नेपाल राष्ट्र बैङ्कले आजको लागि तोकेको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमयदरअनुसार अमेरिकी डलर, स्वीस फ्रयाङ्क, सिङ्गापुर डलर, बहराइन दिनार, ओमानी रियाललगायतको मूल्यवृद्धि भएको छ । यस्तै, युरोपियन युरो, स्वीस फ्रयाङ्कलगायतको मूल्य घटेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ २२ […]

क्रेडिट रेटिङको नतिजाले लगानीले निजी क्षेत्र र लगानीकर्ताको मनोबल बढाएको छ: अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार नेपालको आर्थिक विकासमा केन्द्रित भएको बताएका छन् । अर्थ मन्त्रालयमा आयोजित विकास साझेदारहरूसँगको बैठकमा अर्थमन्त्री पौडेलले दुई ठूला राजनीतिक दल मिलेर सरकार बनेपछि मुलुकमा राजनीतिक र नीतिगत स्थायित्व कायम हुँदै गएकाले अब सरकारको ध्यान आर्थिक विकासमा केन्द्रित भएको बताए । अर्थमन्त्री पौडेलले विकास साझेदारहरूको निरन्तर सहयोग र साझेदारीमा […]

यस्तो छ आजको लागि नेपाल राष्ट्र बैङ्कले तोकेको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ८८ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ४८ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ६६ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ […]

भन्सार चुहावटका सूचना दिन विभागको आह्वान, सूचना गोप्य राखिने

काठमाडौं । भन्सार विभागले भन्सार चुहावटबारे सूचना दिन आह्वान गरेको छ । भन्सार प्रशासनमा हुने जोखिम तथा राजस्व चुहावटका विषयमा कुनै जानकारी वा सूचना भएमा विभागको इन्टिलिजेन्ट युनिटमा टिपाउन विभागले आग्रह गरेको हो । विभागले सूचना गोप्य राखिने समेत बताएको छ । इन्टिलिजेन्स एट कस्टम डट जीओभी डट एनपीमा यस्ता सूचना टिपाउन सकिने समेत विभागले […]

भारत र चीनबाट पर्यटक भित्र्याउन ‘नाईस–२०२५’ गरिँदै

काठमाडौं । पर्यटन प्रवर्द्धन गरी छिमेकी मूलुक भारत र चीनबाट धेरै भन्दा धेरै पर्यटक भित्र्याउने उद्देश्यले संयुक्त रुपमा ‘नेपाल इन्डिया चाइना एक्सपो (नाईस–२०२५)’ गरिने भएको छ । आगामी फागुन १२ देखि १४ सम्म पोखरामा उक्त एक्सपो ९मेला० आयोजना गरिएको प्यासिफिक एसिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरले जनाएको छ । आयोजक पाटाका अनुसार एक्स्पोका लागि नेपाल पर्यटन […]

मुलुकले औद्योगीकरणमा फड्को मार्न सकेन : अर्थमन्त्री पाैडेल

बुटवल । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकले औद्योगीकरणमा फड्को मार्न नसकेको बताएका छन् । रुपन्देही उद्योग संघको ४७औँ वार्षिकोत्सव एवं औद्योगिक दिवसको अवसरमा बुटवलमा गरेको कार्यक्रममा अर्थमन्त्री पौडेलले अहिलेसम्म औद्योगीकरणमा फड्को मार्न नसक्नु कमजोरी भएको स्विकार्दै अब तीव्र गतिमा त्यसतर्फ जानुपर्ने बताए । उनले स्थिर सरकारले गर्दा यो सम्भव हुने बताए । यो सरकार […]

मौद्रिक नीति पहिलो त्रैमास समिक्षा सार्वजनिक, के परिवर्तन भयो नीतिगत व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्ष २०८१\०८२  मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ ।  नेपाल राष्ट्र बैंकले आज समीक्षा सार्वजनिक गरेको हो। समीक्षामा  मार्फत राष्ट्र बैंकले केहि पनि नीतिगत परिवर्तन गरेको छैन। समीक्षामा मौद्रिक नीतिको विद्यमान नीतिगत दरलाई ५ प्रतिशत, ब्याजदर करिडोर अन्तर्गतको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरलाई ३.०० […]

उखुको समर्थन मूल्य तय, अनुदान रकम भने निर्णय गर्न बाँकी

काठमाडौं । सरकारले उखुको समर्थन मूल्य झण्डै २० रुपैयाँ बढाएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले उद्योगी (उखु मिल) ले किसानहरूलाई उपलब्ध गराउने रकममा प्रतिक्विन्टल २० रुपैयाँले वृद्धि गरेको हो । जसअनुसार अब किसानले प्रतिक्विन्टल झन्डै ५८५ रुपैयाँ उखु मिलबाट पाउने छन् । सरकारले उखु किसानलाई अनुदान बापत दिने रकमको भने निर्णय गर्न बाँकी छ । […]

बुढीगण्डकी लगायत विभिन्न जलविद्युत परियोजनाको लगानी स्वीकृत

काठमाडौं । लगानी बोर्डको ६० औँ बोर्ड बैठकले बुढीगण्डकीलगायत विभिन्न जलविद्युत परियोजनाको लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा सम्पन्न बैठकले तीन सय ४१ मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत परियोजनाका लागि रु ७० अर्ब, एक सय छ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् परियोजनाका लागि रु २३ अर्ब ५९ करोड र दुई सय १० […]

यस्तो आजका लागि नेपाल राष्ट्र बैङ्कले तोकेको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमयदरअनुसार अमेरिकी डलर, युरोपियन युरो, अष्ट्रेलियन डलरलगायतको मूल्य बढेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ८८ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ४८ पैसा कायम भएको छ । […]