सहकारी पीडितको बचत रकम फिर्ता गर्न २५ करोड रुपैयाँ व्यवस्थापन गरिँदै

काठमाडौँ । भूमि सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारीपीडितको बचत रकम फिर्ता गर्न चक्रीय कोषमा बीउपुँजीका रूपमा २५ करोड रुपैयाँ व्यवस्थापन गर्न लागिएको छ । यसका लागि मन्त्रालयले रकम उपलब्ध गराउन अर्थ मन्त्रालयसँग आग्रह गरेको छ । मन्त्रालयले पीडित नागरिकलाई रकम फिर्ता तथा चक्रीय कोष सञ्चालनका लागि आवश्यक कार्यविधि निर्माण गरेका छ । मन्त्रालयले कोषमा […]

रुपन्देही पर्यटकीय ‘हब’ बन्दै, होटल क्षेत्रमा उच्च लगानी

भैरहवा । होटल तथा पर्यटन पूर्वाधारमा बढ्दो लगानीसँगै रुपन्देही पर्यटकीय केन्द्रका रूपमा विकास हुँदै गएको छ । लुम्बिनी भ्रमणमा आउने विदेशी तथा स्वदेशी पर्यटकको प्रमुख बसाइस्थलका रूपमा रुपन्देही स्थापित बन्दै जाँदा स्तरीय होटल थपिने क्रम निरन्तर बढेको हो । भैरहवा–लुम्बिनी करिडोर तथा जिल्लाका मुख्य सहर क्षेत्रमा पाँचतारे, चारतारे र तीनतारे होटल सञ्चालनमा आएका छन् भने […]

धवलागिरिमा मानव स्पर्शकाे ६६ वर्ष, सात सय जनाभन्दा बढीद्वारा आरोहण

म्याग्दी । धवलागिरि हिमालमा मानव पाइला परेको आज ६६ वर्ष पूरा भएको छ । आठ हजार १६७ मिटर अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीको भूूगोलमा पर्छ । संसारको सातौँ अग्लो धवलागिरि हिमाल अवस्थित मुदीमा यस वर्ष पहिलोपटक मङ्गलबारदेखि आरोहण दिवस मनाउन थालिएको धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले जानकारी दिए । “पहुुँच र पहलको कमीले […]

बैंकिङ प्रणालिमा आधिक तरलता ४० अर्व निक्षेप तान्दै राष्ट्र बैङ्क

काठमाडौं । बैंकिङ प्रणालिमा आधिक तरलता भए पाछि नेपाल राष्ट्र बैकले  आज बैसाख ३० गते बुधबार ४० अर्ब निक्षेप संकलन गर्न लागिएको हो । राष्ट्र बैंकले ४२ दिनको लागि निक्षेप संकलन बोलकबोल उपकरणमार्फत संकलन गर्न लागिएको हो । राष्ट्र बैंक अनुसार आज ३० गते  मध्यान्ह ३ बजेसम्म अनलाईन बिडिङि सिष्टम मार्फात बोलकबोल हुनेछ । निक्षेप […]

डलर र पाउण्डको मूल्य घट्यो, युरोको बढ्दा कुन देशको विनिमयदर कति ? 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ७१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ३१ पैसा निर्धारण गरिएको छ । अघिल्लो अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २० पैसा र बिक्रीदर १५२ रुपैयाँ ८० पैसा रहेको थियो । युरोपियन युरो […]

अफ्रिकामा २७ अर्ब डलर लगानी गर्ने फ्रान्सेली राष्ट्रपतिको घोषणा

नैरोबी । फ्रान्सका राष्ट्रपति इम्षनुअल म्याक्रोँले केन्यामा आयोजित ुअफ्रिका फर्वार्डु सम्मेलनका क्रममा अफ्रिकामा २३ अर्ब युरो अर्थात् करिब २७ अर्ब अमेरिकी डलर बराबरको लगानी घोषणा गरेका छन् । दुईदिने सम्मेलन सोमबार नैरोबीमा सुरु भएको हो । यो फ्रान्सले अंग्रेजीभाषी अफ्रिकी मुलुकमा आयोजना गरेको पहिलो ठुलो सम्मेलन मानिएको छ । कार्यक्रममा ३० भन्दा बढी अफ्रिकी राष्ट्रका राष्ट्रप्रमुख […]

सुरु भयो नेपाल र श्रीलंकाबीच क्रस–बोर्डर मोबाइल भुक्तानी

काठमाडौं ।अन्तर्देशीय डिजिटल भुक्तानी कारोबारलाई थप सरल र सुरक्षित गर्ने उद्देश्यले श्रीलंकाको लंकापे र नेपालको नेपाल क्लियरिङ्ग हाउस लिमिटेडबीच क्रस–बोर्डर क्यूआर भुक्तानीको थालनी भएको छ। उक्त व्यवस्थाले श्रीलंका भ्रमण गर्ने नेपाली यात्रुहरुले कनेक्टआईपीएस वा अन्य मोबाइल बैंकिङ्ग एपमार्फत श्रीलंकामा रहेका ४ लाख बढी लंकाक्यूआर मर्चेन्टहरु मा स्क्यान गरी सजिलै भुक्तानी गर्न सक्नेछन्। श्रीलंकाको कोलम्बोमा आयोजित […]

अर्थमन्त्री वाग्लेद्वारा आगामी बजेटका प्राथमिकता सार्वजनिक, स्रोत व्यवस्थापनमा चुनौती देखिएपनि सरकारले व्यवस्था गर्ने

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट निर्वाचनको समयमा राष्ट्रिय स्वतन्त्र पार्टीले व्यक्त गरेको वाचापत्र, शासकीय सुधार र सरकारको नीति तथा कार्यक्रमलाई केन्द्रमा राखेर तयार गरिने बताएका छन् । सङ्घीय संसद् प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा बोल्दै उनले आगामी बजेट कार्यान्वयनका लागि स्रोत व्यवस्थापन ठूलो चुनौती भए पनि सरकारले आवश्यक व्यवस्था गर्ने बताए। […]

वैकल्पिक विकास वित्त परिचालन विधेयक संसदमा पेश, सैद्दान्तिक छलफल सकियो

काठमाडौं । वैकल्पिक विकास वित्त परिचालन विधेयक संसदमा पेश भएको छ । सो विधयक अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले आजको प्रतिनिधिसभाको वैठकमा पेश गरेका हुन । राष्ट्रिय प्राथमिकताका परियोजनामा स्रोत जुटाई मुलुकको समग्र आर्थिक विकासको लागि स्रोतको व्यबस्था गर्न र नीजी क्षेत्रलाई सार्वजनिक पुर्वाधार विकासमा जोड्न बिधेयक ल्याइएको बताए । यस अघि वैकल्पि विकास परिचालन […]

ट्राफिक कारबाहीबाट २७ लाख ५७ हजार २ राजस्व संकलन

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो चौबीस घण्टाको अवधिमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरेको जाँचका क्रममा दुई हजार २१२ जना सवारी चालकलाई कारबाही गरेको छ । उक्त कारबाहीबाट २७ लाख ५७ हजार दुई संकलन गरिएको छ । आज बिहानसम्म सञ्चालन गरिएको जाँचका क्रममा मादक पदार्थ *मापसे) सेवन गरी सवारी चलाउने ८३, राइड सेयरिङमा १७९, रातोबत्तीमा […]