कर्जा लगानी बढ्न नसक्नु चिन्ताको विषयः अर्थमन्त्री

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैङ्कबाट कर्जा लगानी अपेक्षित रुपमा बढ्न नसक्नु चिन्ताको विषय रहेको बताएका छन्। कृषि विकास बैंक लिमिटेडको सोमबार यहाँ आयोजित ५८औं वार्षिकोत्सवका अवसरमा अर्थमन्त्री पौडेलले बैंकहरुमा निक्षेप सङ्कलन राम्रो देखिए पनि कर्जा प्रवाह बढ्न नसक्नु गम्भीर विषय रहेको बताए। “पछिल्लो दिनहरूमा बैङ्कको बचत बढेको छ तर कर्जा अपेक्षित रुपमा […]

सिमेन्ट उत्पादक र निर्माण व्यवसायीहरुका बीचमा सहमति

काठमाडौं । सिमेन्ट उत्पादक र निर्माण व्यवसायीहरुका बीचमा सहमति भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेल को उपस्थितीमा नेपाल सिमेन्ट उत्पादक संघका प्रतिनिधिहरु र नेपाल निर्माण व्यवसायी महासंघ सहितका विभिन्न ४ वटा निर्माण व्यवसायीसंग सम्बन्धित व्यावसायीका प्रतिनिधिहरुका बीचमा सहमति भएको हो । […]

नयाँ अध्यादेशको स्पीरिट अनुसार नियमावली र कार्यविधि ल्याउन चन्द्र ढकालको आग्रह

काठमाडौं । सरकारले हालै जारी गरेका नयाँ अध्यादेशको स्पीरिटमा नियमावली र कार्यविधी बनाउन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले सरकारसङ आग्रह गरेका छन् । उनले सरकारले हालै ल्याएका अध्यादेशको महासंघले स्वागत गरेको उल्लेख गर्दै अब अध्यादेशमा आएका विषयको कार्यान्वयनमा जोड दिनु पर्ने बताएका हुन् ” उद्योग वाणिज्य महासंघले लामो समय देखि नीतिगत सुधारको […]

भारतको नयाँ दिल्लीमा नेपाल-भारत व्यापार संझौतामा छलफल

काठमाडौं । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको नाडा प्रतिनिधी मण्डलले भारतको राजधानी नयाँ दिल्लीमा भारत सरकार, वाणिज्य विभागका सहसचिव विमल आनन्द र इन्जिनियरिङ्क एक्सपोर्ट प्रमोशन काउन्सिल अफ इण्डीयाका (इइपिसी) राष्ट्रिय अध्यक्ष पंकज चड्डासंग नेपाल र भारतको व्यापार संझौताको विषयमा छलफल गरेको छ । नाडाका प्रतिनिधिी र भारतीय प्रतिनिधिबीच नेपाल र भारतको व्यापार संझौतालाई थप विस्तार […]

सार्वजनिक निकायमा नेपाली उत्पादन प्रयोग गर्न महासंघको अपिल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सार्वजनिक निकायमा स्वदेशी वस्तुहरुको प्रयोग अनिवार्य गर्ने नेपाल सरकारको निर्णय कार्यान्वयनका लागि सबै जिल्ला तथा नगर उद्योग वाणिज्य संघ तथा आफ्‌ना सम्पूर्ण सदस्यहरूलाई आग्रह गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघको आग्रहमा नेपाल सरकार, मन्त्रिपरिषद्को २०८१ मंसिर २८ गते बैठकवाट “सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग गर्ने निर्देशिका २०८१ ” पारित […]

अर्थतन्त्रलाई नकारात्मक बाटोबाट रोकेर सकारात्मक दिशामा फर्काएका छौंः अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आरोलो लागेको अवस्थामा रहेको अर्थतन्त्रलाई नकारात्मक बाटोबाट रोकेर सकारात्मक दिशामा फर्काइएको दाबी गरेका छन् । आइतबार अर्थमन्त्रालयका आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले कांग्रेस–एमालेको गठबन्धन सरकार बन्नु अघि खराब अवस्थामा रहेको अर्थतन्त्र अहिले सुधारउन्मुख भएको दाबी गरेका हुन् । ‘अर्थमन्त्रालयले डाटामा खेल्दैन । जे तथ्य हो, त्यही सार्वजनिक गर्छ । हरियो छ […]

बैंकिङ प्रणालीमा अधिक तरलता आज ६० अर्व तान्दै नेपाल राष्ट्र बैङ्क

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भए पछि आज नेपाल राष्ट्र बैंकले ६० अर्ब रुपैयाँ तरलता (ऋण दिन मिल्ने रकम) खिच्ने भएको छ । निक्षेप बढिरहेको समयमा कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता बढेको  हो । राष्ट्र बैंकले २१ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन गर्न लागेको […]

२५ खर्ब ३६ अर्ब पुग्यो सार्वजनिक ऋणको आकार, थपियो १ खर्ब २ अर्ब

काठमाडौं ।सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षको पुसमसान्तसम्ममा १ खर्ब २ अर्ब ३ करोड रुपैयाँले सार्वजनिक ऋण थप भएको छ । यो सँगै कुल सार्वजनिक ऋण दायित्व २५ खर्ब ३६ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । जुन कुल गार्हस्थ उत्पादन (जीडीपी) को ४४ दशमलव ४६ प्रतिशत हो । जसमा आन्तरिक ऋण दायित्व […]

करको बक्यौता उठाउन घरघरमा पत्र

चितवन । आन्तरिक राजस्व कार्यालय भरतपुरले बक्यौता कर उठाउन घरघरमा पत्राचार गर्न थालेको छ । लामो समयदेखि मूल्य अभिवृद्धि कर (भ्याट) र आय कर नबुझाएका करदाताको घरमा नै पत्र पठाउन थालेको हो । कार्यालयमा ७० हजार करदाता छन् । तीमध्ये १० हजार भ्याटका हुन् । कूल करदातामध्ये ४० प्रतिशतले आय विवरण बुझाएका छैनन् । कार्यालयका […]

लयमा फर्किदै घरजग्गा कारोबार, पुसमै ४ अर्ब २५ करोड राजस्व संकलन

काठमाडौं । घर जग्गाको कारोबार क्रमश: लयमा फर्किन थालेको पाइएको छ । देशभरको घर जग्गाको कारोबारको विवरण राख्ने भूमि व्यवस्था तथा अभिलेख विभागकाअनुसार गत मंसिरको तुलनामा गत पुसमा राजस्व संकलनमा वृद्धि भएको छ । गत मंसिरमा ३ अर्ब ८७ करोड ४८ लाख २६ हजार ९७६ रुपैयाँ संकलन भएकोमा पुस मसान्तसम्म ४ अर्ब २५ करोड २२ […]