चैतमा ६ लाखले लिए श्रम स्वीकृति

काठमाडौं ।देशमा रोजगारी अवसर नहुँदा वैदेशिक रोजगारीमा जाने युवाको लर्को थामिएको छैन। वैदेशिक रोजगार विभागले चैत महिनामा दोहोर्‍याएर फेरि काममा जाने २ लाख ९३ लाख २५७ जनालाई श्रम स्वीकृति दिएको छ। विभागको प्रशासन तथा योजना शाखाका अनुसार यो संख्या भनेको नयाँ श्रम स्वीकृति लिनेहरुको भन्दा धेरै हो। श्रम विभागले चैत महिनाभरिमा वैदेशिक रोजगारीमा जानको लागि […]

बागमती प्रदेश सरकारद्वारा २७ अर्ब ९३ करोड राजस्व सङ्कलन

हेटौँडा । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको नौ महिनाा बार्षिक लक्ष्यको ४१ दशमलव ४० प्रतिशत अर्थात् २७ अर्ब ९३ करोड ३० लाख दुई हजार रूपैयाँ राजस्व सङ्कलन गरेको छ । घरजग्गा रजिष्ट्रेशन (मालपोत) र सवारीसाधन कर प्रदेश सरकारको राजस्व सङ्कलनको मुख्य आयश्रोत मानिन्छ । दुवै शीर्षकसहित बाँडफाँड आव २०८२/८३ को साउनदेखि चैत महिनासम्ममा ३० […]

महिलालाई आत्मनिर्भर बनाउँदै सहकारी

तनहुँ । यहाँको देवघाट गाउँपालिका–५ चक्रवर्ती सामाजिक उद्यमी महिला सहकारी सस्थाले दुग्धजन्य उत्पादन बिक्री गर्न प्रत्येक साताको एक दिन मेला सञ्चालन गर्न थालेको छ । गाउँपालिकाको एकमात्र महिला सहकारी संस्थाको रुपमा रहेको उक्त सहकारीले सदस्य महिलाहरुको आयआर्जन र आर्थिक समृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । सोहीअनुसार सदस्यहरुद्वारा उत्पादित दुग्धजन्य वस्तु तथा कृषिउपज […]

प्याराग्लाइडिङले रङ्गिँदै सुर्खेतको आकाश

सुर्खेत । सुर्खेतको आकाश केही वर्ष प्याराग्लाइडिङका कारण रङ्गिन थालेका छन् । कर्णाली प्रदेशको राजधानीसमेत रहेको यो सहर पछिल्लो समय साहसिक पर्यटनको नयाँ केन्द्रका रूपमा विस्तार भएको हो । चुरे पहाडको काखबाट उडान भर्दा तल देखिने हरियाली वन, फैलिएका बस्ती र टाढासम्म फैलिएको भू दृश्यले जो कोहीलाई केही क्षण भए पनि आनन्द दिलाउँछ । खुला […]

पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति उज्यालो नेपाल पार्टीको आपत्ति

काठमाडौं । उज्यालो नेपाल पार्टीले पेट्रोलियम पदार्थमा हालै गरिएको निरन्तर मूल्यवृद्धिप्रति आपत्ति प्रकट गरेको छ । एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टीले भनेको छ– प्रधानमन्त्री बालेन शाहले २७ मार्च २०२६ मा पदभार ग्रहण गरेपछि इन्धन बजारमा स्थिरता आउनुपर्ने अपेक्षा थियो । तर वास्तविकता ठिक उल्टो देखिएको छ । हालसम्मको सार्वजनिक मूल्यसूची हेर्दा सरकार गठनपछि इन्धनको […]

बुटवल–नारायणगढ सडकः पूर्वी खण्डमा पुल र कल्भर्ट निर्माण

मध्यविन्दु ।  बुटवल–नारायणगढ सडक विस्तार आयोजनाअन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व)को दुम्कीवासस्थित विनयी खोलामा निर्माण गरिएको नयाँ पक्की पुल सञ्चालनमा आएको छ । निर्माण कार्य सम्पन्न भएसँगै आजदेखि पुलमार्फत सवारी आवागमन सुरु गरिएको बुटवल–नारायणगढ सडक आयोजना पूर्वी खण्डका इन्जिनियर शिव खनालले बताए । विनयी त्रिवेणी गाउँपालिका–१ दुम्कीवासमा रहेको करिब २४५ मिटर लम्बाइको विनयी खोला पुल निर्माण सम्पन्न भई […]

दुई दिनको बिदाले पर्यटन व्यवसायी उत्साहितः आर्थिक क्षेत्र चलायमान हुने विश्वास

पोखरा। सरकारले आइतबार सार्वजनिक बिदा थप गरेपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा छ। सरकारले बढ्दो व्यापार घाटा र इन्धन खपत नियन्त्रण गर्ने उद्देश्यसहित आइतबार पनि सार्वजनिक बिदा थप गरेपछि मुलुकको पर्यटकीय राजधानी पोखराका पर्यटन व्यवसायीमा उत्साह थपिएको छ । सरकारले यसअघि हप्तामा एक दिन […]

दुई खर्बले बढ्यो सार्वजनिक ऋण नाघ्यो २९ खर्ब

काठमाडौं । सार्वजनिक ऋण २ खर्ब बढीले बढेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षको नौ महिनामा सार्वजनिक ऋण २ खर्ब ५९ अर्ब ७४ करोडले बढेको छ । यो सँगै चैतमसान्तसम्म सार्वजनिक ऋण २९ खर्ब ३३ अर्ब ७९ करोड पुगेको छ । जुन कुल गार्हस्थ उत्पादन (जीडीपी) को ४८ प्रतिशत हो । जसमा […]

यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर, युरो र पाउण्डको मूल्य बढेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ८२ पैसा र बिक्रीदर १४९ रुपैयाँ ४२ पैसा तोकिएको छ । अघिल्लो दिन अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ १० पैसा […]

ऊर्जा सङ्कटमा बङ्गलादेशको गुहार

ढाका। विश्वव्यापी ऊर्जा सङ्कटले अर्थतन्त्रमा गम्भीर दबाब सिर्जना गरिरहेका बेला बङ्गलादेशले तत्काल ऊर्जा आवश्यकताहरू पूरा गर्न अन्तर्राष्ट्रिय सहयोगको अपिल गरेको छ । प्रधानमन्त्री तारिक रहमानले विकास साझेदारहरूसँग करिब दुई अर्ब डलर बराबरको आपतकालीन कोष माग गर्दै देशको आर्थिक स्थिरता जोगाउन सहयोग आवश्यक रहेको बताएका छन् । एसिया शून्य उत्सर्जन समुदाय (एजेडइसी) प्लसको अनलाइन शिखर सम्मेलनमा […]