नेपालको ३५ मुलुकसँगको व्यापार नाफामा

काठमाडौं । पछिल्लो समय नेपालले ३५ वटा मुलुकसँगको वैदेशिक व्यापारमा नाफा कमाएको छ । सबैभन्दा धेरै व्यापार नाफा डेनमार्कसँग छ । चालु आर्थिक वर्षको १० महिनामा डेनमार्कमा नेपालले ७० करोड ४४ लाख ८२ हजार रुपैयाँबराबरको निर्यात र ३१ करोड ८६ लाख ३४ हजार रुपैयाँबराबरको आयात गरेको छ । यसबाट ३८ करोड ५८ लाख ४९ हजार रुपैयाँबराबर व्यापार नाफा भएको […]

गृहमन्त्रीको सम्पत्ति विवरण : सम्पत्ति आफनो भन्दा श्रीमती निकताको धेरै

काठमाडौं । गृहमन्त्री रवि लामिछाने सँग नगद १ लाख १० हजार रुपैयाँ मात्र रहेको पाइएको छ । जेठ ३ गते बसेको मन्त्रीपरिषद्को बैठकले मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरे सँगै लामिछानेले सार्वजनिक गरेको सम्पत्तिमा नगद १ लाख १० हजार रुपैयाँ र जग्गा जमिन , सवारी साधनहरु भएको पाइएको छ । लामिछानेले आफ्नो नाममा भक्तपुरमा […]

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि १ अर्ब ८७ करोड अनुदान

काठमाडौं । फिनल्याण्डले नेपालको स्थानीय जलवायु अनुकूलन कार्यक्रमका लागि अनुदान सहायता उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयमा मंगलबार आयोजित कार्यक्रममा उक्त आर्थिक सहायतासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा नेपालका तर्फबाट अर्थ मन्त्रालयका सह–सचिव एवं अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल तथा नेपालका लागि फिनिस राजदूत सुश्री रिना–रिक्का हेक्काले हस्ताक्षर गरेका छन् […]

व्यापार, लगानी प्रवर्दधनका लागि जीटुजी स्तरमा नियमित संवाद गर्न आवश्यकः पूर्वअध्यक्ष राणा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष भवानी राणाले व्यापार, लगानी प्रवर्दधनका लागि नीतिगत सुधारका लागि जीटुजी स्तरमा नियमित संवाद हुन आवश्यक रहेको बताएकी छिन्। सोमबार काठमाडौंमा भएको बिमस्टेक क्षेत्रको विकास र समृद्धिको लागि क्षेत्रीय तालमेल विषयमा बिमस्टेकका महासचिवसँग भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि […]

१० महिनामा पौने १२ खर्ब व्यापार घाटा

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो १० महिनामा नेपालको व्यापार घाटा पौने १२ खर्ब रुपैयाँ पुगेको छ। भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको वैशाख मसान्तसम्मको तथ्यांकमा व्यापार घाटा ११ खर्ब ७७ अर्ब १८ करोड ३५ लाख रुपैयाँ पुगेको देखिएको हो। गत आवको सोही अवधिको तुलनमा भने व्यापार घाटा केहीले घटेको देखिएको छ। […]

बजेट घाटा करिब २ खर्ब

काठमाडौं । सरकारको बजेट घाटा करिब २ खर्ब रुपैयाँ पुगेको छ । आम्दानीभन्दा खर्च बढेसँगै चालू आर्थिक वर्षको १० महिनाको अवधिमा सरकारको बजेट घाटा १ खर्ब ९९ अर्ब ८६ करोड ४४ लाख रुपैयाँ पुगेको हो । आम्दानीभन्दा खर्च बढी भएपछि सरकारको वित्त खाता घाटामा गएको छ । चालू आर्थिक वर्षको १० महिनाको अवधिमा सरकारी वित्त खाता १ खर्ब […]

मेची भन्सारद्वारा एघार अर्ब ५९ करोड राजस्व सङ्कलन

भद्रपुर (झापा) । मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको दश महिनामा एघार अर्ब ५९ करोड ३७ लाख ३४ हजार राजस्व सङ्कलन गरेको छ । गत आर्थिक वर्षको तुलनामा यसवर्ष एक करोड ८७ लाख १३ हजार कम राजस्व सङ्कलन भएको हो । मेची भन्सार कार्यालय काँकडभिट्टाका सूचना अधिकारी गणपति कँडेलका अनुसार चालु आवको वैशाखसम्म गत […]

दशौं संस्करणको फर्निचर एक्स्पो हुँदै, एक्स्पोमा किनमेल बजार पनि हुने

काठमाडौं । नेपाल फर्निचर तथा फर्निसिङ संघ (एनएफएफए) को आयोजनमा ‘आत्मनिर्भरतामा एक कदम अगाडी’ भन्ने नाराका साथ आगामी असोज २ देखि ५ गतेसम्म एक्स्पो हुने भएको छ  । यो एक्पोमा  पहिलो पटक खुल्ला बजार पनि सञ्चालन गर्न लागेको आयोजकले  जनाएको छ । एक्स्पोको स्टल बुकिङ खुल्ला भएको  र ५० प्रतिशत स्टल पनि बुकिङ भएको आयोजकले […]

सहकारीको रकम अपचलन सम्बन्धि छानबिन र अनुसन्धान गर्न संसदीय छानबिन समिति बन्ने

काठमाडौं । सहकारीको रकम अपचलन सम्बन्धि छानबिन र अनुसन्धान गर्न सत्तारुट दल र प्रमुख पक्षदलको बिचमा सहमति संसदीय समिति बनाउने सहमति भएको छ । नेपाली कांग्रेसले सहकारी ठगिमा गृह मन्त्री नाम जोडिएपछि संसदीय छानबीन समिति बनाउन माग गरेर संसद अबरुद्द गर्दै आएको छ । शनिबार प्रधानमन्त्री निवासमा भएको सत्ता गठबन्धन र कांग्रेसका नेताकाबीचको छलफलमा संसदीय […]

घरजग्गा कारोबार घट्यो

काठमाडौं । चालू आर्थिक वर्ष २०८०/०८१ को वैशाख महिनामा घरजग्गा कारोबार घटेको छ । भूमि व्यवस्था तथा अभिलेख विभागका अनु्सार बैशाख महिनामा देशभरी ४९ हजार ७८२ वटा लिखत पारित भएको छ । चैतमा ५० हजार २५२ वटा लिखत पारित भएको थियो । फागुनमा ४९ हजार २८७ वटा लिखत पारित भएका थिए । रियलइस्टेट क्षेत्रमा अपेक्षाकृत […]