मुक्तिनाथ विकास बैंक १९ वर्ष प्रवेशको अवसरमा देशैभरी विविध कार्यक्रम सम्पन्न

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड अठारौँ वर्ष पुरा गरी उन्नाइसौं वर्षमा प्रवेश गरेको छ । उक्त अवसरमा बैंकले पौष १९ गते देशैभरी विविध कार्यक्रमहरू सम्पन्न गरेको छ । बैंकले केन्द्रीय कार्यालय, लाजिम्पाट काठमाण्डौं, क्षेत्रीय कार्यालयहरू जनकपुर, नारायणगढ, धादिङ, पोखरा, बुटवल र कोहलपुरमा आयोजित वृहत रक्तदान कार्यक्रम आयोजना गरेको थियो । जसबाट कुल ६११ युनिट […]

ग्लोबल आइएमई बैंकको वार्षिकोत्सवमा ७५७ जनाले गरे रक्तदान

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड पुस १८ गते देखि स्थापनाको १८ वर्ष पुरा गरी १९ औँ वर्षमा प्रवेश गरेको छ । बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । मुलुकका सातओटै प्रदेशमा एकसाथ आयोजना गरिएको कार्यक्रममा निशुल्क आँखा जाँच, रक्तचाप तथा मधुमेह परीक्षण कार्यक्रम समेत आयोजना गरेको थियो । जसमा ११९ […]

शून्य प्रतिशत व्याजदरमा सीएफमोटोको २५० एनके किन्न पाइने

काठमाडौं । सीएफमोटो नेपालले नयाँ वर्षको अवसर पारेर आफ्नो विशेष वित्तीय योजना ‘न्यु इयर, न्यु राइड’ सार्वजनिक गरेको छ । यस योजनाले ग्राहकहरूलाई शून्य प्रतिशत व्याजदरमै २४ महिने सरल किस्ताबन्दीमा आफ्नो २५० एनके कम्प्युटर सेग्मेन्टमा न्याकेड सिरिजको वाइक किन्ने अवसर प्रदान गरेको छ । यस योजना मंगलबारदेखि सुरु भएर माघ १८ गतेसम्म लागू हुने जनाइएको छ । न्यूनतम […]

शिबम् सिमेन्टको शेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्चेन्ज नेप्सेले शिबम् सिमेन्टको शेयर मूल्य समायोजन गरेको छ । नेप्सेले कम्पनीको ८.५५ प्रतिशत लांभास बितरण गरे पश्चात शेयर मूल्य समायोज गरेको हो । समायोजन अगाडीको कम्पनीको प्रतिशेयर मूल्य ५५६ रहेकोमा समायोजन पश्चात प्रतिशेयर ५१२.२१ प्रतिश शयर मूल्य रहेको छ । आजको कारोबारमा समाटयोजन पश्चातको मूल्यबाट सुरु हुनेछ  

पैचो पसलले मनायो दशौं वार्षिकोत्सव, गर्‍यो कृषकलाई सम्मान

गुल्मी । गुल्मीको बलेटक्सारमा प्रधानकार्याल रहेको पैँचो पसल प्रालीले आफ्नो १० औं वार्षिकोत्सवको अवसरमा आफ्ना किसानलाई सम्मान गरेको छ । पैचो पसल प्रालीको केन्द्रीय कार्यलय गुल्मीको रुरुक्षेत्र गाँउपालिकास्थित बलेटक्सारमा आयोजित वार्षिकोत्सव कार्यक्रममा धेरै कृषि उत्पादन गर्ने, बेच्ने र संकलक गर्ने कर्मचारीलाई रुरु क्षेत्र गाँउपालिकाका अध्यक्ष यदु ज्ञवाली प्रमुख अतिथ्यतामा सम्मान गरेको हो । छत्रकोट गाउँपालिकाका […]

‘आइएमई गरौँ,करोडपति बनौँ’ योजना अन्तर्गत प्रमिलाले पाइन् १ करोड

काठमाडौं । विदेशमा कमाएको रकम आइएमई गर्दा १ करोड रुपैयाँ जितेकी प्रमिला रोकायालाई आइएमई ग्रुपले उनको घरमै पुगेर चेक हस्तान्तरण गरेको छ । जापानको क्योदाइबाट आइएमई रेमिटमार्फत रकम पठाएकी प्रमिलालाई एक करोडको चेक हस्तान्तरण गरिएको हो । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ९ स्थित बल्मी टोल निवासी रोकायालाई शनिवार उनकै निवासमा पुगेर आइएमई ग्रुपका अध्यक्ष […]

नेपाल विज्ञापन संघको २५ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । नेपाली आम संञ्चार क्षेत्रको पहिलो औद्योगिक संगठन नेपाल विज्ञापन संघले  विज्ञापनदाता, मिडिया, नियामक निकाय तथा विज्ञापन एजेन्सीहरु लगाएत विज्ञापन चक्रका सम्बद्ध सबै पक्षहरुलाई संलग्न गराई दुई वटा बिशेष कार्यक्रम सहित आफ्नो २५ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । राजधानीको ताहाचल स्थीत होटल हायात प्लेसमा बिहान पहिलो बन्द सत्रमा संघको वर्तमान कार्य […]

आइएमई समूहको लगानीमा सुदूरपश्चिम प्रदेशमा पहिलो केवलकार निर्माण हुने, परराष्ट्र मन्त्री राणाद्वारा शिलान्यास

काठमाडौं । कैलाली जिल्लाको कर्णाली चिसापानीमा निर्माण हुने जालपादेवी केबलकारको शनिबार शिलान्यास भएको छ । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले लम्की चुहाँ नगरपालिका वडा नं. ३ स्थित कर्णाली चिसापानीमा ३.१ किलोमिटर लामो केबलकारको शिलान्यास गरेकी हुन् । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्र मन्त्री डा. देउवाले जालपादेवी केवलकारको निर्माणले समग्र सुदूरपश्चिम प्रदेशको आर्थिक, सामाजिक तथा […]

नेपाल राष्ट्र बैंकले खारेज गर्यो ३ रेमिट कम्पनीको इजाजतपत्र

काठमाडौं । नेपाल राष्ट्र बैंकले ३ वटा विप्रेषण कम्पनीहरूको इजाजतपत्र खारेज गरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार  विप्रेषण कारोबार गर्न इजाजतपत्र प्राप्त नमस्ते रेमिट इन्टरनेशनल प्रा.लि., मोडर्न रेमिट्यान्स प्रा. लि. र भाटभटेनी मनि ट्रान्सफर प्रा. लि.को लाइसेन्स रद्द गरेको हो । नेपाल राष्ट्र बैङ्कका अनुसार यी  विप्रेषण कम्पनीहरूको इजाजतपत्र नेपाल राष्ट्र बैंक, विप्रेषण विनियमावली, […]

एओजी एक्स कल्टद्वारा तेस्रो ओभर नाइट राइड आयोजित

काठमाडौं । एओजी एक्स कल्टद्वारा आयोजित तेस्रो ओभर नाइट राइड सफलतापूर्वक सम्पन्न भएको छ । यात्राको आयोजना २०८१ पुस ५ र ६ गते (२० र २१ डिसेम्बर २०२४) गरिएको थियो । राइड अन्तर्गत सहभागीहरुले काठमाडौंदेखि भोटेकोशी गाउँपालिका, पाङलाङ, सिन्धुपाल्चोकको द लास्ट रिसोर्ट सम्म २५० किलोमिटरको राउण्ड ट्रिप यात्रा गरेका थिए । यो कार्यक्रममा उत्साही बाइकर्स तथा […]