नबिल बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । नबिल बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २४ हजार १५५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुले सूचना प्रकशित भएको ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ । निर्धारित समयभित्र […]

पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्छ : मनोज ज्ञवाली

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ ले तत्काल पुँजी बजार र लगानीकर्तालाई प्रोत्साहित गर्ने बताएका छन्। अर्थ मन्त्रालयले २०८३ भदौ २९ गते सार्वजनिक गरेको २१ बुँदे कार्ययोजनाले दीर्घकालीन रूपमा पुँजी बजारको विकास तथा विस्तारका लागि नीतिगत व्यवस्था गर्नुका साथै तत्काल बजार […]

बैंकहरूलाई राष्ट्र बैंककाे निर्देशन, अब एटीएमबाट १०० रुपैयाँका नोट पनि निकाल्न पाइने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाका एटीएमबाट अब १०० रुपैयाँ दरका नोटसमेत निकाल्न पाइने व्यवस्था गर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले नेपाल बैंकर्स संघलाई पत्र पठाउँदै हाल एटीएमबाट १ हजार र ५०० रुपैयाँ दरका नोट मात्रै वितरण भइरहेकोमा १०० रुपैयाँ दरका नोटसमेत उपलब्ध गराउने व्यवस्था मिलाउन भनेको हो। राष्ट्र बैंकका […]

प्रधानमन्त्रीसँग छलफल सकिएपछि किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ सिंहदरबार गेटबाट पक्राउ

काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ पक्राउ परेका छन्। प्रहरीले उनलाई आज सिंहदरबारको गेटबाट नियन्त्रणमा लिएको हो। अध्यक्ष तामाङ प्रधानमन्त्री वालेन्द्र शाहसँग बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग भएको छलफलमा सहभागी भएर फर्किने क्रममा पक्राउ परेका हुन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेका अनुसार तामाङलाई बैंकिङ कसुरसम्बन्धी मुद्दामा पक्राउ गरिएको हो। छलफल सकिएपछि सिंहदरबारबाट […]

भोटेकोशी बाढीको असर: इक्रा नेपालद्वारा बीमक र जलविद्युत् आयोजनाको रेटिङ पुनरावलोकन

काठमाडौं । भदौ १० गते बिहान रसुवास्थित भोटेकोशी नदीमा आएको अभूतपूर्व बाढीले चीनको ग्याइरोङ (केरुङ) बन्दरगाह पूर्ण रूपमा ध्वस्त पार्दै नेपालको तटीय क्षेत्रमा भीषण क्षति पुर्‍याएको छ। लामटाङ हिमालमा गएको पहिरो वा हिमपहिरोले नदी थपिएर बनेको प्राकृतिक बाँध फुटेपछि यो विपद् भएको हो। यसबाट मुख्य गरी रसुवा र नुवाकोट तथा केही हदसम्म धादिङ जिल्ला प्रभावित […]

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको १६ प्रतिशत लाभांश घोषणा

काठमाडौं । शइन रेसुङ्गा डेभलपमेण्ट बैंकले नगद लाभांश र बोनस सेयर घोषणा गरेको छ । भदौ २८ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरूलाई करसहित १६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर र करसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो […]

पाँच वाणिज्य र तीन विकास बैंकको लाभांश घोषणा, कुनको बोनस र नगद लाभांश कति? (सूचीसहित)

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ सकिनेबित्तिकै बैंकहरुले लाभांश घोषणा गरिरहेका छन्। अहिलेसम्म ५ वाणिज्य बैंक र ३ विकास बैंकहरुले लाभांश घोषणा गरेका छन्। घोषित लाभांश २० प्रतिशतसम्म छ। यी कम्पनीहरुले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन्। हालसम्म लाभांश घोषणा गर्ने वाणिज्य बैंकहरुमा माछापुच्छ्रे बैंक, नबिल बैंक, ग्लोबल आइएमई बैंक, […]

भोटेकोशी बाढीबाट क्षति पुगेको नबिल बैंकको टिमुरे शाखा धुन्चे शाखामा समायोजन

काठमाडौं ।   भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण क्षति पुगेको नबिल बैंक लिमिटेडको रसुवास्थित टिमुरे शाखा धुन्चे शाखामा समायोजन हुने भएको छ। बाढीले टिमुरे शाखा कार्यालय पूर्ण रूपमा बगाएको र निकट भविष्यमा समेत सोही स्थानमा शाखा सञ्चालन गर्न सकिने अवस्था नरहेकाले बैंकले उक्त निर्णय गरेको हो। नबिल बैंकले जारी गरेको सूचना […]

नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले ६५ हजार भन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले ६५ हजार ६२८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । उक्त सेयर हाल विद्यमान संस्थापक सेयरधनीबाट आवेदन नपरेपछि अन्य इच्छुक तथा योग्य व्यक्ति, संस्था वा निकायबाट आवेदन माग गरेको हो । बैंकका अनुसार संस्थापक शेयर खरिद गर्न इच्छुक […]

बाढीका कारण बैंकका १७ वटा शाखा प्रभावित, ७२.४ करोडको क्षति

काठमाडौं । रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको बाढीका कारण १२ वटा बैंकका १७ वटा शाखा प्रभावित भएका छन् । राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति र आवश्यकता मूल्याङ्कन (आरडिएनए) प्रतिवेदनअनुसार रु ७२ दशमलव चार करोड बराबरको क्षति भएको छ । जसमध्ये सबैभन्दा बढी कृषि […]