कांग्रेस सांसद खतिवडाको चेतावनी : बजेट च्यात्ने अवस्था नआओस्
काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले बजेट च्यात्ने अवस्था नओस् भन्दै सरकारको ध्यानाकषर्ण गराएका छन्। आइतबारको प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले भने, ‘छिट्टै बजेट आउँदैछ। म माननीय मन्त्रीजीहरुलाई आग्रह गर्न चाहान्छु-मन्त्रीको क्षेत्रमा अलि धेरै, मान्यको क्षेत्रमा अलि कम भयो भने बजेट च्यात्ने अवस्था नआओस् । त्यो अनुरोध गर्न चाहन्छु।’ उनले […]

