अर्थतन्त्र सकारात्मक बाटोमा लैजाँदै छौँः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा लैजाँदै गरेको बताउका छन् । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत बितेका १० महिनामा गत वर्षको तुलनामा निर्यात ७३ प्रतिशतले वृद्धि भएको उल्लेख गर्दै मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा लैजाँदै गरेको बताएका हुन् । “बितेका १० महिनामा गत वर्षको तुलनामा निर्यात ७३ प्रतिशतले वृद्धि भएको छ । यस […]

अर्थमन्त्री बिण्णु पौडेल आर्थिक वर्ष २०८२/८३ को बजेट तयारीमा व्यस्त,मुलुकको आवश्यकता विशेष ध्यान दिने

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री बिष्णु प्रसाद पौडेल र अर्थ मन्त्रालयको सिङ्गो टिम  आर्थिक वर्ष २०८२/ ८३ को बजेट वक्तव्यको तयारीमा व्यस्त रहेको मन्त्रालयले जनाएको छ  । यसपालीको बजेट बक्तब्यमा  विभिन्न क्षेत्रहरुबाट प्राप्त सुझावहरुलाई समेत ध्यानमा राखेर  बजेटको तयारीमा जुटेको अर्थ मन्त्रालय मन्त्रालयले बताएको छ  । अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले मुलुकको आवश्यकता तथा जनअपेक्षा, […]

साधारण खर्च घटाइ विकास खर्च बढाउन माग  

काठमाडौं । निजी क्षेत्रले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत नीतिगत स्थिरता र लगानीको ढोका खोल्नुपर्नेमा जोड दिएको छ । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बिहीबारको बैठकमा ‘आगामी आर्थिक वर्षको बजेटमा समेट्नुपर्ने विषय’सम्बन्धी छलफलमा निजी क्षेत्रका प्रतिनिधिहरुले आगामी दशक (२०८२–२०९२) लाई लगानी दशक घोषणा गरी निजी क्षेत्रलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिए । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ […]

पर्यटकको आकर्षणको केन्द्र बन्दै लमजुङको ‘राइनासकोट’

लमजुङ । पूर्वीलमजुङको राइनास नगरपालिका– ९ मा रहेको राइनासकोट पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । २०७२ सालमा गएको भूकम्पबाट क्षति पुगेको राइनासकोटको गुरुङगाउँ पुनर्निर्माण गरेर घरबास (होमस्टे) सञ्चालन भएसँगै पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्न थालेको हो । राइनास होमस्टेबाट केही माथि रहेको राइनासकोटबाट देखिने अन्नपूर्ण, गणेश, […]

मेची भन्सारद्वारा दश महिनामा करिब तेह्र अर्ब राजस्व सङ्कलन

झापा । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा रु १२ अर्ब ९४ करोड २० लाख ६० हजार राजस्व सङ्कलन गरेको छ । जुन सोही अवधिका लागि निर्धारित लक्ष्यको ९१ दशमलव ५१ प्रतिशत हो । कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाइँ अनुसार चालु आवको वैशाख महिनासम्म रु १४ अर्ब १४ करोड ४२ लाख […]

४५ प्रतिशत कारोबार अनौपचारिक तरिकाले हुन्छ: कुमार दाहाल

काठमाडौं । वाणिज्य आपूर्ति उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमार दाहालले नेपालमा ४१ देखी ४५ प्रतिशत कारोबार अनौपचारिक तरिकाले हुने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित ‘एमआरपी लागू गर्न सम्भावना तथा चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले अनौपचारिक अर्थतन्त्रबाट भएको कारोबार सरकारको करको व्यवस्था भित्र नपर्ने भन्दै नेपालमा ४१ देखी ४५ प्रतिशत अनौपचारिक कारोबार हुने गरेको […]

बाग्लुङमा रेशमा चियाको व्यावसायिक उत्पादन सुरु

गलकोट । झाडी फाँडेर लगाइएको चियाले उत्पादन दिन थालेपछि किसान उत्साहित भएका छन् । बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा २०७६ सालमा लगाइएको चियाले व्यावसायिक उत्पादन दिन थालेपछि किसान उत्साहित भएका हुन् । जहाँ समुदाय, सहकारी र विद्यालय मिलेर चियाखेती गरेका छन् । रेशको बौर, तिङरिङलगायतका ठाउँमा हाल १६२ रोपनी जग्गामा चियाखेती भइरहेको छ । गएको वर्ष […]

मुलुकको कूल व्यापार घाटा  साढे १२ खर्ब ५६ अर्ब

काठमाडौं । निर्यातजन्य वस्तुको उत्पादन र उत्पादकत्व वृद्धि गर्न नसक्दा नेपालले तेस्रो मुलुकसँगको व्यापारमा  व्यापारमा घाटा व्यहोर्नु परेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको साउनदेखि  वैशाख मसान्तसम्म व्यापार घाटा १२ खर्ब ५६ अर्ब २७ करोड रुपैयाँ पुगेको छ ।  जुन अघिल्लो वर्षको सोही अवधिको ११ खर्ब ७ करोड १८ लाख […]

पोखरा विमानस्थल निर्माणको अनियमितता छानबिनको जिम्मा अख्तियारलाई दिन आग्रह

काठमाडौं । सांसद राजेन्द्र केसीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमिततामा छानबिनका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा तत्कालै पठाउन माग गरेका छन् । सार्वजनिक लेखा समितिमा अनियमितताबारे उपसमितिको प्रतिवेदनबारेको छलफलमा बोल्दै उनले आयोगलाई तत्कालै छानबिनका लागि पत्राचार गर्नुपर्ने बताएका हुन् । ‘यसको लागत अस्वाभाविक ढङ्गले बढाइएको छ । प्राविधिक विषयमा आवश्यकता अनुरुप पुन: छलफल गर्न […]

बागलुङमा आन्तरिक पर्यटकको आगमन वृद्धि

गलकोट (बागलुङ) । न्यून विदेशी पर्यटक भित्रने बागलुङमा आन्तरिक पर्यटकको आगमन भने ह्वात्तै बढेको छ । पछिल्लो समय अध्ययन, अवलोकन भ्रमण र तीर्थयात्राका नाममा बागलुङ आन्तरिक पर्यटकको गन्तव्यका रुपमा विकसित भएको हो । प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका, पञ्चकोट तथा शालग्राम सङ्ग्रहालय परिसरमा आन्तरिक पर्यटकका सयौँ सवारी साधन देखिने गरेका छन् । पर्यटक बढेपछि कालिका मन्दिर […]