३ अर्ब नागरिक बचतपत्र र ५० करोड वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ३ अर्बको नागरिक बचतपत्र र ५० करोडको वैदेशिक रोजगार बचतपत्र निष्काशन गर्ने भएको छ । फागुन १५ देखि उक्त बचतपत्र निष्काशन हुन लागेको हो । कार्यालयले ३ वर्षे अवधिको नागरिक बचतपत्र निष्काशन गर्न लागेको हो । इच्छुक व्यक्तिले कुल निष्काशित रकमको १० हजारले भाग गर्दा निःशेष भाग जाने अंकबराबर […]

६ महिनामा ७ खर्ब ६३ अर्बको रेमिट्यान्स भित्रियो, आप्रवाह वृद्धिदर एकल अंकमा

काठमाडौँ । चालू आर्थिक वर्ष २०८१/८२ को पुस मसान्तसम्म ७ खर्ब ६३ अर्बको रेमिट्यान्स भित्रिएकाे छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाअनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह अमेरिकी डलरमा १.१ प्रतिशतले वृद्धि भई ५ अर्ब ५८ करोड अमेरिकी डलर (रु.७६३ अर्ब ८ करोड) पुगेको हाे । विप्रेषण आप्रवाहको वृद्धिदर […]

मौद्रिक नीति समीक्षा सार्वजनिक, औसत उपभोक्ता मूल्यवृद्धि ५ प्रतिशतमुनि (पूर्णपाठ)

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ । मंगलबार  राष्ट्र बैंककाे सञ्चालक समितिको बैठकपछि उक्त समिक्षा सार्वजनिक भएको हो । चालु आर्थिक वर्षको ६ महिनासम्मको औसत उपभोक्ता मुद्रास्फीति ४.९७ प्रतिशत रहेको छ । केन्द्रीय बैंकले मुद्रास्फीतिलाई ५ प्रतिशतको हाराहारीमा राख्न मौद्रिक विस्तारबाट मूल्यमा चाप पर्न […]

विश्व बैंकको १५० मिलियन अमेरिकी डलर ऋण स्वीकार गर्न वार्ता टोली गठन गरिने

काठमाडौं । सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट पुल मर्मत सम्भारअन्तर्गत तेस्रो चरणअन्तर्गत १५० मिलियन अमेरिकी डलर बराबरको प्रस्तावित सहुलियतपूर्ण ऋण रकम स्वीकार गर्नेसम्बन्धी वित्तीय सम्झौता र कार्यक्रम दस्तावेजलाई अन्तिम रूप दिन वार्ता टोली गठन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त वार्ता टोलीलाई विश्व बैंकसँग वार्ता गर्न अख्तियारी दिने निर्णय […]

सात महिनामा २३ लाखको अक्टोपस आयात

काठमाडौं ।पछिल्लो समय मासुको आयात बढेको छ । चालु आर्थिक वर्षको सात महिनाको अवधिमा ४ हजार ३२९ किलोग्राम खसी र भेडाको मासु आयात गरिएको भन्सार विभागले जनाएको छ । विभागका अनुसार उक्त अवधिमा ८९ लाख ३१ हजार बराबरको उक्त मासु पछिल्लो सात महिनामा आयात गरिएको हो । सरकारले मासुजन्य पदार्थमा आत्मनिर्भर बन्ने बताइरहँदा उक्त परिणमा […]

वीरगञ्ज नाका हुँदै एक खर्ब चार अर्बको पेट्रोलियम पदार्थको आयात

पर्सा । चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै एक खर्ब चार अर्ब ७६ करोड रुपैयाँ बराबरको बराबरको डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्वाइन फ्युल (एटिएफ), मट्टितेल आयात भएको छ । गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा ८४ करोड रुपैयाँ बढीको पेट्रोलियम पदार्थ आयात भएको हो । वीरगञ्ज भन्सार […]

पोखरामा सुरु भयो त्रिदेशीय पर्यटन एक्स्पो

पोखरा । नेपालको पर्यटन राजधानी पोखरामा पहिलो त्रिदेशीय पर्यटन एक्स्पो नाइस–२०२५ (नेपाल इण्डिया चाइना एक्स्पो) आजदेखि शुरु भएको छ । नेपाल पर्यटन बोर्ड र प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरको सहकार्यमा नाइस–२०२५ फागुन १२ देखि १४ गतेसम्म पोखरामा भइरहेको छ । यसमा ८० अन्तर्राष्ट्रिय बायर्स, ७० सेलर्स र ७५ एक्जिविटरसहित ६ सय भन्दा बढीको […]

युएसएडबाट सञ्चालित कार्यक्रम बारेका समाचार र टिप्पणीप्रति अर्थमन्त्रालयको ध्यानाकर्षण

काठमाडौं । अर्थ मन्त्रालयले विगत केही दिनदेखि अमेरिकी सहयोग नियोग युएसएडबाट सञ्चालित कार्यक्रमहरुको सम्बन्धमा सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरुमा आएका समाचार र टिप्पणीप्रति ध्यानाकर्षण भएको जनाएको छ । अर्थ मन्त्रालयलेअमेरिकी राष्ट्रपतिबाट २० जनवरी २०२५ मा जारी कार्यकारी आदेशब मोजिम नेपाल सरकारको बजेट प्रणालीमार्फत सञ्चालन भइरहेका शिक्षा, स्वास्थ्य, कृषिसँग सम्बन्धित ४ वटा कार्यक्रमहरु ९० दिनका लागि […]

कोष ऋणात्मक भए सँगै सरकारले सार्वजनिक खर्च पुनरावलोकन आयोगको सुझाव कार्यान्वयन गर्न लागेको हो ?

काठमाडौं । सरकारले सार्वजनिक खर्च पुनरावलोकन आयोग २०७५, उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग २०८१, एउटै प्रकृतिका कामका लागि स्थापना भएका अलग अलग संरचना गाभ्ने, खारेज गर्ने वा हस्तान्तरण गर्नेसम्बन्धी अध्ययन प्रतिवेदन २०८१ ले सिफारिस गरेका सुझावहरुको कार्यान्वयनका लागि उच्चस्तरीय कार्यदल गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयका सचिवको संयोजकत्वमा सुझाव कार्यान्वयन उच्चस्तरीय कार्यदल गठन […]

नगद कारोबारको बीमाका लागि छुट्टै निर्देशिका, बीमादर पनि तोकियो

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले नगद र नगदजन्य कारोबारको बिमा गर्न छुट्टै निर्देशिका जारी गरेको छ । बैंकका कर्मचारीहरूले काउन्टर र अन्य स्थानहरूमा नगद, नगदजन्य सामग्री, सुरक्षण तथा धितोमा चोरी, अपचलन, वा जालसाजी गरेमा बीमा कम्पनीले क्षतिपूर्ति दिनुपर्ने व्यवस्थासहित ‘मौद्रिक क्षति बीमा सम्बन्धी निर्देशन, २०८१’ नयाँ निर्देशिका जारी गरिएको हो । बैंक, वित्तीय संस्था तथा […]