व्यवस्था गरिएको छ । कार्यविधिअनुसार महिलाले अधिकतम २५ लाख रुपैयाँसम्म महिला उद्यमशील कर्जा पाउनेछन् । वैदेशिक रोजगारीबाट […]

घरजग्गा कारोबारमा उल्लेखीय वृद्धि, एक वर्षमा सात खर्ब २० अर्ब बढीको कारोबार

काठमाडौं । पछिल्लो समय नेपालमा घरजग्गाको कारोबार उल्लेख्य रूपमा बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको तथ्यांकअनुसार गत आर्थिक वर्षमा घरजग्गाको कुल कारोबार संख्या अघिल्लो वर्षको तुलनामा ४.७४ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षमा भने यस्तो कारोबार संख्या १.८४ प्रतिशतले घटेको थियो। गत आवको चौथो […]

एनएमबि बैंकको २४ हजार १५५ कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । एनएमबि बैंकले २४ हजार भन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आफ्नो संस्थापक सेयरधनी कमल सिं भाटको नाममा रहेको २४ हजार १५५ कित्ता संस्थापक सेयर बिक्रीमा राखको हो । बैंकले उक्त सेयर बैंकका विद्यमान संस्थापक सेयरधनीलाई प्राथमिकता दिनुपर्ने व्यवस्था अनुसार संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन पाउने गरि बिक्रीमा राखेको हो […]