नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनीको प्रथम वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनीको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ। कम्पनी सञ्चालक समितिको अध्यक्ष अमित कुमार कयालको अध्यक्षतामा असोज ९ गते काठमाडौंमा सम्पन्न भएको हो । सभाद्वारा अध्यक्षबाट प्रस्तुत भएको आर्थिक २०८१/८२ वासलात, नाफा–नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु उपर छलफल गरी स्वीकृत गरिएको छ । त्यसै […]

शाओमी मोबाइल खरिद गर्ने ग्राहकका लागि ५० लाखसम्मको उपहार

काठमाडौं । विश्वव्यापी प्रविधि अग्रणी कम्पनी शाओमीले नेपालको उपभोक्तालाई लक्षित गर्दै निकै आकर्षक दसैँ स्किम घोषणा गरेको छ । यस योजनामार्फत ग्राहकले ५० लाख रुपैयाँसम्मको आकर्षक उपहार जित्ने अवसर पाउनेछन् । सेप्टेम्बर २१ (असोज ५) देखि सुरु भएको यो क्याम्पेन अन्तर्गत दैनिक र साप्ताहिक ‘लक्की ड्र’ मार्फत प्रिमियम शाओमी उत्पादनहरू उपहारस्वरूप पाउने व्यवस्था गरिएको छ […]

आन्दोलनपछिको आर्थिक पुर्नउत्थानबारे चेम्बर र आईएमएफबीच छलफल

काठमाडौं । जेनजी आन्दोलनपछिको आर्थिक पुर्नउत्थानबारे नेपाल चेम्बर अफ कमर्स र अन्तराष्ट्रिय मुद्राकोष आईएमएफबीच उच्चस्तरीय छलफल भएको छ । आन्दोलनका क्रममा भएको जनधनको क्षति, निजी क्षेत्रमा भएको तोडफोड र समग्र अर्थतन्त्रमा परेको असर लगायतका विषयमा चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवाल सहितका पदाधिकारी र आईएमएफका आवासीय प्रतिनिधी प्रनव गुप्ता लगायतको टोलीबीच चेम्बर भवनमा आज छलफल भएको […]

सामसङ नेपालले ग्यालेक्सी जेड फोल्ड ६ र ग्यालेक्सी जेड फ्लिप ६ स्मार्टफोनको मूल्य घटाउँदै

काठमाडौं । यस दशैंमा सामसङ नेपालले आफ्ना फोल्डेबल फोनहरू पहिलेको भन्दा धेरै सुलभसँग उपलब्ध गराइरहेको छ । नयाँ ग्यालेक्सी जेड फोल्ड६ वा ग्यालेक्सी जेड फ्लिप६ जस्ता फोनहरू पहिलाको भन्द कम मूल्यमा खरिद गर्न सकिनेछ ।   सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितका अनुसार, “सामसङमा, हामी मान्छौं कि रूपान्तरणकारी प्रविधि सबैको लागि सुलभ हुनुपर्छ। यस दशैंमा, हामी केवल […]

घोराही सिमेन्टद्वारा मालपोत कार्यालयमा सरसफाइ र रङरोगन

काठमाडौं । घोराही सिमेन्ट उद्योग लिमिटेडले “हाम्रो समुदाय, हाम्रो जिम्मेवारी” भन्ने मूल भावना अघि सार्दै घोराही मालपोत कार्यालयमा सरसफाइ तथा रङरोगन कार्य सम्पन्न गरेको छ । उद्योगले आवश्यक सामग्री र श्रमिक आफ्नै पहलमा व्यवस्थापन गरी कार्यालयलाई व्यवस्थित र स्वागतयोग्य स्वरूपमा पुनः प्रस्तुत गरेको हो । हालै घोराही नगरपालिकामा भएका अशान्तिपूर्ण घटनाका कारण प्रभावित भएको सरकारी […]

नेपाल एसबिआई मर्चेन्ट बैंकिङको लाभांश घोषणा

काठमाडौं । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडले नगद लाभांश घोषणा गरेको छ । यस क्यापिटलको असोज ५ गते बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई करसहित २५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो  । सस्थाले लाभांश प्रस्ताव पेश गर्न असोज २७ गते साधारण सभा बोलाएको छ । सभा नेपाल एसबिआई बैंकको प्रधान कार्यालयको सभाहल, कमलादी, काठमाडौंमा बिहान […]

अन्तर्राष्ट्रिय कार्डबाट नेपाल सरकारको राजस्व भुक्तानीको सुरुवात 

काठमाडौं । महालेखा नियन्त्रक कार्यालय, अध्यागमन विभाग तथा नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचल) को सहकार्यमा नेपाल सरकारको अनलाईन राजस्व भुक्तानीको पोर्टल Revenue Management Information System (RMIS) मा अन्तर्राष्ट्रिय कार्डबाट समेत Electronic Travel Authorization (ETA/evisa) सम्बन्धी भुक्तानी गर्न मिल्ने सेवाको थालनी गरेको छ । महालेखा नियन्त्रक कार्यालयमा भएको एक औपचारिक कार्यक्रमबीच अर्थ मन्त्री रामेश्वर प्रसाद खनालको प्रमुख […]

नर्भिक हस्पिटलले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेडले सर्वसाधारणका लागि २५ लाख कित्ताको साधारण शेयर निष्काशन गर्ने भएको छ । यसका लागि बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ । उक्त सम्झौतामा नर्भिक इन्टरनेशनल हस्पिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्र र लक्ष्मी सनराइज क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले हस्ताक्षर गरेका […]

बुधबारदेखि मोबाइलमाण्डुको दशैं ग्याजेट्स मेला, ६० प्रतिशतसम्म छुटसँगै उपहार प्राप्त गर्न सकिने

काठमाडौं । मोबाइलमाण्डुले दशैंको अवसरमा ‘दशैं ग्याजेट्स मेला’ सुरू गर्ने भएको छ । असोज १ बुधबारदेखि असोज १० गतेसम्म सञ्चालन हुने यो विशेष क्याम्पेनमा उपभोक्ताले ६० प्रतिशतसम्म छुट, कम्बो अफर, प्रि–बुकिङ सुविधा तथा रोचक उपहारहरू प्राप्त गर्नेछन् । मोबाइलमाण्डुले यस मेलामा ट्याबलेट, ल्यापटप, स्मार्टवाच, इयरबड्सदेखि लिएर विभिन्न होम एप्लायन्ससम्म उपलब्ध गराउने जनाएको छ । यसअन्तर्गत […]

एनसेल प्रयोगकर्ताले शुक्रबारसम्म निःशुल्क लोकल भ्वाइस, एसएमएस र डेटा पाउने

काठमाडौं । एनसेलले मंगलबारदेखि दिन थालेको निःशुल्क लोकल भ्वाइस, एसएमएस र डेटा सेवाको समयावधि बढाएको छ । योसँगै अब एनसेल प्रयोगकर्ताले शुक्रबारसम्म निःशुल्क सेवा लिन पाउने छन् । एनसेलले सूचना जारी गर्दै भनेको छ, ‘हालको परिस्थितिलाई ध्यानमा राख्दै यहाँहरुलाई प्रदान गरिएको निःशुल्क डाटा, लोकल भ्वाइस कल र एसएमएस सेवा यही भाद्र २७ गते शुक्रबारसम्मका लागि […]