आगामी तीन वर्षको मध्यमकालीन खर्च संरचना स्वीकृत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा आज भएको राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले आगामी तीन आर्थिक वर्षको मध्यमकालीन खर्च संरचना स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको बैठकले अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २२ (१) बमोजिम आर्थिक वर्ष २०८२/८३–२०८४/८५ त्रिवर्षीय मध्यमकालीन खर्च संरचनाको वार्षिक विकास कार्यक्रम स्वीकृत गरेको हो […]

सदनमा आर्थिक सर्वेक्षण पेश, बजेट साँझ ५ बजे 

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लगायत विपक्षी दलहरुले सदनमा आर्थिक सर्वेक्षण र बजेट पेस गर्न दिने भएका छन् । प्रतिपक्षी दलहरुले सदन खुल्ला गरेसँग अर्थमन्त्री विष्णुप्रसाद पैडेलले आर्थिक सर्वेक्षण पेश गरेका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै बैठक अवरुद्ध गर्दै आइरहेका विपक्षी दलहरुले आजको बैठक सञ्चालन […]

बजेट अनुमोदन गर्न मन्त्रिपरिषद् बैठक हुँदै

काठमाडौं । संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आज अपराह्न प्रस्तुत हुने आर्थिक वर्ष २०८२÷०८३ को राजस्व र व्ययको अनुमान (बजेट) अनुमोदन गर्न मध्याह्न मन्त्रिपरिषद् बैठक हुँदैछ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुनेछ । आजै अपराह्न राष्ट्रिय योजना आयोगका अध्यक्ष प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा आयोगको बैठक हुने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । सङ्घीय संसद्मा […]

आगामी आवको बजेट आज आउँदै, आकार २० खर्ब हाराहारी

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि स्रोत समितिले तोकेको १९ खर्ब ६५ अर्ब रुपैयाँको सिलिङ पार गर्दै करिब २० खर्ब रुपैयाँको बजेट बनाउने तयारी गरेको छ । दुई ठूला दल कांग्रेस र एमालेको साझा सरकारका कारण दुवै पक्षका कार्यक्रम समेट्नुपर्ने अवस्था र कर्मचारी तलब वृद्धिजस्ता कानुनी दायित्वका कारण बजेटको आकार बढ्ने भएको हो […]

राष्ट्रिय आयोजना बैंकमा १३२७ आयोजना प्रविष्ट, अनुमानित लागत ९ खर्ब २० अर्ब

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा राष्ट्रिय आयोजना बैंकमार्फत १ हजार ३२७ आयोजना कार्यान्वयनमा जान लागेका छन्। राष्ट्रिय योजना आयोगका अनुसार हालसम्म बैंकमा १३२७ वटा आयोजना प्रविष्ट भइसकेका छन्, जसको अनुमानित कुल लागत ९ खर्ब २० अर्ब रुपैयाँ रहेको छ। आयोगका अनुसार तीमध्ये ११७ वटा (८.८१ प्रतिशत) नयाँ आयोजना, ८९ वटा (६.७० प्रतिशत) क्रमागत […]

बजेट भोलि ३ बजे संसदमा पेश हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट भोलि (बिहीबार) ३ बजे संसदमा पेश हुने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भोलि दिउँसो ३ बजे संसदमा बजेट पेश गर्ने कार्य सूची रहेको अर्थमन्त्रालयले जानकारी दिएको छ । राष्ट्रिय योजना आयोगले आगामी आवको लागि १९ खर्ब ६५ अर्ब रुपैयाँको बजेट सिलिङ दिएको छ । अर्थमन्त्री पौडेलले […]

रास्वपाले संसदमा बजेट प्रस्तुत गर्न दिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोलि संसद्मा बजेट प्रस्तुत हुन दिने भएको छ । कार्यबाहक प्रवक्ता मनीष झाले बजेट प्रस्तुत हुँदा अवरोध नगर्ने बताएका हुन् । ‘संवैधानिक प्रक्रियाअनुसार ल्याइने बजेट रोक्दैनौं’, उनले भने । रास्वपा सहित विपक्षी दलहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा र भिजिट भिषा प्रकरणमाथि छानबीनको माग राखेर संसद् अवरोध गरिरहेका छन् […]

वित्तीय र मौद्रिक नीतिमा सहजीकरण गर्न योजना आयोग र राष्ट्र बैंकबीच छलफल

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी र नेपाल राष्ट्र बैङ्कका नवनियुक्त गभर्नर डा।विश्वनाथ पौडेल बिच भेटवार्ता भएको छ । मङ्गलवार सिंहदरबारस्थित योजना आयोगमा भएको भेटमा उनीहरू बिच वित्त नीति र मौद्रिक नीतिको अन्तरसम्बन्ध र स्वतन्त्रताको बारेमा छलफल भयो । उनीहरु बिच उक्त दुई नीतिहरू सँगसँगै कार्यान्वयनमा लैजाने नीति कार्यान्वयनमा एक अर्कामा सहजीकरण गर्ने […]

राष्ट्रपतिलाई बजेटबारे ब्रिफिङ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/८३ को वजेटका बारेमा ब्रिफिङ गरेका छन् । सरकारले संवैधानिक व्यवस्थाअनुसार यही जेठ १५ गते बिहीबार बजेट ल्याउँदै छ । सोही बजेटका बारेमा मन्त्री पौडेलले मंगलबार राष्ट्रपति भवन शीतल निवास पुगेर ब्रिफिङ गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

दुग्ध उत्पादक किसानहरुले भुक्तानी पाएनन्

चितवन । किसानहरुले भूक्तानी मागेपछि केही दुग्ध उत्पादक डेरीहरुले दूध नउठाउने चेतावनी दिएका छन् । भुक्तानीका लागि दबाब दिएपछि यहाँका दुग्ध उत्पादक सहकारी संस्थाहरुले सो चेतावनी दिएका हुन् । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले भने, “अहिले भुक्तानी माग गरेका सहकारीहरुबाट दूध उठ्न कठिन भएको छ ।” यहाँ उत्पादित दूध सरकारको स्वामित्वमा […]