विकास बजेट खर्च सहज बनाउन  आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ परिमार्जन

काठमाडौं । सरकारले विकास बजेट खर्च गर्ने प्रक्रियामा देखिएका ढिलासुस्ती अन्त्य गर्न आर्थिक कार्यविधि संशोधन गरेको छ । बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन भन्दै सरकारले आर्थिक कार्यविधिमा महत्त्वपूर्ण विषयमा संशोधन गरेको हो । अर्थ मन्त्रालयका अनुसार आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ लाई परिमार्जन गर्दै ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (तेस्रो संशोधन) नियमावली, २०८३’ जारी गरिएको […]

सीमामा सरकारको कडाइले बिस्कुट उद्योगी उत्साहित, ५ हजार नयाँ रोजगारी थपिने अपेक्षा

काठमाडौं । सरकारले सीमा नाकामा थालेको पछिल्लो कडाइ र अवैध आयात नियन्त्रणको कदमलाई नेपाल बिस्कुट उत्पादक संघले स्वागत गरेको छ । संघले एक प्रेस विज्ञप्ति जारी गर्दै सरकारको यस निर्णयले धराशायी बन्दै गएको स्वदेशी बिस्कुट उद्योगलाई पुनर्जीवन दिने र उत्पादनमुखी अर्थतन्त्रलाई बलियो बनाउने विश्वास व्यक्त गरेको हाे ।  पछिल्लो समय सीमावर्ती क्षेत्रबाट हुने कर नतिरेको […]

नेपाल-भारतबीच सम्झौता :निकासी वस्तु आउनु अघि नै जानकारी दिने

काठमाडौं । नेपाल र भारतबीच निकासी गरिने वस्तु आइपुग्नु अगावै सूचना प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । समझदारी पत्र अनुसार जोखिम विश्लेषण मार्फत भन्सार नियन्त्रण र व्यापार सहजीकरणलाई थप प्रभावकारी बनाउने, भन्सारको प्रक्रियामा लाग्ने समय कम गर्दै सुरक्षित अन्तर्राष्ट्रिय व्यापारलाई सुनिश्चित गर्ने, राष्ट्र कानुनले तोकेको सीमा भित्र रही विद्युतीय माध्यमबाट निकासी तथ्याङ्क आदान प्रदान […]

५२.२६ प्रतिशतले बढ्यो घरजग्गा कारोबार, राजस्व पनि वृद्धि

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को चैतमा घरजग्गा कारोबार बढेको छ। गत महिना चुनावी माहोलले सुस्ताएको कारोबार चैतमा भने  वृद्धि भएको छ। यस महिना देशभरका मालपोत कार्यालयहरूबाट ५५ हजार ५ सय ३१ वटा घरजग्गा कारोबार भएको भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्याङ्कले देखाएको छ। यो कारोबार संख्या अघिल्लो महिनाको तुलनामा ५२.२६ प्रतिशतले बढी हो। […]

वीरगञ्ज भन्सारद्वारा नौ महिनामा एक खर्ब ७७ करोड राजस्व सङ्कलन

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा रु एक खर्ब ७७ अर्ब ६६ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले गत आवको नौ महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने रु १६ अर्ब २० करोडअर्थात् १० प्रतिशत बढी राजस्व सङ्कलन गरेको हो । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले वीरगञ्ज भन्सार […]

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर, पाउण्ड र युरोको मूल्य बढेको हो । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १४९ रुपैयाँ ३१ पैसा तोकिएको छ । अघिल्लो दिन अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ३९ पैसा र […]

अर्थ मन्त्री र विषयगत मन्त्रालयका मन्त्री तथा सचिवहरुका बीचमा बजेट तयारी छलफल सम्पन्न

काठमाडौं । सोमबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णीम वाग्ले र विषयगत सबै मन्त्रालयका मन्त्री तथा सचिवहरुका बीचमा आगामी आर्थिक वर्ष २०८३।८३ को बजेट तयारीका सम्बन्धमा छलफल सम्पन्न भएको छ । उक्त कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष तथा सदस्य र सम्मानीय प्रधानमन्त्रीज्यूका प्रशासन तथा सुशासन सल्लाहकार सुदिप ढकाल समेतको सहभागिता रहेको थियो । छलफलमा अर्थसचिव डा. घनश्याम […]

सिटिजन्स बैंक १९ वर्ष पुरा भई २०औं वर्षमा प्रवेश 

काठमाडौं । २०६४ साल बैशाख ७ गते २० औं वाणिज्य बैंकको रुपमा स्थापना भई अनवरत रुपमा ग्राहकहरुमाझ उत्कृष्ट सेवा पुर्याउदै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आज मिति २०८३ वैशाख ७ गते १९ वर्ष पूरा गरि २० वर्षमा प्रवेश गरेको अवसरमा आफ्नो १९ औं वार्षिकोत्सव मनाएको छ । यस १९ वर्षको अवधि पार गरिसक्दा बैंकले २० […]

भारत–कोरिया रणनीतिक वार्ता

काठमाडौं । बदलिँदो विश्व आर्थिक परिस्थिति र आपूर्ति शृङ्खलामा देखिएको अस्थिरताको पृष्ठभूमिमा भारतले सोमबार नयाँदिल्लीमा दक्षिण कोरियाली राष्ट्रपति ली जे–म्युङलाई औपचारिक स्वागत गरेको छ । यस भेटमा जहाज निर्माण, कृत्रिम बौद्धिकता तथा उच्च प्रविधि क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयलाई प्रमुख एजेन्डाका रूपमा लिइएको छ । राष्ट्रपति ली जे–म्युङले आफ्नो पहिलो भारत भ्रमणका क्रममा सामाजिक सञ्जालमार्फत […]

निर्यात वृद्धि भएपनि व्यापार घाटा १२ खर्ब नाघ्यो

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को ९ महिना (साउन–चैत) मा आयात र निर्यात दुवै बढेको छ । चालू आवको ९ महिनामा १४ खर्ब ९० अर्ब ४९ करोड रुपैयाँको आयात भएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.८२ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा १३ खर्ब ९ अर्ब ५३ करोड रुपैयाँको आयात […]