नरेश लाल श्रेष्ठको प्रि बजेट छलफल : करलाई व्यवस्थित गरी निजी क्षेत्रलाई अघि बढ्ने वातावरण बनाउन आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वस्तुगत तर्फका उपाध्यक्ष उम्मेदवार नरेशलाल समुहले प्रि बजेट छलफल सम्पन्न गरेको छ । उद्योगी व्यवसायीका समस्या तथा मागलाई आगामी बजेटमार्फत सम्बोधन गराउने उद्देश्य अनुरुप सो समुहले सरकार र निजी क्षेत्रबीच प्रि बजेट छलफल गराएको हो । ललितपुर स्थित हिमालय होटलमा भएको उक्त छलफलमा वस्तुगत संघ तथा महासंघतर्फका […]

छात्रवृत्ति प्रदान गर्न १ करोडको अक्षयकोष

ढोरपाटन ।बागलुङको धौलागिरि बहुमुखी क्याम्पसमा रु १ करोड बढीको अक्षयकोष स्थापना गरिएको छ । विसं २०७९ मा निर्वाचित स्वतन्त्र विद्यार्थी युनियनका सभापति सुदीप सागर कँडेलको नेतृत्वले छात्रवृत्ति प्रदान रु एक करोड नौ लाख ४१ हजार ६५१ को अक्षयकोष स्थापना गरेको हो । विसं २०८० को तिहारमा देउसीभैलोबाट स्ववियु कार्यसमितिले अक्षयकोष निर्माण अभियान चलाएको थियो । […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४८ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४९ रुपैयाँ १२ पैसा रहेको थियो । यस्तै, […]

मध्यपूर्व युद्धको प्रभाव मूल्याङ्कन गर्दै भारतद्वारा ब्याज दर स्थिर

मुम्बई। भारतको केन्द्रीय बैंकले मध्यपूर्वमा भइरहेको युद्धको संभावित प्रभाव मूल्याङ्कन गर्दै बुधबार ब्याज दर स्थिर राख्ने निर्णय गरेको छ । भारतीय रिजर्भ बैंक (आरबिआई) का गभर्नर सञ्जय मल्होत्राले ५.२५ प्रतिशतको बेन्चमार्क पुनः खरीद दर अपरिवर्तित रहने जानकारी दिए । आरबिआईको छ सदस्यीय मौद्रिक नीति समिति (एमपिसी) को सर्वसम्मतिले यो निर्णय गरेको हो । मल्होत्राले मौद्रिक […]

सूचना प्रविधि उद्योगका लागि डलर कार्डको सीमा बढ्यो, ५ हजार डलरसम्म साट्न पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले सूचना प्रविधि तथा सञ्चार क्षेत्रका उद्योगहरूका लागि विदेशी मुद्रा सटही सुविधामा नयाँ व्यवस्था गरेको छ । विदेशी विनिमय कारोबार गर्ने सम्बन्धमा केन्द्रीय बैंकबाट जारी गरिएकोे एकीकृत परिपत्र–२०८२ सार्वजनिक गर्दै सफ्टवेयर खरिद तथा अनलाइन सेवाका लागि डलर कार्डको सीमा र सुविधालाई व्यवस्थित बनाएको हो । नयाँ व्यवस्था अनुसार सूचना प्रविधि, सञ्चार […]

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबारका)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४९ रुपैयाँ १२ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ६० पैसा र बिक्रीदर १७२ रुपैयाँ २९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ […]

मालपोत कार्यालय जुम्लाद्वारा एक करोड ८६ लाखभन्दा बढी राजस्व सङ्कलन

जुम्ला। मालपोत कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को आठ महिनामा रु एक करोड ८६ लाख ७२ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले साउनदेखि फागनु मसान्तसम्ममा विभिन्न शीर्षकमा उक्त परिमाणमा राजस्व सङ्कलन गरेको जनाएको हो । कार्यालय प्रमुख मोहनबहादुर विष्टले सबैभन्दा धेरै घरजग्गा लिखत रजिष्ट्रेसन शुल्कबाट रु एक करोड २६ लाख २३ हजार ७७७ राजस्व सङ्कलन […]

पेट्रोलियम पदार्थ आयातमा ५० प्रतिशत भन्सार कर छुट दिने सरकारको निर्णय

काठमाडौं। सरकारले पेट्रोलियम पदार्थ आयातमा लगाउँदै आएको भन्सार करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले पेट्रोल, डिजेल र मट्टितेलको पैठारीमा लाग्दै आएको भन्सार महसुल र पूर्वाधार विकास महसुलमा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट प्रदान गर्ने […]

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्षको राजीनामा स्वीकृत

काठमाडौं । सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्षसहित २ सदस्यको राजीनामा स्वीकृत गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूको राजीनामा स्वीकृत गरेको हो । समितिका अध्यक्ष श्रीमण कुमार गौतम तथा सदस्यहरू ललिताकुमारी महर्जन र ध्रुव आचार्यको राजीनामा स्वीकृत गरेको बैठकपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जानकारी दिइन् । त्यस्तै बैठकले बृहत्तर […]

‘इभेन्ट भेन्यू आर्किटेक्चर’ मा अब्बल सेवा उपलब्ध गराउँदै ‘आरजी क्रिएसन्स’

काठमाडौं । दुई दशकअघिसम्म नेपाली विवाह वा भोजको दृश्य प्रायस् एउटै हुन्थ्यो– खुला चौर वा विद्यालयको प्राङ्गणमा लहरै बस्ने, टपरीमा खाने । समयसँगै यो दृश्य क्रमशः बदलिँदै गयो । कर्कटपाताले छाएका टहरा, रंगीन बत्ती र कपडाको सजावटसहितका अस्थायी संरचनाले केही समय ‘आधुनिकता’को अनुभूति दिए । त्यसपछि फलामका कुर्सीमा कपडाको खोल लगाइएका, अलि व्यवस्थित ‘पार्टी प्यालेस’हरू […]