बैंकिङ प्रणालीबाट ४० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भए पछि नेपाल राष्ट्र बैंकले बुधबार ४० अर्ब रुपैयाँ तरलता (ऋण दिन मिल्ने रकम) खिच्ने भएको छ । निक्षेप बढिरहेको समयमा कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिएको हो । राष्ट्र बैंकले २१ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन गर्न लागिएको […]

आज रिलायन्स फाइनान्सको १५औं वार्षिक साधारणसभा

काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडको १५औं वार्षिक साधारणसभा आज बुधबार बस्दैछ । फाइनान्सको साधारण सभा, अनुपम फुडल्यान्ड एन्ड ब्यांक्वेट बत्तिसपुतली, काठमाडौंमा बिहान ११ बजेदेखि शुरु हुनेछ । सभामा लाभांशसम्बन्धी कुनै प्रस्ताव समावेश गरिएको छैन । सभाले विषेश प्रस्तावअन्तर्गत अन्य कुनै बैंक, विकास बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जान उपयुक्त देखिएमा कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक […]

आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १३७ रुपैयाँ २७ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १५६ रुपैयाँ १५ पैसा र बिक्रीदर १५६ रुपैयाँ ८४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर […]

नेपाल एसबिआई बैंक एनपीएस–एनसीएस तथा नेपालपे कार्डमा आवद्ध

काठमाडौं ।  नेपाल एसबिआई बैंक र एनसीएचएल बीच एनपीएस–एनसीएस तथा डोमेस्टिक कार्ड स्किम (नेपालपे कार्ड) को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत एवं प्रमुख संचालन अधिकृत विकास आनन्द तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् । एनसीएचएलले हालै एनपीएस–एनसीएस को […]

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२५–संस्करण ४ को उपाधि प्राईम बैंकलाई

काठमाडौं । महालक्ष्मी विकास बैंकको ३१ औं वार्षिकोत्सवको अवसरमा आयोजित महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२५–संस्करण ४ सम्पन्न भएको छ । गत जेठ २१ गते बुधबार देखि जेठ २४ गते शनिबार (चार दिन) सम्म काठमाडौंमा सम्पन्न उक्त प्रतियोगिताको उपाधि प्राईम कमर्सियल बैंक लिमिटेडले जित्न सफल भएको छ भने नबिल बैंक लिमिटेडले द्वितीय स्थान हासिल गर्न सफल भएको […]

सिटिजन्स बैंकद्वारा बेनीको जामुनाखर्कमा यात्रु प्रतिक्षालय निर्माण, गण्डकी प्रदेशमा बृक्षारोपण

काठमाडौं । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकको बेनी शाखाले गण्डकी प्रदेशको बेनी नगरपालिका वडा नं ६ जामुनाखर्कमा यात्रु प्रतिक्षालय निर्माण गरेको छ । करिब ५० हजारको लागतमा निर्मित यात्रु प्रतिक्षालय वडाका अध्यक्ष कृष्णसिङ बानियाँलाई हस्तान्तरण गरिएको छ । ‘बिट द प्लाष्टिक ’भन्ने मुल नारालाई आत्मसाथ गर्दै बढ्दो जलवायु परिवर्तनको न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटविरुवा जर्गेना […]

बैंकिङ कसूर मुद्दामा फरार बिष्ट पुतलीसडकबाट पक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्दामा फरार रहेका कञ्चनपुर भीमदत्त नगरपालिका–१ निवासी ३९ वर्षीय रामबहादुर बिष्टलाई प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटन, ललितपुरले २०७८ कात्तिक १४ गतेको फैसलामा उनलाई २० लाख रुपैयाँ जरिवाना, ७ दिन कैद र ८० हजार रुपैयाँ क्षतिपूर्ति भराउने सजाय सुनाएको थियो । सो फैसलापछि फरार रहेका बिष्टलाई काठमाडौँ उपत्यका अपराध […]

सरकारको खातामा ३ खर्ब ६१ अर्ब नगद मौज्दात

काठमाडौं । सरकारको खातामा करिब ३ खर्ब ६१ अर्ब नगद मौज्दात रहेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आवको बैशाखसम्म सरकारको खातामा ३ खर्ब ६० अर्ब ९८ करोड रुपैयाँ बराबर नगद मौज्दात रहेको छ । राष्ट्र बैंकमा रहेको नेपाल सरकारका विभिन्न खातामा उक्त परिमाण बराबर रकम मौज्दात रहेको हो। २०८१ असार मसान्तमा ती खातामा […]

बैंक तथा वित्तीय संस्थाको संख्या १०७ मा झर्यो

काठमाडौं । वैशाख मसान्तसम्म नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाको संख्या १०७ मा झरेको छ। वि.स २०८१ असार मसान्तदेखि नै बैंक तथा वित्तीय संस्थाको संख्या सोही रहेको थियो । राष्ट्र बैंकका अनुसार तीमध्ये २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ फाइनान्स कम्पनी, ५२ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक रहेका छन्। […]

गोर्खाज फाइनान्सको सञ्चालकमा राई नियुक्त

काठमाडौं । गोर्खाज फाइनान्सको सञ्चालकमा जीवन कुमार राई नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको जेठ २५ गते बसेको बैठकले राईलाई सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई आगामी चार वर्षको लागि सञ्चालक पदमा नियुक्त गरेको हो ।