अमेरिका–इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

काठमाडौं । इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य फेरि बढेको छ भने अधिकांश एशियाली शेयर बजारमा गिरावट आएको छ । मध्यपूर्व युद्धविराम कमजोर बन्दै गएको संकेतसँगै बजारमा पुनः तनाव देखिएको हो । बुधबार सम्भावित शान्ति सम्झौताप्रति आशा बढेपछि तेलको मूल्य घटेको थियो। तर नयाँ घटनाक्रमपछि उक्त गिरावट धेरै हदसम्म मेटिएको […]

वीरगञ्ज भन्सार नाका : एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात

पर्सा । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा रू एक खर्ब ८१ अर्ब ७० करोड मूल्य पर्ने छ थरिका पेट्रोलियम पदार्थ आयात भएको छ। गत आवको १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा मूल्यको आधार यो नाका हुँदै रू २५ अर्ब ५३ करोड अर्थात १६ दशमलव ३५ प्रतिशतले वृद्धि भएको हो । जबकी […]

भोलि बजेट आउने भए सँगै भन्सारमा आएका प्रज्ञापनपत्र आजै जाँचपास गर्न निर्देशन

काठमाडौं ।भन्सार विभागले देशभरका भन्सार कार्यालयहरुलाई सर्कुलर पठाउँदै बिहीबारसम्म दर्ता हुन आएका प्रज्ञापनपत्र आजै जाँचपास  गरिसक्न भनेको छ। जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउने र त्यसका करका दरहरु फेरबदल हुन सक्ने भएकाले आजसम्मका सबै प्रज्ञापनपत्र जाँच पास गर्न भनेको हो। विभागले भन्सार कार्यालयहरुका लागि जारी गरेको सर्कुलरमा भनिएको छ, ‘मिति २०८३/०२/१४ सम्म […]

निर्माण व्यवसायीहरूको मागप्रति उद्योग वाणिज्य महासंघको ऐक्यवद्धता

काठमाडौं । मुलुकको आर्थिक गतिविधिलाई चलायमान बनाउन र पूर्वाधार विकासको मेरुदण्डको रूपमा रहेको निर्माण उद्योग वर्तमान समयमा इन्धन तथा निर्माण सामग्रीमा भएको अप्रत्याशित एवं अत्यधिक मूल्यवृद्धिका कारण इतिहासकै गम्भीर संकटबाट गुज्रिरहेको अवस्था प्रति नेपाल उद्योग वाणिज्य महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । यस विषम परिस्थितिमा निर्माण व्यवसायीहरूले भोग्नुपरेको चरम आर्थिक तथा मानसिक दबाबप्रति नेपाल उद्योग […]

६ खर्ब २५ अर्ब वैदेशिक लगानी स्वीकृत,लगानी स्वीकृतमा चीन पहिलो र भारत दोस्रो

काठमाडौं । नेपालमा वैदेशिक लगानी निरन्तर आएको छ । सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार गत फागुन मसान्तसम्म नेपालका ७ हजार ९ सय ५१ वटा परियोजनामा कुल ६ खर्ब २५ अर्ब ५८ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत भएको छ । यस लगानीमा छिमेकी मुलुक चीनको हिस्सा सबैभन्दा बढी देखिएको छ, जसको हिस्सा कुल […]

उद्योग तथा निर्माण क्षेत्रमा सुधार, खानी तथा उत्खनन क्षेत्रमा उच्च वृद्धिदर हुँदा पनि जीडीपी योगदान घट्दो

काठमाडौं । नेपालका उद्योग, निर्माण तथा सम्बन्धित आर्थिक क्षेत्रहरूमा चालु आर्थिक वर्षमा समग्र सुधारको संकेत देखिएको छ। खानी तथा उत्खनन, उत्पादनमूलक उद्योग, निर्माण तथा फोहोर व्यवस्थापन क्षेत्रका तथ्याङ्कले आर्थिक गतिविधि विस्तार हुँदै गएको देखाएको छ। खानी तथा उत्खनन क्षेत्रको कुल मूल्य अभिवृद्धि गत आर्थिक वर्ष १.३९ प्रतिशत रहेकोमा चालु आर्थिक वर्ष ३.५२ प्रतिशत पुग्ने अनुमान गरिएको […]

९ महिनामा मन्त्रालय र संवैधानिक निकायहरुले कति गरे खर्च ? (विस्तृतमा)

काठमाडौं । अर्थ मन्त्रालयले संघीय सरकार तथा मन्त्रालयहरु र संवैधानिक निकायले नौ महिनाको अवधिमा साढे १० खर्ब खर्चं गरेको जनाएको छ । मन्त्रालयले मन्त्रालयगत प्रगति विवरण सार्वजनिक गर्दै उक्त खर्च गरेको जनाएको हो । जसमा संघीय मन्त्रालयका साथै प्रदेश र स्थानीय तहको समेच खर्च राखिएको छ । मन्त्रालयले बिहीबार मन्त्रालयहरुको प्रगति विवरण सार्वजनिक गर्दै उक्त […]

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ११ हजार राजस्व सङ्कलन

काठमाडौं । बितेका २४ घण्टामा दुई हजार ५५ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २२ लाख ११ हजार ५०२ राजस्व दाखिला भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ८३, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १९२, सङ्केत बत्ती उल्लङ्घनकर्ता १०९ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १०२ जनालाई […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४१ पैसा कायम भएको छ । अघिल्लो दिन अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८० पैसा र बिक्रीदर १५३ रुपैयाँ ४० पैसा रहेको थियो […]

उद्योग दर्ता १२ प्रतिशतले बढ्यो

काठमाडौं । मुलुकमा औद्योगिक तथा लगानीमैत्री वातावरण अभिवृद्धि हुँदै गएपछि उद्योग दर्ता करिब १२ प्रतिशतले बृद्धि भएको छ । विसं २०८१ फागुनसम्म नौ हजार ९६३ उद्योग दर्ता भएकामा २०८२ को सोही अवधिमा ११ हजार १४० वटा उद्योग दर्ता भएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को आर्थिक […]