नेपाल एयरलाइन्सका ट्वीनअटर विमान पुन: नियमित उडानमा

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का दुई ट्वीनअटर विमानहरू लामो समयपछि पुन: नियमित उडानमा आएका छन्। निगमका प्रवक्ता सुवास डाँगीका अनुसार कलसाइन नाइन एन–एबिटी र नाइन एन–एबीयु विमान पूर्ण रूपमा सञ्चालनमा आइसकेका हुन्। विगत केही समयदेखि ग्राउण्डेड रहेका यी विमानहरू दुर्गम क्षेत्रका यात्रुहरूका लागि समस्याको कारण बनेका थिए। तर, नियामक निकाय तथा विमान […]

सरकारी कारोबारमा बेरुजु बढ्दै जानु सुशासनका लागि चुनौतिपूर्णः राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारी कारोबारमा हरेक वर्ष बेरुजु बढ्दै जानु सुशासनका लागि चुनौतिपूर्ण भएको बताएका छन् । बुधबार महालेखा परीक्षकको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन ग्रहण गर्दै उनले यस्तो बताए । उनले विगत लामो समयदेखि सरकारी खर्चमा बढ्दै गएको बेरुजु गम्भीर चासो र सरोकारको विषय बनेको बताए । उनले वर्तमान परिस्थितिमा सरकारी […]

बजेटमा दर्शन छैन, विकास मोडल दिशाहीन: सांसदहरूको टिप्पणी

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि भएको छलफलमा विभिन्न दलका सांसदहरूले बजेट निर्माण प्रक्रिया, कार्यान्वयनका कमजोरी, सुशासनको अभाव र जनताप्रति सरकारको जवाफदेहिताबारे गम्भीर प्रश्न उठाएका छन् । सांसदहरूले बजेट कर्मकाण्डी, असन्तुलित, अपारदर्शी र प्रभावहीन रहेको टिप्पणी गर्दै समावेशी, यथार्थपरक र कार्यान्वयनमुखी बजेटको मागसमेत गरेका छन् । छलफलमा भाग लिँदै […]

आगामी बजेटले निजी क्षेत्रलाई प्रोत्साहित गर्नेः अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी दिनमा आर्थिक सुधारलाई उच्च महत्व दिने बताएका छन्। “केही समय अघिदेखि आर्थिक सुधार थालेका छौं ।त्यसबाट सकारात्मक नतिजाहरु पाइरहेका छौं। आउने दिनमा आर्थिक सुधारलाई हामी उच्च महत्व दिनेछौं, आगामी बजेटबारे विकास साझेदारहरुसँगको छलफलमा अर्थमन्त्री पौडेलले भने, ‘‘अध्यादेशबाट गरिएका कानून संशोधनहरु, उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले दिएको सुझावहरु, […]

दुवईबाट फर्किएर च्याउ खेती, वर्षमा १८ लाख आम्दानी

सुनसरी। तीन वर्ष वैदेशिक रोजगारबाट स्वदेश फर्किएका सुनसरीको बराहक्षेत्र नगरपालिका(९ का अजित भुजेल अहिले बारीमा च्याउखेती गरेर वार्षिक १८ लाखभन्दा बढी बचत गरिरहेका छन्। दुबईको त्यो तातो घाम पसिना र परदेशको पीडाले थिचिएका उनी अहिले च्याउको टनेलभित्र हरियाली सपना देखिरहेका छन्। अजित दुबईमा काम गर्दा महिनाको ३५-४० हजार कमाउँथे तर त्यो पैसाले खासै जीवन चलाउन […]

विकास साझेदारहरूसँग अर्थमन्त्रीले गरे बजेट छलफल

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी दिनमा आर्थिक सुधारलाई उच्च महत्त्व दिने बताएका छन्। “केही समय अघिदेखि आर्थिक सुधार थालेका छौँ। त्यसबाट सकारात्मक नतिजाहरु पाइरहेका छौँ। आउने दिनमा आर्थिक सुधारलाई हामी उच्च महत्त्व दिनेछौँ’, आगामी बजेटबारे विकास साझेदारहरुसँगको छलफलमा अर्थमन्त्री पौडेलले भने, ‘अध्यादेशबाट गरिएका कानुन संशोधनहरु, उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले दिएको सुझावहरु, […]

राजश्वको श्रोतको आधारमा यथार्थपरक बजेट ल्याउन चेम्बर अफ कमर्सको सुझाव

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले वास्तविक कर राजश्वको श्रोत परिचालनबाट एवं प्रतिवद्धता प्राप्त वैदेशिक सहायताका आधारमा यथार्थपरक बजेट ल्याउन सरकारलाई सुझाव दिएको छ । सिंहदरवारस्थित अर्थ मन्त्रालयमा सोमबार उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई चेम्बरले आगामी बजेटमा आर्थिक क्षेत्रमा सम्वोधन गर्नुपर्ने १ सय वुँदे सुझाव दिएको हो । सरकारले लिएको आर्थिक बृद्धिको लक्ष्य पुरा गर्न […]

अमेरिका र चीनबीच भन्सार शुल्क ११५ प्रतिशतसम्म अस्थायी रूपमा घटाउने सहमति

काठमाडौं । स्विट्जरल्यान्डमा सम्पन्न वार्तापछि अमेरिका र चीनले एकअर्काको आयातमा लगाइएको भन्सार शुल्क अस्थायी रूपमा घटाउने सहमति गरेका छन्। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टका अनुसार दुवै देशले आगामी ९० दिनका लागि पारस्परिक रूपमा लगाइएको कर ११५ प्रतिशतसम्म घटाउने निर्णय गरेका हुन्। वार्ताको समापनपछि सोमबार सार्वजनिक रूपमा उक्त सम्झौताको घोषणा गरिएको हो। बेसेन्टले वार्तालाई “उत्पादक र रचनात्मक” […]

कर छलीमा सवा एक अर्ब असुल गर्न ध्रुव कन्स्ट्रक्सनका सञ्चालकमाथि मुद्दा

काठमाडौं । राजस्व अनुसन्धान विभागले बानेश्वरमा कार्यालय रहेको ध्रुव कन्स्ट्रक्सन प्रालिका सञ्चालक ध्रुव देवमाथि ठूलो रकम कर छली गरेको देखिएको उल्लेख गर्दै एक अर्ब २१ करोड रकम असुल उपर गर्नुपर्ने निष्कर्षसहित मुद्दा चलाएको छ । राजस्व चुहावटसम्बन्धी कसुरमा अनुसन्धान तथा तहकिकात सम्पन्न गरी ध्रुव कन्स्ट्रक्सन प्रालिका सञ्चालक देवविरुद्ध उच्च अदालत पाटनमा राजस्व चुहावट (अनुसन्धान तथा […]

यारी भन्सार कार्यालयद्वारा ७ लाख राजस्व संकलन

सिमकोट । यहाँको उत्तरी हिल्सामा स्थापना भएको यारी नाका भन्सार कार्यालयले ७ लाख ५५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०८१/२०८२ सकिन अझै दुई महिना बाँकी हुँदा ७ लाख रुपैयाँ राजस्व संकलन गरेको यारी नाका भन्सार कार्यालयका प्रमुख रामराज जैसीले बताए । कार्यालयको यो आर्थिक वर्षमा ८३ हजार रुपैयाँ राजस्व संकलन गर्ने […]