विश्व बैंकको नेपाल निर्देशकमा डेभिड सिस्लेन नियुक्त

काठमाडौं ।  विश्व बैंकले डेभिड सिस्लेनलाई नेपालका लागि विश्व बैंकको राष्ट्रिय निर्देशक नियुक्त गरेको छ । डेभिडले काठमाडौँस्थित विश्व बैंकको उपेक्षेत्रीय कार्यालयमार्फत माल्दिभ्स र श्रीलंकाको राष्ट्रिय निर्देशकको समेत जिम्मेवारी निर्वाह गर्नेछन् । अमेरिकी नागरिक डेभिड यसअघि ल्याटिन अमेरिका र क्यारिबियन मुलुकहरुका लागि विश्व बैंकका तर्फबाट शहरी व्यवस्थापन र विपद् जोखिम न्यूीकरणसम्बन्धी व्यवस्थापकका रुपमा कार्यरत थिए […]

वायु सेवा निगमले जाहज खरिद गर्दा लिएको ऋण तिरेन, ब्याज र जरिवाना गरी ४४ अर्ब आर्थिक भार निगममाथि 

काठमाडौं । नेपाल वायु सेवा निगमले हालसम्म एयरबस ३२० को दुई थान र एयरबस ३३० को एक थान जहाज खरिद गर्दा लिएको ऋण , ऋणको ब्याज र जरिवाना भुक्तानी गरेको छैन । निगमले नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषलाई बुझाउनु पर्ने साँवा, ब्याज र जरिवानासमेत गरी कुल ४४ अर्ब २ करोड ३६ लाख ६८ […]

मुलुक बाहिर बसेर आर्जन गरेको ज्ञान, सीप र पुँजी नेपाल भित्र्याउन गैर आवासीय नेपालीलाई महासंघ अध्यक्ष ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको सकारात्मक वातावरण बन्दै गरेको बताउँदै नेपालमा लगानी गर्न अष्ट्रेलियामा रहेका गैर आवासीय नेपालीहरुलाई आह्वान गरेका छन्। नेपाल राष्ट्र बैंक, नेपाल उद्योग वाणिज्य महासङ्घ र गैरआवासीय नेपाली सङ्घ, अष्ट्रेलियाको संयुक्त आयोजनामा अष्ट्रेलियाको मेलबर्नमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालीहरुले मुलुकबाहिर बसेर आर्जन गरेको […]

भरतपुर महानगरले दियो ४ हजार ५ सयलाई विभिन्न स्वरोजगारसम्बन्धी निःशुल्क तालिम

काठमाडौं । भरतपुर महानगरपालिकाले आर्थिक वर्ष ०८०/०८१ मा ४ हजार ५ सय २४ जनालाई निःशुल्क तालिम दिएको छ । उत्पादनलाई प्राथमिकता दिदैँ आइरहेको महानगरले वडा र महानगरस्तरीय गरी यस आर्थिक वर्षमा विभिन्न प्रकारको स्वरोजगार सम्बन्धी तालिम दिएको हो । महानगरको रोजगारी शाखाका अनुसार ब्युटी पार्लर, बालबालिकाको क्षमता वृद्धि, महिलाहरुको आन्तरिक क्षमता वृद्धि, बुटिक र पोते […]

सरकारी वित्त २ खर्ब ३६ अर्ब घाटामा

काठमाडौं । उच्च चालु खर्च र कमजोर राजस्व संकलनका कारण सरकारी वित्त घाटामा रहेको छ । महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुरुप चालु आर्थिक वर्ष समाप्त हुन एक महिना बाँकी हुदाँ सरकारी वित्त २ खर्ब ३६ अर्ब ८४ करोड ८८ लाख रुपैयाँले घाटामा रहेको छ । चालु आर्थिक वर्षको ११ महिनामा सरकारको आम्दानी ९ […]

सेबोनको अध्यक्ष बन्न दुई जना मात्र इच्छुक, प्रक्रिया अन्यौलमा

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को नयाँ अध्यक्ष बन्नका लागि दुई जना मात्र प्रस्तुतीकरण तथा अन्तरवार्ताका लागि सहभागी भएका छन्। सेबोनको अध्यक्ष पदका लागि संक्षिप्त सूची (सर्ट लिस्ट) मा समावेश भएका पाँच उम्मेदवारमध्ये प्रस्तुतीकरण तथा अन्तरवार्ताका लागि दुई जना मात्र सहभागी भएको राष्ट्रिय योजना आयोगले जानकारी दिएको छ। प्रस्तुतीकरण तथा अन्तरवार्ताका लागि आज (आइतबार) सन्तोषनारायण […]

लुम्बिनी प्रदेशमा बढ्यो ईभीको वार्षिक कर

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पनि विद्युतीय सवारीसाधनमा लाग्ने वार्षिक कर बढाएको छ। असार १ गते ल्याइएको आगामी आर्थिक वर्ष २०८१/८२ को प्रदेश बजेटमार्फत लुम्बिनी सरकारले विद्युतीय सवारीको वार्षिक कर बढाएको हो। सवारीसाधनको वार्षिक कर लिने अधिकार संविधानले नै प्रदेश सरकारलाई दिएको छ। प्रदेश सरकारहरुले आफ्नो प्रदेशमा दर्ता भएर सञ्चालनमा रहेका सवारीसाधनमा वार्षिक कर निर्धारण […]

झण्डै १ अर्ब अपचलनको आरोपमा कृषि विकास सहकारीका सञ्चालकहरु पक्राउ

काठमाडौं । ललितपुरको कुमारीपाटीमा रहेको कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित ४ जना सञ्चालक पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सहकारीका अध्यक्ष तेजविक्रम थापासहित ४ सञ्चालकलाई पक्राउ गरेको हो। अध्यक्ष तेजविक्रम थापा नेपाली कांग्रेस तनहुँका नेतासमेत हुन् । पक्राउ पर्नेमा सहकारीकी व्यवस्थापक सजना राजकर्णिकार, सदस्यहरू भीमसेन महर्जन र सञ्जय सापकोटा छन् । ४३ […]

सात प्रदेशले ल्याए २ खर्ब ७८ अर्ब ७० करोडको बजेट, पाँचले घटाए, दुईले बढाए

काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/८२ का लागि सातै प्रदेशले शनिबार असार १ गते बजेट सार्वजनिक गरेका छन्। आगामी आवका लागि प्रदेशहरुले २ खर्ब ७८ अर्ब ७० करोड रुपैयाँको बजेट ल्याएको छन्। आकारको आधारमा बागमतीले प्रदेशको बजेट सबैभन्दा ठूलो छ। आगामी आवका लागि बागमती प्रदेशले ६४ अर्ब ५४ करोड चार लाख ३१ हजार रुपैयाँको बजेट ल्याएको […]

एमसिसी अन्तर्गतको रातमाटे सबस्टेसनको ठेक्का लाग्यो

काठमाडौं । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) नेपाल कम्प्याक्ट कार्यान्वयनका क्रममा नुवाकोटको बेलकोटगढी नगरपालिका–७ रातमाटेमा चार सय केभी सबस्टेसन निर्माण गर्न भारतको टेक्नो इलेक्ट्रिक एण्ड इञ्जिनियरिङ कम्पनी लिमिटेडसँग सम्झौता गरेको छ । एमसिए नेपालले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त सम्झौताबारे जानकारी दिएको हो । उक्त ४०० केभी […]