साल्ट ट्रेडिङको सहुलियत पसल सञ्चालनमा
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सोमबारदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालनमा ल्याएको छ । दशैं, तिहार र छठ पर्व लक्षित बजार सुरु गरेको हो । विगत वर्षहरुमा जस्तै साल्ट ट्रेडिङले यो बर्ष पनि सहुलियत पसल सञ्चालन गरेको हो । कम्पनीका अनुसार काठमाडौंमा ११ स्थान, उपत्याका बाहिर २२ स्थान र घुम्ती सेवा तीनवटा रहेको छ […]

