यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ११ पैसा र बिक्रीदर १४९ रुपैयाँ ७१ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ९८ पैसा र बिक्रीदर १७६ रुपैयाँ ६९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपैयाँ […]

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि

दमौली (तनहुँ) । यहाँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ । सरकारले हप्ताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै यहाँ आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो । यसअघि शुक्रबार र शनिबार बन्दीपुरमा पर्यटकको भीड हुने गरेकामा बिदाका कारण आइतबार पनि पर्यटकको आगमन बढेको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले जानकारी दिए । […]

घरजग्गा कर्जा एक दशमव सात गुणाले बढ्यो, पुग्यो पौने ३ खर्ब

काठमाडौं । नेपाल राष्ट्र बैंकले घर जग्गा कर्जा १.७ गुणले बढेको जनाएको छ । राष्ट्र बैंकले विगत पाँच वर्षमा घर जग्गा कर्जा १.७ गुणाले बढेको छ, १ खर्ब ६०.३६ अर्ब रुपैयाँबाट बढेर २ खर्ब ७५.९६ अर्ब रुपैयाँ पुगेको छ । यद्यपि वृद्धि प्रवृत्ति सहज भएको छैन। राष्ट्र बैंकले सोमबार ‘रियल स्टेट कारोबारको वर्तमान अवस्था तथा […]

घरजग्गा कारोबारमा पुनः सुधार, कर्जा र राजस्व वृद्धि हुँदा २३ अर्बको राजस्व पछ्याँउदै

काठमाडौं । नेपाल राष्ट्र बैंकले घरजग्गा कारोबारमा पुनः सुधार भएको छ । कुनै आर्थिक वर्षमा २३ अर्ब बढी राजस्व संकलन घरजग्गा कारोबार पुनः लयमा फर्किदाँ १५ अर्बसम्म राजस्व संकलन पुगेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार घरजग्गा क्षेत्रबाट प्राप्त सरकारी राजस्व आर्थिक वर्ष २०७८ /७५ को पहिलो त्रैमासमा .२३.७ अर्बसम्म पुगेको थियो । त्यसपछि […]

कृषि विकास कार्यालयद्वारा ४५ करोड अनुदान वितरण

नवलपुर (नवलपरासी) । कृषि विकास कार्यालयले करिब रु ४५ करोड अनुदान वितरण गरेको छ । कार्यालयले आर्थिक वर्ष २०७७/७८ देखि आव २०८१/८२ सम्म रु ४४ करोड ७१ लाख ७३ हजार ८५१ अनुदान वितरण गरेको जनाएको छ । कार्यालयका कृषि प्रसार अधिकृत एवम् सूचना अधिकारी विश्वास काफ्लेका अनुसार पाँच वर्षको अवधिमा जिल्लाका ९१५ जना किसानलाई अनुदान […]

नयाँवर्षमा ठमेलमा सडक महोत्सव हुने

काठमाडौं । नेपाली नयाँवर्ष २०८३ को अवसरमा सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा ‘ठमेल सडक महोत्सव’ हुने भएको छ । ठमेल पर्यटन विकास परिषद्को आयोजनामा नेपाली नयाँ वर्षलाई अन्तरराष्ट्रियस्तरमा पहिचान गराउने उद्देश्यले आज दिउँसो काठमाडौँ महानगरपालिका–२६ त्रिदेवीमार्गस्थित ‘ठमेल सडक महोत्सव’ हुन लागेको हो । परिषद्का उपाध्यक्ष सहदेव धमला (विमल)ले नेपाली नयाँ वर्षलाई अन्तरराष्ट्रियस्तरमा पहिचान गराउनका […]

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्रा विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ०७ पैसा र बिक्रीदर १४८ रुपैयाँ ६७ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ५४ पैसा र बिक्रीदर १७४ रुपैयाँ २४ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९९ रुपैयाँ ३३ […]

बाली तथा पशुधन बिमाबापतको ‘प्रिमियम’ १ अर्ब ६० करोड रुपैयाँ भुक्तानी

काठमाडौं ।  सरकारले बाली तथा पशुधन बिमाको ‘प्रिमियम’मा अनुदानबापत रु एक अर्ब ६० करोड भुक्तानी गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत आर्थिक वर्षमा पशुपक्षी बिमातर्फ रु एक अर्ब ४३ करोड तथा बाली बिमातर्फ रु १७ करोड भुक्तानी गरेको हो । पशुपक्षी तथा मत्स्यतर्फ एक लाख ६६ हजार ७११ र बालीधनतर्फ एक हजार […]

तेल वार्ताका लागि इन्डोनेसियाका राष्ट्रपति रुस जाँदै

जकार्ता। विश्वव्यापी ऊर्जा सङ्कट चर्किरहेका बेला इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबिआन्तो तेलसम्बन्धी छलफलका लागि रुस गएका छन् । उनि आइतबार साँझ जकार्ताबाट मस्को प्रस्थान गर्ने कार्यक्रम रहेको सरकारी स्रोतले जनाएको छ । राष्ट्रपतिका अनुसार यो भ्रमण ऊर्जा सुरक्षासँग प्रत्यक्ष रूपमा सम्बन्धित छ । विदेशमन्त्री सुगियोनोले तेल आपूर्ति र ऊर्जा स्थायित्वलाई वार्ताको मुख्य एजेन्डा बनाइएको बताए । […]

बैतडीमा २१ लाखभन्दा बढी भन्सार छलीका सामान बरामद

दशरथचन्द । बैतडीमा रु २१ लाख बढीका अवैध सामान बरामद गरिएको छ । सशस्त्र प्रहरीले पञ्चेश्वर गाउँपालिका-४ हल्दुविनायकबाट बोलेरो पिकअप र ट्याक्टरसहित रु २१ लाख आठ हजार ८१० बराबरका अवैध सामान बरामद गरेको हो । आज बिहान ३ः०० बजेतिर भारतबाट भन्सार छली गरी ल्याइएका अवैध सामानसहित बोलेर पिकअप र ट्याक्टरलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल […]