७ लाख बेरोजगार सूचीकृत, रोजगारी पाउने केवल ५ हजार

काठमाडौं । सरकारले मुलुकमा ९ हजार बढी प्रतिष्ठान रहेको बताए पनि त्यसबाट पर्याप्त रोजगारी प्राप्त हुन सकेको छैन । मुलुकमा पर्याप्त रोजगारी नहुँदा नेपालीको लागि विकल्पको रुपमा वैदेशिक रोजगारी रहेको छ । सरकारले स्वदेशमा रोजगारी दिने उद्देश्यले र युवायुवतीहरुलाई स्वदेशमा रोक्ने उद्देश्यको साथ ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रम पनि प्रभावकारी रुपमा सञ्चालन हुन नसक्दा बेरोजगारी समस्या […]

स्पेनमा नेपालको पर्यटन प्रबर्द्धन

काठमाडौं । नेपालले संयुक्त राष्ट्रसंघसँग प्रविधि र दिगो पर्यटनमा सहयोगका लागि आग्रह गरेको छ । नेपालका पर्यटकीय गन्तव्यको प्रबर्द्धन कार्यक्रमअन्तर्गत युरोप यात्रामा रहेको नेपाल पर्यटन बोर्डको टोलीले स्पेनको मड्रिडमा संयुक्त राष्ट्रसंघीय पर्यटन अधिकारीहरुसँगको छलफलमा दिगो पर्यटनका लागि सहयोगको आग्रह गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोद प्रकाश सिंहको नेतृत्वमा उच्चस्तरीय नेपाली […]

ढोरपाटनमा सुरु भयो सिकार याम

बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो सिकार याम सुरु भएको छ । दोस्रो याममा १३ नाउर, १० झारल र १२ बँदेल गरी ३५ वन्यजन्तुको सिकार हुने भएको हो । वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागले गत माघ १५ गते सिकार गर्नका लागि बोलपत्र आह्वान गरेको थियो । दोस्रो याममा सिकार खेल्न हिमालयन […]

अगामी बजेटमा स्मार्ट कार्यक्रम तथा योजना प्रस्ताव गर्न अर्थमन्त्री पौडेलको आग्रह

काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/०८३ बजेट निर्माण सम्बन्धमा १६ वटा मन्त्रालयसँग छलफल सम्पन्न गरेको छ । यसैक्रममा आज संस्कृति, पर्यटन तथा उड्डयान पर्यटन मन्त्रालसँग छलफल भएको छ । मन्त्रालयहरुसँगको छलफलमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको अंक भन्दा नीतिगत सिफ्टलाई प्राथमिकतामा राख्न आग्रह गरे । उनले संघीयताको मूल मर्म र भावना, संघ, प्रदेश र […]

नेपाल–बंगलादेश व्यापार: आयात तीन अर्ब, निर्यात २७ करोड

काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनामा बंगलादेशबाट दुई अर्ब ९६ करोड ९१ लाख ५२ हजार बराबरका मालसामान आयात तथा २७ करोड ६८ लाख ५४ हजार बराबरको सामग्री उक्त मुलुक निर्यात भएका छन्। काकँडभिट्टास्थित नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडका प्रमुख सुवास पाण्डेयका अनुसार बंगलादेशबाट सबैभन्दा धेरै एक अर्ब ६० करोड बराबरको अप्रशोधित जुट […]

काभ्रेका किसानलाई कफी उत्पादन प्रविधि तालिम

धुलिखेल । महाभारत गाउँपालिका–५ का कफी उत्पादक किसानलाई उत्पादन र प्रशोधन प्रविधिसम्बन्धी तालिम दिइएको छ । बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सहयोगमा कृषि विकास कार्यालय र महाभारत साना किसान कृषि सहकारी संस्थाको समन्वयमा ‘समुदायमा आधारित एक वडा एक उत्पादन’ कार्यक्रमअन्तर्गत किसानलाई तालिम दिइएको हो । बागमती प्रदेशसभा सदस्य रत्नप्रसाद ढकालले ‘एक वडा एक […]

चालु आवको दोस्रो चौमासिकमा ५.१ प्रतिशत आर्थिक वृद्धिदर

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासिकमा पाँच दशमलव एक प्रतिशतको आर्थिक वृद्धि हासिल भएको अनुमान गरिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार चालु आवको दोस्रो त्रैमासिकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) सार्वजनिक गर्दै यातायातलगायत केही क्षेत्रमा राम्रो सुधार देखिए पनि जिडिपीमा सामान्य वृद्धि हासिल भएको जनाएको हो । यद्यपि, यो मौसमी प्रभाव समायोजन नगरिएको […]

काँकडभिट्टाबाट १२ अर्ब ६४ करोडको पेट्रोलियम पदार्थ आयात

काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनामा काँकडभिट्टाबाट रु १२ अर्ब ७४ करोड १६ लाख मूल्य बराबरको पेट्रोलिय पदार्थ आयात भएको छ। गत आवको आठ महिनाको तुलनामा चालु आवको सोही अवधिमा रु ६४ करोड १७ लाख ५९ हजारले पेट्रोलियम पदार्थको आयातमा कमी आएको छ। गत आवको आठ महिनामा रु १३ अर्ब ३८ करोड ३३ लाखको […]

खर्च वृद्धिमा प्रो एक्टिभ हुन अर्थमन्त्री पौडेलको निर्देशन

काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको पूँजीगत खर्चबारे विषयगत मन्त्रालयहरुसँग छलफल गरेको छ । अर्थ मन्त्रालयका अनुसार २०८१ साल चैत्र ११ गतेसम्म पूँजीगततर्फ ८७ अर्ब ३३ करोड ४२ लाख रुपैयाँ खर्च भएको छ । कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूँजीगत खर्च वृद्धिका लागि प्रो एक्टिभ भएर लाग्न सम्बन्धित मन्त्रालयहरुलाई निर्देशन दिएका छन् । अर्थ […]

प्राकृतिक स्रोत रोयल्टी बाँडफाँट संरचना पुनरावलोकनको प्रस्ताव, प्रदेश र स्थानीय तहको हिस्सा बढ्ने

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टीको बाँडफाँट संरचनालाई पुनरावलोकन गर्न प्रस्ताव गरेको छ। आयोगले तयार पारेको अध्ययन प्रतिवेदनअनुसार नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहमा वितरण गरिने रोयल्टीको सीमा फेरबदल गरी गत फागुन २ गते अर्थ मन्त्रालयलाई सिफारिस गरिएको छ। मन्त्रिपरिषद्ले स्वीकृति दिएपछि नयाँ बाँडफाँट संरचना कार्यान्वयनमा आउनेछ। विद्यमान कानुनी […]