‘वैकल्पिक विकास वित्त परिचालन’ ऐन जारी गर्ने प्रक्रिया अघि बढ्यो

काठमाडौं । अर्थ मन्त्रालयले ‘वैकल्पिक विकास वित्त परिचालन ऐन’ जारी गर्ने प्रक्रिया अघि बढाएको छ। ऐनको प्रारम्भिक मस्यौदा तयार गरी मन्त्रिपरिषद्मा स्वीकृतिका लागि पठाइएको प्रधानमन्त्री कार्यालयका एक अधिकारीले जानकारी दिएका छन्। उक्त अधिकारीका अनुसार, अर्थ मन्त्रालयले प्रारम्भिक मस्यौदा पेश गरिसकेको छ । जसमा विभिन्न चरणका छलफलहरू भइरहेको छ। मुलुकको समग्र विकासका लागि आवश्यक देखिएमा मन्त्रिपरिषद्ले […]

नेपाल चेम्बर अफ कमर्स टोली थाईल्याण्डमा, व्यापार सहजिकरण र लगानी प्रवर्द्धनको एजेण्डा

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिस्टेक) को छैटौं शिखर सम्मेलनमा भाग लिन नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोली प्रधानमन्त्री केपी शर्मा ओलीसंगै थाईल्याण्ड गएको छ । निजी क्षेत्रबाट प्रतिनिधित्व गर्दै अध्यक्ष कमलेश कुमार अग्रवाल, चेम्बर सल्लाहकार परिषदका अध्यक्ष राजेशकाजी श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष दिपक मल्होत्रा र मानार्थ उपाध्यक्ष एवं अन्तराष्ट्रिय […]

लोकप्रिय हुने प्रवृतिबाट बाहिर निस्कौंः अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लोकप्रिय हुने प्रवृतिबाट बाहिर निस्कन जरुरी रहेको बताएका छन् । आर्थिक वर्ष २०८२/०८३ को बजेट निर्माण सम्बन्धी श्रम, रोजगार तथा सामाजिक मन्त्रालयसँगको छलफलमा अर्थमन्त्री पौडेलले वितरण र लोकप्रिय हुने भन्दा यथार्थपरक र कार्यान्वयन योग्य कार्यक्रम तथा योजनाहरु आवश्यक भएको बताएका हुन् । उनले श्रम, सीप, रोजगारी र उत्पादनलाई प्राथमिकता […]

अध्यादेश प्रतिस्थापन गर्ने ५ वटा विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश प्रतिस्थापन गर्ने ५ वटा विधेयक प्रमाणीकरण गरेका छन् । सरकारले अध्यादेशमार्फत् दर्जनाैँ कानुन संशोधन गर्न ल्याएका सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६लाई संशोधन गर्न बनेको विधेयक, आर्थिक […]

राष्ट्रियसभाबाट पाँचवटै प्रतिस्थापन विधेयक बहुमतले पारित

काठमाडौं ।  राष्ट्रियसभाले पाँच वटा प्रतिस्थापन विधेयक बहुमतले पारित गरेको छ । आजको बैठकमा सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सबै विधेयक बहुमतले पारित भएको जानकारी गराए । ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’, ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, […]

राजावादीको आन्दोलनः भाटभटेनीमा ८० लाख भन्दा बढीको क्षति

काठमाडौं । गत चैत १५ गते राजावादी समूहहरूले आयोजना गरेको आन्दोलनका क्रममा कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा तोडफोड र लुटपाट हुँदा ८० लाख रुपैयाँभन्दा बढीको क्षति पुगेको छ। भाटभटेनी सुपरमार्केटका अनुसार आन्दोलनका क्रममा भएका तोडफोड र लुटपाटबाट कुल ८० लाख ३३ हजार १९३ रुपैयाँ बराबरको क्षति पुगेको छ। उक्त घटनामा सुपरमार्केको स्टक (सामान) मा ६४ लाख ८८ […]

कफीखेतीतर्फ आकर्षित महाभारतका किसान

धुलिखेल । महाभारत गाउँपालिका–५ मुख्य टोलका नीरज पुलामीले कफीखेतीबाट आम्दानी लिन थालेको तीन वर्ष भयो । मकैको तुलनामा कफी खेतीबाट धेरै आम्दानी हुने भएपछि अहिले उनी मकै छाडेर कफी खेतीमा लागेका छन् । यसअघि उनी मकै खेतीको भरमा थिए । तीन वर्ष अगाडि छ सय बोट कफी रोपेर खेती सुरु गरेका उनले हाल नयाँ बोटहरु […]

७ लाख बेरोजगार सूचीकृत, रोजगारी पाउने केवल ५ हजार

काठमाडौं । सरकारले मुलुकमा ९ हजार बढी प्रतिष्ठान रहेको बताए पनि त्यसबाट पर्याप्त रोजगारी प्राप्त हुन सकेको छैन । मुलुकमा पर्याप्त रोजगारी नहुँदा नेपालीको लागि विकल्पको रुपमा वैदेशिक रोजगारी रहेको छ । सरकारले स्वदेशमा रोजगारी दिने उद्देश्यले र युवायुवतीहरुलाई स्वदेशमा रोक्ने उद्देश्यको साथ ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रम पनि प्रभावकारी रुपमा सञ्चालन हुन नसक्दा बेरोजगारी समस्या […]

स्पेनमा नेपालको पर्यटन प्रबर्द्धन

काठमाडौं । नेपालले संयुक्त राष्ट्रसंघसँग प्रविधि र दिगो पर्यटनमा सहयोगका लागि आग्रह गरेको छ । नेपालका पर्यटकीय गन्तव्यको प्रबर्द्धन कार्यक्रमअन्तर्गत युरोप यात्रामा रहेको नेपाल पर्यटन बोर्डको टोलीले स्पेनको मड्रिडमा संयुक्त राष्ट्रसंघीय पर्यटन अधिकारीहरुसँगको छलफलमा दिगो पर्यटनका लागि सहयोगको आग्रह गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोद प्रकाश सिंहको नेतृत्वमा उच्चस्तरीय नेपाली […]

ढोरपाटनमा सुरु भयो सिकार याम

बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो सिकार याम सुरु भएको छ । दोस्रो याममा १३ नाउर, १० झारल र १२ बँदेल गरी ३५ वन्यजन्तुको सिकार हुने भएको हो । वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागले गत माघ १५ गते सिकार गर्नका लागि बोलपत्र आह्वान गरेको थियो । दोस्रो याममा सिकार खेल्न हिमालयन […]