होटल पौवाको स्टार यात्रा, जनकपुरधाममा खुल्यो १९औँ शाखा

काठमाडौं । होटल पौवाले १९ औँ शाखा जनकपुरधाममा सञ्चालनमा ल्याएको छ । मिथिला सभ्यता, संस्कृति तथा धार्मिक आस्थाको केन्द्र जनकपुरधाममा स्थापित यस होटलको औपचारिक उद्घाटन यही जेठ २२ गते हुँदै छ । उद्घाटनको अवसरमा होटल पौवाले तीनदिने ‘वृहत् खाना प्रवर्द्धन’ आयोजना गर्दै छ । चुनौतीपूर्ण आर्थिक तथा लगानी वातावरणका बीच पनि होटल पौवाले देशव्यापी रूपमा […]

तनहुँमा ८६ प्रतिशत सकियो प्रतिष्ठानको आर्थिक गणना

तनहुँ । जिल्ला आर्थिक गणना कार्यालय तनहुँले वैशाख २ गतेदेखि सुरु गरेको आर्थिक गणनाअन्तर्गत हालसम्म ८६ प्रतिशत अर्थात् १४ हजार ९२३ प्रतिष्ठानको गणना गरेको हो । कार्यालय प्रमुख ऋषिराम अधिकारीले जिल्लामा १७ हजार ३६६ प्रतिष्ठानको गणना गर्ने लक्ष्य राखिएको र त्यसका लागि ४९ गणक तथा सात जना सुपरिवेक्षक खटाइएको जानकारी दिए । प्रतिष्ठानको आधारभूत विवरण […]

वीरगञ्ज नाकाबाट दलहन आयात २२ प्रतिशतले घट्यो, १० महिनामा करिब ८ अर्बको कारोबार

वीरगञ्ज (पर्सा) । चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज नाका हुँदै करिब ७ अर्ब ९७ करोड बराबरको दलहन आयात भएको छ। विभिन्न सात प्रकारका दलहन नेपाल आयात गरिएको भन्सार कार्यालयले जनाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस नाकाबाट१० अर्ब २१ करोड बराबरको दलहन आयात भएको थियो। तुलनात्मक रूपमा हेर्दा चालु वर्षमा दलहन आयात मूल्यका […]

विकास ऋणपत्रमार्फत १० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

काठमाडौं । सरकारले विकास ऋणपत्र जारी गरेर १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने तयारी गरेको छ । परिपक्व अवधि ११ वर्ष रहेको सो ऋणपत्रलाई ‘विकास ऋणपत्र–२०९४’ नाम दिइएको छ । ऋणपत्र बोलकबोलमार्फत जारी गरिने सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । उक्त ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, अन्य व्यक्ति, फर्म, संस्था वा […]

विदेशी मुद्राको विनिमयदर : कुन देशको मूल्य कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६९ पैसा र बिक्रीदर १५२ रुपैयाँ २९ पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ७१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ३१ पैसा रहेको थियो […]

अमेरिकासँगको सन्देश आदानप्रदान रोकियाे, हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानकाे निर्णय

काठमाडौं । इरानले लेबनानमा इजरायलको कदमको विरोधमा संयुक्त राज्य अमेरिकासँग मध्यस्थकर्तामार्फत भइरहेको वार्ता र मस्यौदा प्रस्तावहरूको आदानप्रदान रोकेको इरानको अर्धसरकारी समाचार संस्था तस्निमले सोमबार जनाएको छ। “गाजा र लेबनानमा इजरायली अभियान तत्काल बन्द गर्ने माग पूरा नगरेसम्म वार्ता हुँदैन,” इरानले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।अमेरिकासँग अप्रिलमा भएको युद्धविरामलाई जारी राख्नका लागि लेबनानमा युद्धविराम इरानको […]

अर्थमन्त्री वाग्ले: ‘आगामी वर्ष अर्थतन्त्र ७४ खर्ब पुग्ने प्रक्षेपण गरिएको छ’

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन हुँदा ७४ खर्ब ५८ अर्बको कुल ग्रार्हस्थ्य उत्पादन पुग्ने प्रक्षेपण गरिएको बताउका छन् । नेपाल आर्थिक पत्रकार सङ्घले बजेटपछिको अन्तरक्रिया कार्यक्रमा अर्थमन्त्री वाग्लेले पाँच वर्षको समयावधिलाई दृष्टिगत गरी बजेट ल्याइएको बताउँदै आगामी वर्ष करिब १६ खर्ब राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएको बताए । उनले प्रक्षेपित कुल […]

अन्तशुल्क परिवर्तन पछि कति पुग्छ हिवस्की, भोड्का र जीन लगायतका मदिरको मुल्य ?

काठमाडौं । सरकारले आर्थिक विद्येयक, २०८३ मार्फत् मदिराजन्य सामग्रीमा करदको दर तोकेको छ । अर्थमन्त्रालयले आगामी आर्थिक वर्षको बजेटमार्फत् मदिरा तथा वियरमा लाग्ने अन्तशुल्कमा वृद्धि गरे सँगै यसको दरमा परिवर्तन हुने भएको छ । ह्विस्कीको हकमा हिस्कको अन्तशुल्क प्रतिलिटर कच्चा पादर्थको रुपमा प्रयोग हुने मादक द्रबहरु २३५ रुपैयाँ,४८.५ प्रतिशत अल्कोहलको मात्र भएको तयारी ह्रिस्की १ […]

काठमाडौँबाट पूर्व चल्ने बसमा जोड्न थालियो जीपीएस र सीसी क्यामेरा, अनलाइनबाटै टिकट

काठमाडौं । काठमाडौँबाट पूर्व क्षेत्रमा सञ्चालन हुने अधिकांश सार्वजनिक सवारीसाधनमा सिसी क्यामरा जडान गरिएको छ । साथै बसको टिकट पनि अनलाइनमार्फत काट्न सकिने व्यवस्था गरिएको हो । सरकारले सबै सार्वजनिक सवारीसाधनमा अनिवार्य रूपमा जिपिएस प्रणाली र सिसी क्यामरा जडान गर्ने तयारी गरिरहेसँगै पूर्व यातायात व्यवस्थापन प्रालिले भने काठमाडौँको नयाँ बसपार्कबाट पूर्वतर्फ सञ्चालन हुने सबै सवारीसाधनमा […]

नेपाल वायुसेवा निगम र नेपाल विद्युत् प्राधिकरणमा पुनर्संरचना गरिने : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले विनिवेशमार्फत सार्वजनिक संस्थानहरूमा संरचनागत सुधार अघि बढाउने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको बजेटपछिको छलफल कार्यक्रममा बोल्दै उनले नेपाल टेलिकमको ठूलो हिस्सा सर्वसाधारण नेपालीलाई हस्तान्तरण गर्ने तयारी भइरहेको जानकारी दिए। उनले राष्ट्रिय वाणिज्य बैंकलाई थप सुदृढ बनाउने तथा नेपाल वायुसेवा निगम र नेपाल […]