राजा बाहेक ०४८ देखि सार्वजनिक पदमा रहेका उच्च पदस्थ अधिकारीहरुलाई सम्पत्ति विवरण बुझाउन निर्देशन

काठमाडौं । सरकारले राजा बाहेक ०४८ देखि सार्वजनिक पदमा रहेका सम्पूर्ण अधिकारीहरुलाई सम्पत्ति विवरण बुझाउन आग्रह गरेको छ । सरकारले पहिलो चरणमा आर्थिक वर्ष २०६२/६३ देखि आर्थिक वर्ष २०८२/८३ चैत्र मसान्त सम्मको अवधिमा सार्वजनिक पदधारण गरेका र उक्त अवधिमा बहाल रही हाल जुनसुकै किसिमले सेवाबाट अवकाश भइसकेका अधिकारीहरुलाई अबको एक महिनाभित्र सम्पत्ति विवरण बुझाउन आग्रह […]

नेपाल–भारत व्यापार विस्तारबारे कोलकातामा छलफल

काठमाडौं । भारतको कोलकातास्थित नेपाली महावाणिज्य दूतावासले नेपाल–भारतबिच व्यापार, पारवहन, लगानी तथा आर्थिक सहकार्य प्रवर्द्धन गर्ने उद्देश्यले ‘नेपालको व्यापार, पारवहन तथा लगानी सहजीकरणसम्बन्धी छलफल कार्यक्रम आयोजना गरेको छ । गत मङ्गलबार आयोजित उक्त कार्यक्रममा व्यापार, पारवहन, ढुवानी, सम्पर्क सञ्जाल तथा लगानीका क्षेत्रमा नेपाल–भारत सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको उक्त महावाणिज्यदूतावासले जनाएको छ । […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७९ रुपैयाँ ०३ पैसा र बिक्रीदर १७९ रुपैयाँ ७३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०६ […]

प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रम अर्थमन्त्री वाग्ले गरे टेबल

काठमाडौं । सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रतिनिधिसभामा छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव टेबल भएको छ । बुधबार बसेको दोस्रो बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त प्रस्ताव गरेका हुन् । सभामुख डोलप्रसाद अर्यालले अर्थमन्त्री वाग्लेलाई प्रस्ताव राख्न समय दिएपछि विपक्षी दलका नेताहरू उठेर विरोध गरेका थिए । त्यसपछि सभामुखले प्रमुख प्रतिपक्षी […]

बैंक तथा वित्तीय संस्थाबाट प्राप्त धितो बन्धकी रोक्का फुकुवा अनलाइन प्रणालीबाट

काठमाडौं । बैंक तथा वित्तीय संस्थावाट प्राप्त धितो बन्धकी रोक्का फुकुवा अनलाइन प्रणालीबाट हुने भएको छ । भूमि प्रशासन कार्यालय सिन्धुलीले बैंक तथा वित्तीय संस्थावाट प्राप्त धितो बन्धकी रोक्का फुकुवा अनलाइन प्रणालीबाट गर्न लागेको हो । कार्यालयले बुधबार सार्वजनिक सूचना जारी गर्दै सम्वद्ध सम्पूर्ण निकायलाई अनलाइन प्रणाली प्रयोग गर्न निर्देशन दिएको छ । नागरिकलाई राहत […]

सहकारी पीडितले घेरे बागमती प्रदेश सहकारी रजिष्ट्रार कार्यालय

काठमाडौं । सहकारी पीडितहरूले बागमती प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय घेराउ गरेका छन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघको नेतृत्वमा सहकारी पीडितहरूले बुधबार कार्यलय घेराउ गरेका हुन् । देउराली सहकारीसहित अन्य सहकारी पीडतहरूले सहकारीलाई समस्याग्रस्त घोषणा गरी आफूहरूको बचत फिर्ता दिलाउन माग गर्दै कार्यलयमा दबाब दिएका छन् । बचत फिर्ताका लागि घेरै पटक आग्रह गर्दा […]

भारतीय पर्यटकलाई नेपालमा कुनै प्रतिबन्ध छैन : पर्यटन बोर्ड

काठमाडौं । नेपाल पर्यटन बोर्डले नेपाल भ्रमणमा आउने भारतीय पर्यटकसम्बन्धी यात्रा नियमबारे विभिन्न सञ्चारमाध्यम तथा अनलाइन प्लटफर्ममा फैलाइएका अपुष्ट र भ्रामक समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । बुधबार जारी प्रेस विज्ञप्तिमा बोर्डले नेपाल–भारत सीमाबाट नेपाल प्रवेश गर्ने भारतीय नागरिकका लागि अनिवार्य परिचयपत्र लागु गरिएको, भारतीय पर्यटकको बसाइ अवधि ३० दिनमा सीमित गरिएको वा समयावधि नाघेमा […]

प्राइभेट इक्विटी र भेन्चर क्यापिटललाई स्पष्ट कानूनी आधार दिन माग

काठमाडौं । नेपाल प्राइभेट इक्विटी एशोसिएशनले प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल (पीई–भीसी) क्षेत्रका लागि स्पष्ट कानूनी आधार तय गर्न सरकारसँग माग गरेको छ । एशोसिएशनले धितोपत्रसम्बन्धी ऐन, २०६३ मा कोषको परिभाषा, सञ्चालन आधार र लगानीकर्ताको दायित्व स्पष्ट गर्नुपर्ने माग गरेको छ । साथै पीई–भीसी कोषलाई ‘ट्रस्ट’ वा ‘लिमिटेड लाइबिलिटी पार्टनरसिप’ मोडलमा सञ्चालन गर्न सकिने कानूनी […]

चिया निर्यातको अवरोध हटाउन भारतसँग कूटनीतिक पहल गरियोस् : सुहाङ नेम्बाङ

काठमाडौं । एमाले सांसद सुहाङ नेम्बाङले चिया निर्यातको अवरोध हटाउन सरकारले भारतसँग कूटनीतिक पहल गर्नुपर्ने बताएका छन् । बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले १५ हजारभन्दा बढी किसानको जीवन चियासँग जोडिएको भन्दै भारतीय अवरोधका कारण चिया निर्यात गर्न नपाएको बताए । नेम्बाङले चिया खेतीको इतिहास सुनाउँदै १५ हजारभन्दा बढी किसानको जीवन चियासँग जोडिएको भन्दै भारतमा […]

प्रधानमन्त्रीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ नदिने, अर्थमन्त्रीले दिने

काठमाडौं । नीति तथा कार्यक्रममाथि उठेका प्रश्नमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिने भएका छन् । बुधबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले जवाफ नदिने भएपछि नीति तथा कार्यक्रममाथिको छलफल सकिएपछि उठेका प्रश्नमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिने कार्यसूची रहेको छ । यसअघि प्रधानमन्त्री बालेनले जवाफ दिने सम्भावित कार्यसूची संसद सचिवालयले जारी गरेको थियो […]