राजस्व वृद्धि चुनौतीपूर्ण, अन्य सम्भावना खोज्न आवश्यकः योजना आयोग उपाध्यक्ष अधिकारी
काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा।डा। शिवराज अधिकारीले आगामी आर्थिक वर्ष २०८२/८३ मा राजस्व परिचालनमा उल्लेखनीय सुधारको सम्भावना न्यून रहेको बताएका छन्। आगामी बजेट तर्जुमा सम्बन्धी नीतिगत तथा कार्यक्रमगत प्रतिवेदन अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई हस्तान्तरण गर्दै उपाध्यक्ष अधिकारीले यस्तो बताएका हुन्। उनले भने, ‘राजस्वमा उल्लेखनीय वृद्धि हुन नसकेको वर्तमान अवस्थामा खर्च व्यवस्थापन कसरी गर्ने भन्ने […]

