भद्रपुर कार्यालयले नौ महिनामा गर्‍यो २ अर्बबढी राजस्व सङ्कलन

झापा । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८१/०८२ को नौ महिनामा दुई अर्ब ३५ करोड १४ लाख ४४ हजार राजस्व सङ्कलन गरेको छ । यो रकम गएको आर्थिक वर्ष २०८०/८१ को सोही अवधिको तुलनामा आठ दशमलव २६ प्रतिशतले बढी हो । कार्यालयको तथ्याङ्कअनुसार गएको आर्थिक वर्ष २०८०/८१ को (साउन-चैत) महिनामा दुई अर्ब १७ […]

कोसेली छाला जुत्ता उद्योगलाई २ लाख जरिवाना

काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कोसेली छाला जुत्ता उद्योगलाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ । काठमाडौँ १६ स्थित उक्त उद्योगले अंकति अधिकतम मूल्य अर्थात् एमआरपी सहितको लेबल नलगाएको पाइएपछि जरिवानासहित बिक्री वितरणमा रोक लगाएको विभागले जनाएको छ । साथै बुधवार अनुगमनमा गएको टोलीले नागार्जुनको नेपाल जुत्ता फ्याक्ट्रीलाई सामान्य निर्देशन दिएको छ […]

आलुखेतीबाट ८ लाख आम्दानी

इनरुवा (सुनसरी) । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-७ का राजकिशोर मेहताले तीन बिघामा आलुखेती गरेका थिए । उनले सबै खर्चसहित ६ लाख खर्च गरेका थिए । त्यसबाट करिब १४ लाखको आलु उत्पादन भको बताए । तीन महिना मिहिनेत गरेर आलुखेतीबाट आठ लाख आम्दानी गर्न सफल भएको महतोको भनाइ छ । १४ लाखको आलु बिक्री गर्दा सबै […]

चालु आर्थिक वर्षमा विदेशी लगानीकर्तालाई साढे ९ अर्ब लाभांश फिर्ता लैजान स्वीकृति

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि चैत महिनासम्म नेपालमा लगानी गरेका विदेशी लगानीकर्ताले करिब ९ अर्ब ५० करोड रुपैयाँ बराबरको लाभांश फिर्ता लैजान उद्योग विभागबाट स्वीकृति प्राप्त गरेका छन्। उद्योग विभागका अनुसार, सो अवधिमा स्वीकृत लाभांश रकम ९ अर्ब ४९ करोड ९६ लाख ९५ हजार रुपैयाँ रहेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही […]

आर्थिक सुधार सुझाव आयोग प्रतिवेदन कार्यान्वयन कार्ययोजना बनाउन समिति गठन

काठमाडौं । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग प्रतिवेदन कार्यान्वयन कार्ययोजना बनाउन समिति गठन भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव (शासकीय मामला क्षेत्र) को संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव (राजस्व) र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव (उद्योग) रहेको समिति गठन गर्ने निर्णय गरेको हो । पूर्वअर्थ सचिव रामेश्वर खनाल संयोजकत्वमा […]

९ महिनामा एक खर्ब २४ अर्ब राजस्व संकलन

काठमाडौं । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा एक खर्ब २४ अर्ब ७० करोड रुपैयाँ राजस्व संकलन गरेको छ। उक्त कार्यालयका अनुसार साउनमा १२ अर्ब १५ करोड रुपैयाँ, भदौमा १३ अर्ब ४२ करोड रुपैयाँ, असोजमा १३ अर्ब ४७ करोड रुपैयाँ, कात्तिक ११ अर्ब १० करोड रुपैयाँ, मङ्सिरमा १४ अर्ब ४० करोड रुपैयाँ, पुसमा […]

इलाममा रमाएर फर्किए राजदूतहरु

काठमाडौं । भिभिन्न मुलुकका कूटनीतिक प्रतिनिधिहरुलाई नेपालको पर्यटकीय गन्तव्य इलामको भ्रमण गराइ पर्यटन प्रवद्र्धन गरिएको छ । नेपालको पूर्वी पहाडी गन्तव्य इलामको प्राकृतिक,संस्कृतिक सौन्दर्य, संस्कृति र पर्यटन सम्भावनाको प्रवर्द्धन गरिएको हो । परराष्ट्र मन्त्रालयको समन्वयमा नेपाल पर्यटन बोर्डले आयोजना गरेको उक्त भ्रमणले इलामको पर्यटन गन्तव्यका रूपमा प्रवद्र्धन गर्न सहयोग पुर्याएको बोर्डले जनाएको छ । परराष्ट्रमन्त्री आरजु […]

युनिटी ठगी प्रकरणमा सञ्चालकहरू दोषी ठहर, पीडितलाई कम्पनीको सम्पत्ति बेचेर भुक्तानी गर्न निर्देशन

काठमाडौं । सर्वोच्च अदालतले युनिटी ठगी प्रकरणमा संलग्नहरूलाई दोषी ठहर गर्दै कैद र जरिवानाको फैसला गरेको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले युनिटी ठगी प्रकरणमा संलग्न छ जनालाई दोषी ठहर गर्दै कैद र जरिवानाको फैसला गरेको हो । सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलका अनुसार अध्यक्ष काशीराम गुरुङ र सञ्चालकहरू भीमबहादुर गुरुङ, […]

चैत महिनामा घरजग्गा कारोबारमा उल्लेख्य वृद्धि, ४ अर्ब ३९ करोड रुपैयाँ राजस्व संकलन

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को चैतमा घरजग्गा कारोबारबाट सरकारले ४ अर्ब ३९ करोड ४६ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ। यो रकम चालु आवको सबैभन्दा बढी मासिक राजस्व हो । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चैतमा घरजग्गा कारोबार र कित्ताकाट दुवैमा उल्लेख्य वृद्धि भएको छ। विभागको तथ्यांकअनुसार चैतमा मात्रै ४९ हजार ८३२ […]

नेपाल अन्तराष्ट्रिय व्यापार मेलामा चीन, भारत, पाकिस्तान, र बङ्गलादेशका स्टल बुकिङ्क

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले २०८२ बैशाख २५ देखि २९ गतेसम्म काठमाडौंको भृकृटीमण्डपमा आयोजना हुने नेपाल अन्तराष्ट्रिय व्यापार मेला (Nepal International Trade Fair-(NITF) मा चीन, भारत, पाकिस्तान, र बङ्गलादेशका स्टल बुकिङ्क भएका छन् । महासंघले प्रत्येक वर्ष नेपाल अन्तराष्ट्रिय व्यापार मेला आयोजना गर्दै आएको छ । नेपाल अन्तराष्ट्रिय व्यापार मेला २०२५ दशौं संस्करण हो […]