मञ्जुश्री फाईनान्स एनपीएस–एनसीएस तथा नेपालपे कार्डमा आवद्ध

काठमाडौं । मञ्जुश्री फाईनान्स र एनसीएचएल बीच एनपीएस–एनसीएस तथा डोमेस्टिक कार्ड स्किम (नेपालपे कार्ड)को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा फाईनान्सका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत पदम ठकुल्ला तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानज्यूले हस्ताक्षर गरेका हुन् । एनसीएचएलले हालै एनपीएस–एनसीएसको पूर्वाधारको तयारी पूरा भएको घोषणा गर्दै बैंक वित्तीय […]

ग्लोबल आइएमई बैंकद्वारा टोखा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा बृक्षारोपण

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौंको टोखा नगरपालिका र खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा बृक्षारोपण गरेको छ । बैंकले टोखा नगरपालिकाका विभिन्न विद्यालयहरुमा एक हजार वटा फलफुलको विरुवाहरु रोपण गरेको हो । उक्त बृक्षारोपण कार्यक्रममा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, विद्यालयका प्रध्यानापक, विद्यालयका प्रतिनीधीहरु र विद्यार्थी सहित स्थानीयहरुको […]

सिटिजन्स बैंकका ग्राहकलाई डाएमण्ड हिल रिर्सोटमा छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पनौती, काभ्रेपलान्चोक स्थित डाएमण्ड हिल रिर्सोट बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक, प्रिभिलेज कार्ड बाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले डाएमण्ड हिल रिर्सोटमा १५ प्रतिशत आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु […]

एक करोडसम्म ऋण लिने उद्यमीहरूले दुःख पाए, राष्ट्र बैंकको ध्यान जाओस् : पूर्वअर्थमन्त्री कार्की

काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्कीले १ करोडसम्म उद्यमीहरुले अहिले पनि ऋण लिँदा दुःख पाएको बताएका छन् । सोमबार  अर्थ समितिमा भएको बाफिया सम्बन्धि छलफलमा उनले त्यस्ता ऋणीहरूलाई बैंकहरूले दुःख दिने गरेको बताउँदै राष्ट्र बैंकको गम्भीर ध्यान जानुपर्ने बताएका हुन् । उनका अनुसार साना, मझौला उद्योगहरु चलायमान नभएसम्म अर्थतन्त्र सही दिशामा जान […]

कर्जा विस्तार केन्द्रीकृत हुँदा सीमित व्यक्तिले मात्र ऋण पाउने देखियोः गभर्नर पौडेल

काठमाडौं ।  नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्थाहरुको कर्जा विस्तार केन्द्रीकृत हुँदै गएको र कुल प्रवाहित कर्जाको ठूलो हिस्सा सीमित व्यक्ति तथा समूहमा जाने गरेको बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको आजको बैठकमा ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ (बाफिया( लाई संशोधन गर्न बनेको विधेयक’ माथिको छलफलका क्रममा गभर्नर पौडेलले […]

बैंकिङ प्रणालीबाट ७० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भए पछि नेपाल राष्ट्र बैंकले सोमबार ७० अर्ब रुपैयाँ तरलता (ऋण दिन मिल्ने रकम) खिच्ने भएको छ । निक्षेप बढिरहेको समयमा कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिएको हो । राष्ट्र बैंकले २१ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन गर्न लागिएको […]

अमेरिकी डलरको मूल्य स्थिर, अन्यको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ६३ पैसा र बिक्रीदर १३७ रुपैयाँ २३ पैसा कायम भएको छ । अमेरिकी डलरको मूल्य आइतबार पनि यही रहेको थियो । युरोपियन युरो एकको खरिददर १५५ रुपैयाँ ०५ पैसा र बिक्रीदर १५५ रुपैयाँ […]

एसबिआई बैंकको डिसिइओमा विकास आनन्द

काठमाडौं । नेपाल एसबिआई बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ)मा विकास आनन्द नियुक्त भएका छन् । उनको यो जिम्मेवारी १३ जेठदेखि लागू भइसकेको बैंकले जनाएको छ । डिसिइओ हुनुअघि उनले प्रमुख सञ्चालन अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका थिए । यस नियुक्तिसँगै आनन्दले बैंकको डिसिइओसँगै प्रमुख सञ्चालन अधिकृतको समेत जिम्मेवारी सम्हाल्नेछन् ।

साढे २ अर्ब बढी हिनामिनाको आरोपमा कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष पक्राउ

काठमाडौं । कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष र तत्कालीन प्रमुख कार्यकारी अधिकृत राजेन्द्रवीर राय पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले रायलाई शनिबार रूपन्देहीबाट पक्राउ गरेको जानकारी दिएको छ । सीआईबी प्रवक्ता युवराज खड्काका अनुसार रायलाई बैंकको २ अर्ब ५० करोड रुपैयाँभन्दा बढी रकम हिनामिनाको आरोपमा पक्राउ गरिएको छ । सीआईबीले […]

आज कुन विदेशी मुद्राको मूल्य कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । आज अधिकांश मुद्राको विनिमयदर स्थिर रहेको छ । अमेरिकी डलरको खरिददर आज १३६ रुपैयाँ ६३ पैसा रहेको छ भने बिक्रीदर १३७ रुपैयाँ २३ पैसामा स्थिर छ । युरो एकको खरिददर १५४ रुपैयाँ ८३ पैसा र बिक्रीदर १५५ रुपैयाँ ५१ पैसा र […]