बीबीआईएन देशहरूबीच व्यापार र आर्थिक सहकार्य अभिवृद्धिका लागि भौतिक पूर्वाधारमा ठूलो लगानी आवश्यकः अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बीबीआईएन (बंगलादेश, भुटान, भारत र नेपाल) देशहरूबीच व्यापार अभिवृद्धिका लागि भौतिक पूर्वाधारमा लगानी आवश्यक रहेको बताएका छन् । ३१ औं कार्गो दिवसको अवसरमा नेपाल फ्रेट फर्वार्डस् एसोसिएसनले आयोजना गरेको नेपालको लजिस्टिक्स विकास र बीबीआईएन कनेक्टिभिटी विषयक कार्यक्रममा बोल्दै उहाँले यस्तो धारणा व्यक्त गरेका हुन् । […]

