आगामी आवको बजेटबारे स्वास्थ्य र उद्योग मन्त्रालयसँग छलफल, पाँचवटा पक्षमा विशेष ध्यान दिन आग्रह

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ वर्षको बजेट सम्बन्धी अर्थ मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छुट्टा(छुट्टै छलफल गरेको छ । छलफलका क्रममा अर्थ मन्त्रालयले आगामी वर्षको बजेटका लागि निरन्तरता दिनुपर्ने कार्यक्रम, परिमार्जित गर्नु पर्ने कार्यक्रम, स्थगित गर्नु पर्ने कार्यक्रम, हटाउनु पर्ने कार्यक्रम र नयाँ कार्यक्रमबारे तयारी गरी अघि बढ्न आग्रह […]

उच्च प्रतिफल दिने आयोजनामा लगानी गर्न एक खर्बको कोष बनाउँदै सरकार

काठमाडौं । आर्थिक लाभ दिने विकास आयोजनामा देखिएको बजेट अभाव पूर्ति गर्न सरकारले ‘वैकल्पिक विकास वित्त परिचालन ऐन’ ल्याउने तयारी गरेको छ। मुलुकको समग्र आर्थिक समुन्नति र विकासका लागि आवश्यक स्रोतको प्रबन्ध गर्न ऋणपत्र, प्रत्याभूति पत्र, स्वपूँजी कोष तथा अन्य वित्तीय वा मौद्रिक उपकरणमार्फत वैकल्पिक विकास वित्त परिचालन गर्न ऐन ल्याउन खोजिएको अर्थ मन्त्रालयले जानकारी […]

संघीय, प्रदेश र स्थानीय तहको भूमिकालाई दृष्टिगत गरी बजेट निर्माण गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय महत्वका आयोजनाहरु मात्र संघले गर्ने भएकाले नयाँ बजेटका लागि आयोजनाहरु प्रस्तुत गर्दा विशेष ध्यान दिन आग्रह गरेका छन् । आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणसम्बन्धी शहरी विकास मन्त्रालय र उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयसँगको छुट्टाछुट्टै छलफलमा अर्थमन्त्री पौडेलले संवैधानिक कार्य जिम्मेवारी अनुसार प्रदेश र स्थानीय सरकारको जिम्मेवारी र […]

अमेरिकी सहयोग दुरुपयोग गर्नेहरूको सूचिसहित श्वेतपत्र जारी गरियोस्ः सांसद खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले अमेरिकी सहयोग दुरुपयोग गर्नेहरुको सूचिसहित श्वेतपत्र जारी गर्न सरकारसँग माग गरेका छन्। प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सांसद खतिवडाले उक्त माग गरेका हुन्। उनले गैर सरकारी संस्थाहरु एनजिओ तथा आइएनजिओमार्फत आएको रकम दुरुपयोग गरिएको भन्दै मुलुककै बदनाम गरिएको उल्लेख गरे। उनले अमेरिकाले गैरकानूनी रुपमा बसेका गैरआवासीय नागरिक फिर्ता […]

ग्यासको कमिशन बढाउन उद्योगमन्त्री भण्डारीको संलग्नता छ : हरि ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले खाना पकाउने एलपीजी ग्यासको कमिशन वृद्धिमा उद्योगमन्त्री दामोदर भण्डारीको संलग्नता रहेको आरोप लगाएका छन् । ग्यासको मुल्यवृद्धि हुदाँ उपभोक्ताहरु समस्या परेको उनको भनाई छ । प्रतिनिधिसभाको बिहीवारको बैठकमा सांसद ढकालले उद्योगमन्त्रीमाथि यस्तो आरोप लगाएका हुन्। उनले कमिशनखोर व्यापारीहरुको पक्षपोषण सरकारले नै गरिरहेको आरोप पनि लगाए। ‘कति वर्ष […]

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी अध्यादेश स्वीकृत

काठमाडौं ।  प्रतिनिधिसभाको आजको बैठकले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’ लाई स्वीकृत गरेको छ । बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको उक्त प्रस्तावलाई बैठकको बहुमतले स्वीकृत गरेको हो । आजको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा स्वर्णिम वाग्लेले प्रस्तुत गरेको ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, […]

निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१ प्रतिनिधिसभाबाट बहुमतले स्वीकृत

काठमाडौं । सभाको आजको बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो प्रस्ताव गरेका थिए। बैठकमा अध्यादेशलाई अस्वीकार गरियोस् भन्ने सांसद माधव सापकोटाको सूचनाका पक्षमा सांसदहरुले उठाएको सवालको जवाफ दिँदै उनले सार्वजनिक प्रतिष्ठानमा रहेका लगानीको विकल्प अध्यादेशमा दिएको बताए। निजीकरणलाई एकमात्र विकल्प नभनी अनेक विकल्प दिएको उपप्रधानमन्त्री पौडेलले सुनाए । सार्वजनिक प्रतिष्ठानमा सरकारको लगानी भएको छ तर […]

नयाँ बजेट निर्माणका लागि मन्त्रालयगत छलफल सुरु

काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/०८३ को बजेट निर्माणका लागि मन्त्रालयगत छलफल सुरु गरेको छ । यसैक्रममा आज अर्थ मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र त्यस मातहतका विभाग तथा  निकायहरुसँग परामर्श गरेको छ । सो अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/०८३ मा अनुशासित र यथार्थपरक बजेट ल्याउने बताउनु भएको छ । […]

आगामी आवको बजेट सिलिङ १९ खर्ब ६५ अर्ब

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब रुपैयाँ भन्दा बढीको बजेट सिलिङ (सीमा) तोकेको छ । अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले आगामी आवको लागि १९ खर्ब रुपैयाँभन्दा माथिको बजेट सिलिङ तयार भएको जानकारी दिए । राष्ट्रिय योजना आयोगको राष्ट्रिय स्रोत अनुमान समितिले आगामी आवको लागि १९ खर्ब ६५ अर्ब रुपैयाँको बजेट […]

श्रमिकलाई न्यूनतमभन्दा कम पारिश्रमिक दिए दण्डनीय : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि बहानामा न्यूनतमभन्दा कम पारिश्रमिक दिएर श्रमिकलाई काम लगाएको पाइए दण्डनीय हुने बताएका छन् । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)द्वारा आज आयोजित नेपाली ट्रेड युनियन आन्दोलनको ७८औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नर्सले पनि न्यूनतम पारिश्रमिक पाइरहेका छैनन् भन्ने सुनिएको उल्लेख गर्दै कुनै पनि बहानामा न्यूनतमभन्दा कम […]