नेपालको अर्थतन्त्र सुधार हुँदै : आइएमएफ उपनिर्देशक

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को एसिया प्रशान्त क्षेत्रको उपनिर्देशक रूपा दत्तगुप्ताबिच शिष्टाचार भेट भएको छ। अर्थ मन्त्रालयमा भएको भेटमा उपनिर्देशक दत्तगुप्ताले नेपालको अर्थतन्त्र सुधार हुँदै गएको आफूले पाएको बताइन्। उनले नेपालमा लगानी सहजीकरणसम्बन्धी कानुनहरू परिमार्जन हुँदै गएको, राजस्व परिचालन रणनीति कार्यान्वयनमा आएको, अर्थतन्त्रसम्बन्धी विभिन्न सुझावहरू कार्यान्वयन हुँदै गएकाले […]

वीरगञ्ज भन्सारले उठायो दुई महिनामा साढे २५ अर्ब राजस्व

वीरगञ्ज (पर्सा) । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको भदौसम्म २५ अर्ब ४० करोड ३१ लाख ४३ हजार राजस्व सङ्कलन गरेको छ । भन्सार विभागले भदौसम्म ३५ अर्ब ५७ करोड २७ लाख ५६ हजार राजस्व सङ्कलनको लक्ष्य निर्धारण गरेकामा ७१ प्रतिशत लक्ष्य हासिल भएको कार्यालयले जनाएको छ । भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले […]

२ महिनामा ४ प्रतिशत विकास खर्च, १२ प्रतिशत राजस्व संकलन

काठमाडौं । अघिल्ला आर्थिक वर्षहरु जस्तै चालु आर्थिक वर्षमा पनि विकास खर्च लक्ष्य अनुरुप हुन सकेको छैन । महालेखा परिक्षक कार्यालयको दैनिक बजेटरी तुलनात्मक विवरण अनुरुप चालु आर्थिक वर्षको दुई महिनामा पूँजीगत खर्च अर्थात् विकास खर्च १४ अर्ब ८९ करोड ४० लाख रुपैयाँ रहेको छ । जुन वार्षिक लक्ष्याको ४ प्रतिशत हो । पूँजीगत खर्चको […]

दशैंका लागि खुल्यो ४२ जिल्लाका ६३ स्थानमा सहुलियत पसल, कुनमा कति छुट ?

काठमाडौं । सरकारले आमउपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आजदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आगामी माघ २ गतेसम्म ४२ जिल्लाका ६३ स्थानमा पर्वोत्सव सुपथ मूल्य पसल सञ्चालन गर्ने छ । दशैं, तिहार, छठलगायत विभिन्न चाडपर्वमा उपभोक्तालाई दैनिक उपभोग्य वस्तुको सहज र […]

पचास करोड राजस्व सङ्कलन

झापा । आन्तरिक रावस्व कार्यालयले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा रु ४९ करोड ९४ लाख आठ हजार राजस्व सङ्कलन गरेको छ । सङ्कलन भएको उक्त रकम चालु आवको वार्षिक लक्ष्यको १२ दशमलव ४७ प्रतिशत हो । अन्तरिक राजस्व कार्यालयको चालु आवमा रु चार अर्ब ६१ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य रहेको कर अधिकृत भीमप्रसाद […]

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेन कार्यान्वयनका लागि सम्वन्धित मन्त्रालयमा पठाइयो

काठमाडौं । सहकारी अपचलन सम्बन्धी संसदिय छानबिन समितिले संसद मार्फत सरकारलाई बुझाएको प्रतिवेदन आज बसेको मन्त्री परिषदको बैठकले  पारित गरेको छ । मन्त्रीपरिषद्ले पारित गरेसँगै सहकारीसम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयहरूमा पठाएको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदले पठाएको प्रतिवेदन अगाडि बढाउने बताएका हुन् । सहकारी […]

स्वदेशी पुँजीमा विकास–निर्माणका परियोजना बनाउन सकिन्छ भन्ने सन्देस दिन आबश्यक छ – चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्ले युवा, महिला एवं साना तथा मझौला उद्यमीको प्रवर्द्धनमा विशेष प्रयास गरिरहेको जनाएको छ । महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासङ्घले मस्यौदा गरेको ‘स्टार्टअप’ नीति पारित भएको बताएका छन्  । तीन वर्षदेखि निरन्तर स्टार्टअप नेसन कार्यक्रम आयोजना गरी प्रवर्द्धन र पैरवी गरिरहेको जानकारी दिँदै उनले कैलालीमा प्रदेश सरकारसँगको सहकार्यमा चाँडै ‘इन्कुवेसन’ […]

अमेरिकी डलर, यूरो र पाउण्ड स्ट्रलिङको भाउ घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार सोमबारको तुलनामा आज अमेरिकी डलर, यूरो र पाउण्ड स्ट्रलिङको भाउ घटेको छ । मङ्गलबार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर १३४ रुपैयाँ ५३ पैसामा कारोबार भएकामा आजका लागि खरिददर १३३ रुपैयाँ ७१ पैसा र बिक्रीदर […]

सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो ३१ अर्ब ६२ करोडको बजेट

धनगढी । आर्थिक वर्ष सुरू भएको दुई महिनापछि सुदूरपश्चिम प्रदेश सरकारले ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार रुपैयाँको बजेट ल्याएको छ । असार एक गते प्रदेश सभामा प्रस्तुत भएको विनियोजन विधेयेक फिर्ता लिँदै प्रदेश सरकारका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले सोमबार आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गरेका हुन् । प्रदेश सरकारले ल्याएको बजेटमा […]

वर्षेनी बढ्दै विप्रेषण, राष्ट्रिय अर्थतन्त्रमा कति छ योगदान

काठमाडौं । मुलुकको अर्थतन्त्र धान्ने प्रमुख स्रोत बनेको विप्रेषण (रेमिटयान्स) आप्रवाह वर्षिने बढ्दै गएको तथ्यांक रहेको छ । वार्षिक अर्बों रुपैयाँ बराबरको विप्रेषण आप्रवाह हुदाँ पछिल्लो ४ वर्षमा भने १४ खर्ब ४५ अर्ब रुपैयाँ विप्रेषण नेपाल भित्रिएको छ । राष्ट्र बैंकका अनुसार वार्षिक ३ खर्ब ६१ अर्ब रुपैयाँ रेमिटयान्स नेपाल भित्रिने गरेको छ । आर्थिक […]