ललितपुरका १७ फर्ममा छापा, दुई वटा फर्मलाई नगद जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले राजधानी ललितपुरका विभिन्न १७ वटा फर्ममा छापा मार्दै अनुगमन तथा निरीक्षण गरेको छ । निरीक्षणका क्रममा कैफियत देखिएका दुई वटा फर्मलाई नगद जरिवाना गरिएको छ । विभागका अनुसार ललितपुरको एकान्तकुनास्थित शक्ति मार्बल्सलाई २० हजार रुपैयाँ र हात्तीवनस्थित आर के ब्रदर्शलाई १५ हजार रुपैयाँ जरिवाना गरिएको हो । […]

मेची भन्सार कार्यालय :५ महिनामा ३ अर्ब ८० करोड राजस्व सङ्कलन

भद्रपुर। मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा सबैभन्दा बढी राजस्व पेट्रोलियम पदार्थको आयातबाट सङ्कलन गरेको छ । उक्त अवधिमा पेट्रोलियम पदार्थको आयातबाट रु ३ अर्ब ८० करोड ५८ लाख ६४ हजार राजस्व सङ्कलन भएको हो । कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले चालु आवको पाँच महिनामा पाँच किसिमका रु सात अर्ब […]

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य बढेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार, अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४४ रुपैयाँ २७ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ र बिक्रीदर १६९ […]

राजस्व परिचालनमा सुधार भएको सरकारको दाबी, अझै पुग्न सकेन कोभिड प्रकोपको अवस्थामा

काठमाडौं ।  सरकारले पछिल्ला वर्षमा राजस्व परिचालनमा सुधार भएको दाबी गरेको छ । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७७÷७८ मा विश्वव्यापाी कोभिड १९ महामारीको प्रकोप भएको अवस्थामा राजस्व परिचालनमा केही कमी आएको देखिएको बताएको छ । सो पछि पनि विभिन्न प्रतिकुलताका कारण आर्थिक वर्ष २०७९/८० मा राजस्व परिचालनको अनुपात घटेको देखिन्छ । आर्थिक वर्ष २०७७/७८ मा […]

संघ, प्रदेश र स्थानीय तहको एकीकृत वित्तीय विवरण सार्वजनिक

काठमाडौं । महालेखा नियन्त्रक कार्यालयले आर्थिक वर्ष २०८१-८२ को संघ, प्रदेश तथा स्थानीय सरकारको एकीकृत वित्तीय विवरण सार्वजनिक गरेको छ। महालेखा नियन्त्रक शोभाकान्त पौडेलद्वारा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ अनुसार तयार पारिएको विवरण अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र महालेखापरीक्षक समक्ष पुस १४ गते पेश गरिएको हो । प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१/८२ मा संघ, […]

इलामका सडक पुनर्निर्माणमा २ अर्ब १९ करोड रुपैयाँ स्रोत सहमति

काठमाडौं । गत १८ र १९ असोजको भारी वर्षाका कारण क्षति पुगेका इलामका सडकको मर्मत तथा पुनर्निर्माणका लागि । अर्थ मन्त्रालयले २ अर्ब १९ करोड रुपैयाँ स्रोत सहमति दिएको छ । क्षतिग्रस्त सडक तथा पुल मर्मत तथा पुनर्निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पेश गरेका कार्यक्रममा अर्थ मन्त्रालयले स्रोत सहमति प्रदान गरेको छ। क्षति […]

नेपाल प्रहरीद्वारा मंसिरमा ४० करोड राजस्व संकलन

काठमाडौँ । नेपाल प्रहरीले चालू आर्थिक वर्ष २०८२/८३ को मंसिरमा महिनामा रु ४० करोड २५ लाख ४९ हजार राजस्व सङ्कलन गरेको छ । कानुन कार्यान्वयन तथा विभिन्न कारबाहीका क्रममा उक्त राजश्व सङ्कलन गरिएको हो । केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायव महानिरीक्षक अविनारायण काफ्लेका अनुसार प्रहरीले अवैध मालसामान बरामद वापत रु १७ करोड ९५ लाख ६७ […]

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ०७ पैसा निर्धारण गरिएको छ । त्यसैगरी युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ९० […]

रसुवागढी नाकाको मितेरी पुलबाट आवतजावत सुरु

रसुवा । ६ महिनादेखि बन्द रहेको रसुवागढी नाकामा आजदेखि आवतजावत सुरु भएको छ । आजै बिहान ७ः०० बजेदेखि नेपाली ट्रकका सवारी चालक केरूङतर्फ जान सुरू गरेका हुन् । रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले नेपाल–चीनबीच ल्हेन्दे खोलामा निर्माणाधीन बेलीब्रिज निर्माण भएको जानकारी दिँदै यही पुस १७ गतेदेखि रसुवागढी नाका खोल्ने सीमा क्षेत्रका चिनियाँ समकक्षीले जानकारी […]

नेपालगञ्ज नाकाबाट २५ करोडभन्दा बढीको जडीबुटी निर्यात

राँझा (बाँके) । चालु आर्थिक वर्षमा नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढेको छ । नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार मङ्सिर मसान्तसम्म नेपालगञ्जबाट २५ करोडभन्दा बढीको जडीबुटी निर्यात भएको छ । सूचना अधिकारी खड्काका अनुसार उक्त अवधिमा २५ करोड २६ हजार बराबरको विभिन्न प्रकारका आठ लाख ४१ हजार ३३८ केजी जडीबुटी निर्यात भएका छन् […]