जेठ १३ सम्म आयोजना बैङ्कमा आयोजनाहरु राख्न सकिने

काठमाडौं । राष्ट्रिय योजना आयोगले आयोजना बैङ्कमा आयोजनाहरु राख्न सकिने समयमा परिवर्तन गरेको छ । आयोगले जेठ १३ सम्म आयोजना बैङ्कमा आयोजनाहरु राख्न सकिने व्यवस्था गरेको छ । आयोगले आयोजना बैङ्क व्यवस्थापन सूचना प्रणालीमा प्रविष्टिको लागि पेश गर्ने समयावधि जेठ १३ गतेसम्मका लागि थप गरेको बताएको छ । विभिन्न मन्त्रालय र निकायको अनुरोध, पृष्ठपोषण समेतलाई […]

सहकारीका साना बचतकर्ताको निक्षेप फिर्ता प्राथमिकतामा

काठमाडौँ । सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको निक्षेप फिर्तालाई प्रथमिकतामा राखेको छ । समस्याग्रस्त सहकारीमा स–साना रकम निक्षेप गरेका बचतकर्ता अधिकांश रहेकाले उनीहरूको रकम फिर्ताको विषयलाई बढी महत्त्व दिइएको हो । पाँच लाखभन्दा कम रकम बचतकर्तालाई साना बचतकर्ता र पाँच लाखभन्दा बढी रकम बचतकर्तालाई ठूला बचतकर्ताका रूपमा वर्गीकरण गरिएको छ । भूमि, सहकारी, सङ्घीय मामिला […]

विदेशको जागिर छाडेर सुरु गरेको ट्राउट फार्म बन्यो आकर्षक पर्यटकीय गन्तव्य

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ भुर्जुङखोलास्थित मुलखेत कुनैबेला हिलो र झाडीले भरिएको थियो । धानबालीसमेत खासै फस्टाउँदैनथ्यो । तर अहिले त्यही ठाउँ प्रकृतिसँग रमाउँदै ट्राउट माछाको स्वाद लिन पाइने आकर्षक पर्यटकीय गन्तव्य बनेको छ । ‘ज्ञान र सीप सिकेर स्वदेशमै फर्क साथी, त्यही सीपले देश उठाउनुछ माथि’ भन्ने सोचका साथ २०६७ सालमा जापान र बेलायतको […]

२० वर्षको कार्यकालमा अर्थमन्त्री बिना प्रि-बजेट छलफल यो पहिलो पटक भएको हो : सांसद सिंह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अम्रेश कुमार सिंहले २० वर्षको कार्यकालमा सांसदमा पहिलो पकट अर्थमन्त्री बिना प्रि- बजेट छलफल भएको बताएका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकमा उनले सरकारले परम्परा भत्काउदै गएको आरोप लगाए । उनले सरकारले विनियोजन विद्येयक सिद्धान्त र प्राथामिकता (करप्रस्ताव बाहेक) छलफलमा परम्परा भत्काएको आरोप लगाए । ‘वास्तवमा परम्परा […]

काठमाडौंबाट गरिब भगाउने सरकारको नीति शतप्रतिशत गलत छ : सांसद विक

काठमाडौं । नेकपा (एमाले) की सांसद विष्णुमाया विकाले काठमाडौंबाट गरिब भगाउने सरकारको नीति शतप्रतिशत गलत रहेको बताएकी छिन् । मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद विकले सरकारले काठमाडौंबाट गरिब भगाउने नीति लिएको आपत्ति जनाइन् । उनले सुकुम्बासी गरिबीको कारण समस्या भएको भन्दै काठमाडौंबाट उनीहरुले विभिन्न स्थानमा लैजादा विभिन्न समस्या भएको बताईन् । सोमबार राज्य व्यवस्था […]

ट्राफिक प्रहरीद्वारा एक सातामै एक करोड १८ लाख बढी राजस्व सङ्कलन

काठमाडौं । काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले वैशाख २९ गतेदेखि आजसम्म गरी एक सातामै १३ हजार ९० जना सवारीचालक तथा नियम उल्लङ्घनकर्तामाथि कारबाही गरेको छ । उक्त अवधिको कारवाहीबाट एक करोड १८ लाख छ हजार १३ रुपैयाँ राजस्व सङ्कलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ट्राफिक प्रहरीका अनुसार उपत्यकाभित्र बढ्दो सवारी चाप, अव्यवस्थित […]

एआइमार्फत स्वतः वर्गीकरण हुँदै नागरिकका सुझाव, सरकारले सञ्चालनमा ल्याएको पोर्टलमा साढे १३ हजारभन्दा बढी राय दर्ता

काठमाडौं ।  सरकारले सञ्चालनमा ल्याएको सुझाव संकलन पोर्टलमा प्राप्त हुने राय–सुझावलाई कृत्रिम बौद्धिकता (एआइ) मार्फत स्वतः वर्गीकरण गर्ने व्यवस्था गरिएको छ । एआइ प्रणाली प्रयोग भएपछि सुझाव व्यवस्थापनको काम छिटो, व्यवस्थित र प्रभावकारी बनेको सरकारी अधिकारीहरुले बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा सञ्चालन गरिएको उक्त पोर्टलमा हालसम्म (१० बजेर ४० मिनेट) १३ हजार ७०६ […]

एफएटीएफका अधिकारी र अर्थमन्त्रीबीच आज भेटवार्ता हुने, ‘ ग्रे लिस्ट ’ को विषयमा छलफल हुने

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र फाइनान्सियल एक्शन टास्क फोर्स (एफएटीएफ) लागि एसियाली मुलुक हेर्ने एसिया प्यासिफिक ग्रुप (एपीजी) को टोली बीच मंगलबार भेटावर्ता हुने भएको छ । अर्थमन्त्री वाग्ले र एपजी ग्रुपमा सदस्य डेभिड साननोन् र कियाएच साससल बीच मंगलबार अपरान्ह ४ बजे भेटवार्ता हुने अर्थमन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिएका छन् । […]

सवारीसाधन कारबाहीबाट ४४ लाख बढी राजस्व सङ्कलन

गण्डकी । जिल्ला ट्राफिक कार्यालय, कास्कीले गत वैशाखमा सवारीसाधन कारबाहीबाट रु ४४ लाख ८ हजार ५०० राजस्व सङ्कलन गरेको छ । यस अवधिमा पाँच हजार २६३ सवारीसाधनका चालक कारबाहीमा परेका कार्यालयका प्रहरी निरीक्षक सुजितकुमार देवकोटाले जानकारी दिए । ट्राफिक नियम उल्लङ्घन गरी सञ्चालन भएका सवारीसाधनका चालकलाई कारबाही गर्ने गरिएको उहाँको भनाइ छ । वैशाख महिनामा […]

युवा, श्रम तथा रोजगार र मन्त्रालय तथा मातहतमा कर्मचारीले उपहार लिन नपाउने

काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालयले मन्त्रालय तथा मातहत निकायमा कार्यरत कर्मचारीका लागि नयाँ आचारसंहिता लागू गरेको छ। मन्त्रालयको पुनर्संरचनापछि जारी गरिएको उक्त आचारसंहिताले कर्मचारीको आचरण, सेवा प्रवाह र प्रशासनिक अनुशासनलाई व्यवस्थित गर्ने लक्ष्य राखेको  मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सार्वजनिक सेवालाई निष्पक्ष, पारदर्शी, उत्तरदायी तथा सेवामुखी बनाउन कर्मचारीको व्यवहार र कार्यशैलीलाई स्पष्ट […]