नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फण्डको घाम ऊर्जा सेवामा रणनीतिक लगानी
काठमाडौं । ग्लोबल इक्विटी फन्ड द्वारा व्यवस्थित स्थायी पूँजी कोष, नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फण्ड लिमिटेडले नेपालमा सौर्य ऊर्जा समाधानको अग्रणी प्रदायक कम्पनी घाम पावर नेपालको सहायक कम्पनी घाम ऊर्जा सेवामा रणनीतिक लगानी गरेको छ । यो लगानीले नेपालको नवीकरणीय ऊर्जा क्षेत्रलाई अगाडि बढाउने र दिगो पूर्वाधार विकासलाई प्रवर्द्धन गर्ने ग्लोबल इक्विटी फन्डको प्रतिबद्धतालाई जोड दिन्छ । […]

