आन्तरिक ऋणबिनाको आर्थिक वृद्धि सम्भव छैनः पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा

काठमाडौं । पूर्वअर्थमन्त्री तथा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडाले आन्तरिक ऋण बिना पाँच प्रतिशतभन्दा बढीको आर्थिक वृद्धि हासिल गर्नु असम्भव रहेको बताएका छन्। आइतबार काठमाडौंमा आयोजित प्रि–बजेट छलफल कार्यक्रममा बोल्दै उनले विकास खर्च र उच्च आर्थिक वृद्धिदरका लागि आन्तरिक ऋण अपरिहार्य भएको स्पष्ट पारे। ‘अहिले पाँच प्रतिशतभन्दा माथिको वृद्धि दरको अपेक्षा गरिएको छ,’ उनले […]

गर्मीमा अण्डाको उत्पादन घट्दा माग बढ्यो

चितवन । गर्मीसँगै अण्डाको उत्पादन घटेपछि बजारमा माग बढ्न थालेको छ । गर्मीका कारण कुखुराले दाना कम खाने हुँदा अण्डाको आकार र सङ्ख्या दुवै घट्ने गर्दछ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपप्राध्यापक डा. अनन्त दाहालका अनुसार गर्मीसँगै कुखुराले अण्डा कम दिन थाल्दछ । मुख्य रोगहरू पनि यही मौसममा देखा पर्ने गर्दछन् । पानी […]

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदन आगामी लेखा समिति बैठकमा छलफल गरिने

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी अध्ययन प्रतिवेदन आगामी सार्वजनिक लेखा समिति बैठकमा छलफलका लागि प्रस्तुत गरिने भएको छ। आइतबार बसेको लेखा समितिको बैठकले राजेन्द्र लिङ्देनको संयोजकत्वमा बनेको अध्ययन उपसमितिको प्रतिवेदन सबै समिति सदस्यलाई वितरण गरेको छ। प्रतिवेदनको अध्ययनपछि आगामी बैठकमा यसको विस्तृत छलफल गरिनेछ। यसैबीच, भैरहवा विमानस्थलसम्बन्धी अध्ययन उपसमितिमा नेतृत्व परिवर्तन हुने भएको छ। संयोजक […]

बागवानीको लिची २८ लाख रुपैयाँमा ठेक्का

सर्लाही । उष्ण प्रदेशीय बागवानी केन्द्र नवलपुरले अहिलेसम्मकै बढी मूल्यमा लिची बिक्रीको ठेक्का लगाएको छ । बागवानी केन्द्रका अनुसार यस वर्ष उत्पादन भएको लिची बागवानीले रु २८ लाख २५ हजारमा ठेक्का लगाएको हो । केन्द्रले बागवानीमा रहेको लिची बिक्रीका लागि गत चैत २७ गते न्यूनतम रु २५ लाख ५१ हजार बिक्री मूल्य राखेर सूचना प्रकाशित […]

नीत तथा कार्यक्रम : सामाजिक सुरक्षा कोष अनिवार्य, कोषमा नगए संस्था नविकरण नहुने

काठमाडौं ।राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सामाजिक सुरक्षा कोष अनिवार्य, कोषमा नभए नविकरण नहुने बताएका छन् । आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत् सबै प्रकृतिका जुनसुकै सेवा शर्तमा रोजगारीमा संलग्नहरुलाई अनिवार्य रुपमा योगदानमा आधारित सुरक्षा कोषमा आवद्धता गरिने गरी कोषको भूमिका र दायित्वलाई विस्तार गरिने बताइएको हो । कम्पनी […]

सरकारको नीति तथा कार्यक्रम : ९० को दशक ‘आन्तरिक रोजगारी दशक’ मनाइने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आगामी दशकलाई आन्तरिक रोजगारी दशक मनाइने बताएका छन् । आर्थिक वर्षको नीति तथा कार्यक्रम  मार्फत् श्रम गर्नेको संस्कृतिको विकास गर्दै श्रमलाई सम्मान गर्ने परिपारटी बसाल्ने छ । इन्र्टनलाई पनि स्टार्टअपमा संलग्न गर्न कार्यघण्टाम आधारित ज्याला प्रणाली लागु गरिनेछ । योगदानमा आधारित सामाजिक […]

सरकारको नीति तथा कार्यक्रम : कृषियोग्य भूमिको संरक्षण, जगंली जनावर धपाउन प्रविधिको प्रयोग गर्ने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै कृषियोग्य भूमिको संरक्षण, जगंली जनावर धपाउन प्रविधिको प्रयोग गर्ने बताएका छन् । नीति तथा कार्यक्रममार्फत् कृषियोग्य भूमिको संरक्षण , बाँझो जमिनको उपयोग , कटुवावन्दी र करारखेतीलाई प्रवद्र्धन गरिनेछ । जंगली जनवारबाट हुने क्षति न्यूनीकरणका लागि उपयुक्त प्रविधि प्रयोग गरिनेछ । रैथानी बाली, बीउ […]

विकास आयोजनाहरूलाई रुग्ण हुन नदिन मन्त्री दाहालको आग्रह

काठमाडौं  । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले कुनै पनि विकास आयोजनालाई रुग्ण हुन नदिन आग्रह गरेका छन् । हुलाकी राजमार्गअन्तर्गत झापाका रतुवा तथा कन्काई पुलको बिहीबार निरीक्षणका क्रममा उनले रुग्ण आयोजनाको व्यवस्थापनमा मन्त्रालयले प्राथमिकताका साथ काम गरिरहेको बताए । आयोजना जिम्मा लिने र समयमा पूरा नगर्ने प्रवृतिको अन्त्य हुनुपर्ने भन्दै उनले निर्धारित समयमा पूरा नभएका आयोजनाका […]

नेपाल हेभी इक्विपेमन्ट व्यवसायी महासंघको अध्यक्षमा शर्मा निर्वाचित

काठमाडौं । नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघको अध्यक्षमा उमाकान्त शर्मा निर्वाचित भएका छन् । छैटौं साधारणसभा तथा तेस्रो अधिवेशनले शर्माको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । महासंघको नवनिर्वाचित कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा सुरेश खत्री, प्रथम उपाध्यक्षमा वसन्तप्रसाद भुसाल, द्वितीय उपाध्यक्षमा सुनिल थापा, तृतीय उपाध्यक्षमा जयबहादुर साउद र महासचिवमा मेजर शमशेर कुवर महेश उपमहासचिवमा यादवलाल […]

कोशी प्रदेश लगानी सम्मेलन २०२५ सुरु

विराटनगर । दुई दिनसम्म चल्ने कोशी प्रदेश लगानी सम्मेलन २०२५ सुरु भएको छ। कोशी प्रदेश सरकारको आयोजनामा लगानी सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन्। उद्घाटन शत्रको कार्यक्रममा बोल्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश सरकार समृद्ध प्रदेशका लागि लगानीकर्ता र निजीक्षेत्रको वारेस बन्न तयार रहेको बताए। उनले भने, ‘कोशी प्रदेशमा आएका लगानीलाई […]