आर्थिक विधेयकमा जलविद्युत् प्रवर्द्धकलाई छुट

काठमाडौं ।सरकारले जलविद्युत् आयोजनाका लागि आर्थिक विधेयक मार्फत केही छुट तथा राहतको प्रबन्ध गरेको छ । जलविद्युत् आयोजनाको क्षमता अभिवृद्धि तथा डिजाइन परिवर्तन गर्ने सैद्धान्तिक सहमतिको आयोजना, सो को ठेकेदार वा आयोजनाको प्रवर्द्धकले उपकरणलगायतका सामग्री आयात गर्दा बैंक जमानत सुविधा दिइनेछ । आयोजनाको उत्पादन, प्रसारण तथा वितरणका लागि आवश्यक पर्ने पाटपूर्जा, औजार तथा सो को […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ७१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ३१ पैसा कायम भएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ६४ पैसा र बिक्रीदर १७७ रुपैयाँ ३४ पैसा, बेलायती पाउण्ड स्टर्लिङ […]

आयुर्वेद र वैकल्पिक चिकित्सा क्षेत्रलाई स्वास्थ्य पर्यटनसँग जोडिने

काठमाडौं । सरकारले आयुर्वेद तथा वैकल्पिक चिकित्सा क्षेत्रलाई स्वास्थ्य पर्यटनसँग जोड्ने भएको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आज सङ्घीय संसद्को दुवै सदनलाई आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्दै आयुर्वेद क्षेत्रलाई स्वास्थ्य पर्यटनसँग जोड्ने बताएका हुन्। उनले राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्र बूढानीलकण्ठ, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा […]

राजस्व बढाउन हरित कर, कुनमा कति ?

काठमाडौं । सरकारले आगामी आर्थिक विधेयक, २०८३ मार्फत हरित करसम्बन्धी व्यवस्थामा महत्वपूर्ण संशोधन गरेको छ । सरकारले बजेटमार्फत ३६० वटा वस्तुमा लाग्दै आएको अन्तःशूल्क खारेज गरी भन्सार बिन्दुमा संकलन हुने पूर्वाधार विकास कर, सडक मर्मत तथा सुधार दस्तुरजस्ता छरिएका करलाई एकीकृत गरी हरित करमा समाहित गरेको हो । छरिएर रहेका करका शीर्षकहरुलाई एकीकृत गरी राजस्व […]

तेल उत्पादन उद्योगलाई भन्सार महसुलमा ५० प्रतिशत छुट

काठमाडौं । सरकारले तेल उत्पादन गर्ने उद्योगलाई आवश्यक कच्चा पदार्थ आयात गर्दा भन्सार महसुलमा ५० प्रतिशत छुट दिने व्यवस्था गरेको छ । आर्थिक विधेयक, २०८३ मा छुटको व्यवस्था गरिएको उल्लेख छ । बजेटअनुसार उपशीर्षक १२०१.९०.०० मा पर्ने भटमासको गेडा, १२०५.१०.०० मा पर्ने तोरी, रायो र क्यानोला (रेप्सिड) का गेडा, १२०६.००.०० मा पर्ने सूर्यमुखीका गेडा तथा १२०७.५०.०० […]

विद्युतिय सवारी चार्जिङ मेसिन उद्योगलाई अन्तःशुल्क छुट दिइने

काठमाडौं । सरकारले विद्युतिय सवारी साधन चार्जिङ मेसिन उत्पादन वा एसेम्बल गर्ने उद्योगलाई अन्तःशुल्क छुट दिने व्यवस्था गरेको छ। आर्थिक वर्ष २०८३/८४ को आर्थिक विधेयक, २०८३ मा स्तो घोषणा गरिएको हो । बजेटअनुसार उद्योग विभागको सिफारिसमा त्यस्ता उद्योगहरूले पैठारी गर्दा लाग्ने अन्तःशुल्कमा छुट पाउनेछन्। सरकारले यस नीतिलाई विद्युतीय सवारी पूर्वाधार विकास तथा स्वदेशी उत्पादन प्रवर्द्धन गर्ने […]

मदिरा र चुरोटमा कर बढ्यो

काठमाडौं । सरकारले मदिरा र चुरोटको कर बढाएको छ। शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले कर बढाएको बताएका छन्। सरकारले चुरोटमा करिब १० प्रतिशतसम्म र मदिरा तथा बियरमा लाग्ने अन्तःशुल्क वृद्धि गरेको हो। अर्थमन्त्री डा. वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ देखि माइक्रो ब्रुअरीलाई समेत मदिरा उद्योगको रुपमा दर्ता गरेर अन्तःशुल्को दायरामा […]

बजेट आकार २१ खर्ब २४ अर्ब ३४ करोड (बजेटको पूर्ण पाठ)

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब ३४ करोडको घोषणा गरिएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सो आकारको बजेट बताएका हुन् । चालुतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड, पुँजीगततर्फ ४ खर्ब ३१ अर्ब र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब विनियोजन गरिएको छ। बजेट खर्च धान्न राजस्वबाट १४ खर्ब ५ अर्ब, […]

नेपाल टेलिकमको ३४ प्रतिशत सेयर बिक्री गरिने

काठमाडौं । सरकारले सरकारी स्वामित्वको दूरसञ्चार प्रदायक कम्पनी नेपाल टेलिकमको ३४ प्रतिशत शेयर सर्वसाधारणलाई बिक्री गर्ने घोषणा गरेको छ । संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३–८४ को वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले टेलिकममा रहेको सरकारी हिस्सेदारी घटाउँदै ६६ प्रतिशत स्वामित्व सरकारसँग राख्ने र बाँकी ३४ प्रतिशत सेयर सर्वसाधारणलाई दिइने घोषणा […]

३ महिनाको इन्धन भण्डार र रणनीतिक लगानीका लागि मातृभूमि कोष स्थापना

काठमाडौं । सरकारले तीन महिनाका लागि आवश्यक इन्धन भण्डार सुनिश्चित गर्ने र  एआई फ्याक्ट्रीलगायतका रणनीतिक  क्षेत्रमा लगानी विस्तार गर्ने उद्देश्यसहित ‘मातृभूमि कोष’ स्थापना गर्ने भएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत यस्तो जानकारी दिएका छन्।