१८ खर्ब ६० अर्ब ३० करोडको बजेट सार्वजनिक

काठमाडौं । सरकारले १८ खर्ब ६० अर्ब ३० करोड बजेट सार्वजनिक गरेको छ । मंगलबार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट सार्वजनिक रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् । यसमध्ये चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात् ६१.३१ प्रतिशत, पूँजीगततर्फ ३ […]

सार्वजनिक संस्थानलाई पब्लिक कम्पनी बनाउने अर्थमन्त्रीको घोषणा

काठमाडौं । सरकारले सरकारी तथा सार्वजनिक संस्थानहरुलाई पब्लिक कम्पनी बनाउने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले सम्भव भएसम्म सार्वजनिक संस्थानलाई क्रमशः पब्लिक कम्पनी बनाउँदै लगिने बताएका हुन् । यसका लागि सार्वजनिक संस्थालाई सञ्चालन गर्दा होल्डिङ कम्पनीमार्फत चलाइने व्यवस्था मिलाइने पनि अर्थमन्त्री पुनले बताएका छन् ।

नेपाल एयरलाइन्समा रणनीतिक साझेदार भित्र्याइने

काठमाडौं । सरकारले नेपाल एयरलाइन्समा रणनीतिक साझेदार भित्र्याउने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले नेपाल एयरलाइन्सलाई प्रतिस्पर्धी र आत्मनिर्भर बनाउन रणनीतिक साझेदार भित्र्याउने घोषणा गरेका हुन् ।

विकास बजेटको १ प्रतिशत रकम अनुसन्धान लागि छुट्याउने घोषणा

काठमाडौं । सरकारले विकास बजेटको १ प्रतिशत रकम अनुसन्धान र आविष्कारका लागि छुट्याउने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अनुसन्धान र आविष्कारका लागि विकास बजेटको १ प्रतिशत रकम छुट्याउने घोषणा गरेका हुन् ।

कस्तुरी मृग पाल्न व्यवसायिक फर्म स्थापना गरिने

काठमाडौं ।सरकारले पाँच जिल्लामा कस्तुरी मृग लगायतका वन्यजन्तु पालनको व्यवसायिक फर्म स्थापना गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले म्याग्दी, मुस्ताङ, मनाङ, गोरखा र धादिङ जिल्लाको हिमाली क्षेत्रमा कस्तुरी मृग लगायतका वन्यजन्तु पालन गर्ने व्यवसायिक फर्म स्थापना गरिने बताएका हुन् । यसका लागि निजी क्षेत्र र स्थानीय समुदायको सहभागिता […]

सूचना प्रविधि हब बनाउन डिल्लीबजारमा बहुतले भवन, खुमलटारमा ज्ञान पार्क

काठमाडौं । सरकारले नेपाललाई सूचना प्रविधि हबको रुपमा विकास गर्ने यसका लागि सरकारले आगामी वर्षबाट सूचना प्रविधि दशक मनाउने जनाएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । यस क्रममा अर्थमन्त्री पुनले आगामी १० वर्षको अवधिमा ३० खर्बको निर्यात हुने व्यवस्था मिलाइने पनि बताएका छन् । सूचना […]

आगामी वर्षमा ग्वार्को फ्लाइओभर निर्माण सम्पन्न गरिने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षभित्रै ग्वार्को फ्लाइओभर निर्माण सम्पन्न गरिने लक्ष्य लिएको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले ग्वार्को फ्लाइओभर निर्माण सम्पन्न गरेर आगामी आर्थिक वर्षबाटै सञ्चालन गरिने उद्घोष गरेका हुन् । अहिले ग्वार्को फ्लाइ ओभरको काम भइरहेको छ ।

बढेन वृद्धभत्ता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि वृद्धभत्ता यथावत राखेको छ । जेष्ठ नागरिकसहित सबै खाले सामाजिक सुरक्षा भत्तालाई यथावत राखिएको अर्थमन्त्री वर्षमान पुनले घोषणा गरेका हुन् । सरकारले सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब १६ अर्ब बजेट छुट्याएको छ ।

बजारमा फसेको उधारो उठाउन कानुन ल्याउने सरकारको घोषणा

काठमाडौं । सरकारले उधारो कारोबार सम्बन्धी ऐन ल्याउने भएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले उद्योगी व्यवसायीको बजारबाट उठ्न बाँकी उधारो बापतको पैसा उठाउन छुट्टै कानून बनाउने घोषणा गरेका हुन् । निजी क्षेत्रले उधारो उठाउने कानून बनाउन माग गर्दै आएका छन् ।

२ लाख व्यक्तिलाई न्यूनतम् १०० दिनको रोजगारी दिइने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा कम्तिमा २ लाख व्यक्तिलाई १ सय दिनको रोजगारी दिने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अथमन्त्री वर्षमान पुनले घोषणा गरेका हुन् । स्थानीय तहमा सूचीकृत बेरोजगारलाई सार्वजनिक निर्माण तथा मर्मत सम्भार आयोजनाका काममा सहभागी गराएर करिब २ लाख व्यक्तिलाई न्यूनतम १ सय दिनको रोजगारी प्रदान […]