नयाँ सवारी दर्तामा रोक, वायु प्रदूषण र ट्राफिक व्यावस्थापन गर्न दर्ता रोकिएको दावी

काठमाडौं । नेपाल सरकार यातायात व्यवस्था कार्यालयले  देशभर नयाँ सवारी साधन दर्तामा रोक लगाएको छ ।  विभागले हिजो जेठ ७, २०८३ मा आन्तरिक मामिला तथा कानून मनत्रालय, कोशी प्रदेश बिराटनगर लगायत प्रदेश मन्त्रालय र देशभरीका स्थानिय तह सहित सरोकारावााल निकायलाई परिपत्र गरेर सवारी साधन दर्तामा रोक लगाउन भनेको हो । बिभागले सार्वजनिक यायायातको वैज्ञानिक ब्यबस्थापन […]

डलर, पाउण्ड र युरोको मूल्य घट्यो, कुनदेशको विनियमदर कति ?  

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५४ रुपैयाँ २३ पैसा कायम गरिएको छ । अघिल्लो दिन अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा रहेको थियो । यसैगरी, […]

जगदुल्ला जलविद्युत् आयोजना समयमै सम्पन्न गर्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जगदुल्ला जलविद्युत् आयोजनाको काम समयमै सम्पन्न गर्न निर्देशन दिएका छन्। जगदुल्ला जलविद्युत् कम्पनी लिमिटेडको केन्द्रीय कार्यालयको अनुगमनमा पुग्नुभएका मन्त्री श्रेष्ठले जलविद्युत् आयोजना निर्माण समयमै सम्पन्न गर्न निर्देशन दिएका हुन्। उनले कर्णाली जस्तो भौगोलिक रूपमा विकट क्षेत्रमा आयोजनाको काम द्रुतगतिमा अघि बढ्नु खुसीको कुरा भएको बताए। मन्त्री श्रेष्ठले […]

पूर्व अर्थमन्त्रीहरुसँग अर्थमन्त्री डा.स्वर्णिमले मागे सुझाव , कसले के भने ?

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आगामी आर्थिक बर्ष २०८३\०८४ को  बजेट निर्माणमा पूर्व अर्थमन्त्रीहरुसँग सुझाव लिएका छन्  ।अर्थमन्त्री डा.वाग्लेले ८ जना पूर्व अर्थमन्त्रीहरुसँग नयाँ बजेटमा सुझाव लिएका हुन् । बिगतका अर्थमन्त्रीले पनि बजेटको हतारोका बीचमा पुर्ब अर्थमन्त्रीहरुसँग बजेटका बिषयमा छलफल गर्ने गरेका थिए । सोही परम्परालाइ निरन्तरता दिँदै अर्थ मन्त्रीले बिगत बिभिन्न कालखण्डमा अर्थमन्त्री भएका […]

प्रतिपक्षीको अवरोधबीच प्रतिनिधिसभाबाट वैकल्पिक विकास वित्त परिचालन विधेयक पारित

काठमाडौं । वैकल्पिक विकास वित्त परिचालन विधेयक संसदबाट  पारित भएको छ । सो विधयक अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले आजको प्रतिनिधिसभाको वैठकमा पेश गरेका थिए । बिपक्षी दलको नारा जुलुसका बीच वैकल्पिक विकास वित्त परिचालन विधेयक संसदबाट  पारित भएको हो । अर्थमन्त्री  डा. स्वर्णिम वावलेले  वैकल्पिक विकास वित्त परिचालन विधेयक संसदबाट  पारित गर्न पस्ताव गरेका […]

दश महिनामा ५ लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

मुस्ताङ । चालु आर्थिक वर्ष २०८२र८३ को दश महिनामा पाँच लाख ७३ हजार ९७७ जना पर्यटक मुस्ताङ भित्रिएका छन् । चालु आवको साउनदेखि वैशाखसम्म आन्तरिक तथा बाह्य गरी उक्त सङ्ख्यामा पर्यटक मुस्ताङ भित्रिएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दश महिनामा चार लाख २० हजार ८६ आन्तरिक र एक लाख ५३ हजार ८९१ जना बाह्य […]

बागमतीको आर्थिक वृदिदर सबैभन्दा उच्च हुने मधेश सबैभन्दा न्यून

काठमाडौं । देशको अर्थतन्त्रको आकार आर्थिक वर्ष २०८२/८३ मा ६६ खर्ब पुग्ने अनुमान गरिएको छ । नेपालको राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक वर्ष २०८२/८३ को प्रादेशिक कुल गार्हस्थ्य उत्पादनको प्रारम्भिक अनुमान सार्वजनिक गर्दै मुलुकको जीडीपीको आकार ६६ खर्ब रुपैयाँ पुग्ने जनाएको हो । आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा भने चालू आवमा ३.८५ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको […]

डलर, पाउण्ड र युरोको मूल्य बढ्यो, कुन देशको विनियमदर कति ? 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा कायम गरिएको छ । अघिल्लो दिन अमेरिकी डलरको खरिददर १५४ रुपैयाँ १६ पैसा र बिक्रीदर १५४ रुपैयाँ ७६ पैसा रहेको थियो । यसैगरी, युरोपियन […]

२ वर्षमा ११ वटा विद्युतीय सवारी साधन एसेम्बलिङ उद्योगहरु दर्ता, कुन-कुन जिुल्लामा छ उद्योग ?

काठमाडौं । नेपालमा दुई वर्षयता सवारी साधन एसेम्बलिङ उद्योगहरु दर्ता हुने क्रम बढिरहेको छ। दर्ता भएका एसेम्बलिङ उद्योगहरुमध्ये विद्युतीय सवारी साधन एसेम्बलिङ उद्योगहरुको संख्या धेरै देखिन्छ। उद्योग विभागको विवरण अनुसार २०८१ यता ११  वटा विद्युतीय सवारी साधन एसेम्बलिङ उद्योगहरु दर्ता भएका छन्। उक्त विवरण अनुसार काठमाडौं, रुपन्देही, काभ्रेपलाञ्चोक र मकवानपुर जिल्लामा यी उद्योगहरु स्थापना भएको छ […]

‘जीडीपी’ मा सुदूरपश्चिमको योगदान ७ प्रतिशत पुग्ने अनुमान

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२र८३ को प्रादेशिक कूल गार्हस्थ्य उत्पादनको प्रारम्भिक अनुमानअनुसार सुदूरपश्चिम प्रदेशको अर्थतन्त्र करिब रु चार खर्ब ६४ अर्ब पुग्ने जनाइएको छ । कार्यालयका अनुसार चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशले राष्ट्रिय कूल गार्हस्थ्य उत्पादनमा सात प्रतिशत योगदान गर्ने अनुमान गरिएको हो । अघिल्लो आर्थिक वर्ष २०८१र८२ मा प्रदेशको […]