बैंकहरू कर्जा प्रवाह गर्ने संस्था मात्र होइनन्,व्यवसायलाई चलायमान राख्ने अभिभावक पनि हुन – गभर्नर महाप्रसाद अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरू केवल कर्जा प्रवाह गर्ने संस्था मात्र होइनन्, व्यवसायलाई चलायमान राख्ने अभिभावक पनि  भएको बताएका छन् । उनले इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)द्वारा नेपाल बैंकर्स संघका नवनिर्वाचित कार्यसमितिको स्वागत तथा सम्मानका लागि आयोजित कार्यक्रममा काठमाण्डौमा योजना गरेको कार्यक्रममा यस्तो बताएका हुन् । उनले ’व्यवसायीलाई परामर्श (काउन्सिलिङ) दिनुपर्ने […]

गण्डकीमा ४ अर्बभन्दा बढीको सुन्तला उत्पादन

गण्डकी । गण्डकी प्रदेशमा यस वर्ष ४ अर्ब १७ करोड २७ लाख रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको छ । कृषि विकास निर्देशनालयको प्रारम्भिक आँकडाअनुसार ६६ हजार पाँच सय ७८ मेट्रिक टन सुन्तला उत्पादन भएको हो । प्रदेशका नौ जिल्लामा पाँच हजार सात सय तीन हेक्टरमा सुन्तला उत्पादन भएको निर्देशनालयका कृषि अर्थ विज्ञ मनोज पौडेलले जानकारी […]

यातायात कार्यालय जुम्लाद्वारा ६ महिनामा ६७ लाख रुवैयाँ राजस्व संकलन

जुम्ला । जिल्लास्थित यातायात व्यवस्था कार्यालयले चालु आर्थिक वर्ष २०८१–८२ को ६ महिनामा ६७ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ । नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरणलगायतबाट चालु आव २०८१–८२ को साउनदेखि पुससम्ममा कार्यालयले ६७ लाख ४४ हजार राजस्व संकलन गरेको निमित्त कार्यालय प्रमुख लोकबहादुर महतले जानकारी दिए । निमित्त कार्यालय […]

मुलुकको कूल व्यापार घाटा ७ खर्ब २३ अर्ब

काठमाडौं । मुलुकको कूल व्यापार घाटा  ७ खर्ब २३ अर्ब ५८ करोड बराबर पुगेको छ । चालु आर्थिक वर्षको छ महिनामा कूल वस्तु व्यापार घाटा चार दशमलव चार प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा दुई दशमलव छ प्रतिशतले कमी आएको थियो । समीक्षा अवधिमा […]

वैदेशिक अध्ययनमा बाहिरियो ५६ अर्ब ८३ करोड

काठमाडौं । वैदेशिक अध्ययनका लागि नेपाली विद्यार्थीले झण्डै रु ५६ अर्ब ८३ करोड बराबर खर्च गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिनाको विवरणअनुसार गत वर्षको सोही अवधिको तुलनामा रु दुई अर्ब बढीले कमी आए पनि शिक्षाको नाममा विदेशिने रकम बढ्दो क्रममा रहेको छ । अघिल्लो वर्ष वैदेशिक अध्ययनका लागि […]

विदेशी विनिमय सञ्चिति सवा २३ खर्ब, १७ महिनालाई आयात धान्न पुग्ने

काठमाडौं । मुलुकको विदेशी विनिमय सञ्चिति पुस मसान्तसम्म २३ खर्ब १६ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । गत आवको असार मसान्तको तुलनमा १३.५ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा देखिन्छ । गत आवको असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ बराबर कुल विदेशी विनिमय […]

साढे २ खर्ब पुग्यो शोधनान्तररर बचत, चालु खाता बचत साढे १ खर्ब

काठमाडौं । मुलुकको चालु खाता बचत करिब साढे १ खर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार पुस मसान्तसम्म चालु खाता १ खर्ब ४८ अर्ब १७ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ६२ अर्ब ५६ करोडले बचतमा […]

६ महिनामा पौने आठ खर्बको रेमिट्यान्स भित्रियो

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा करिब पौने ८ खर्ब रुपैयाँ बराबरको रेमिट्यान्स (विप्रेषण आप्रवाह) भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार पुस मसान्तसम्म ७ खर्ब ६३ अर्ब ८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो गत आवको सोही अवधिको तुलनामा ४.१ […]

नेपालीको भान्सा थप महँगियो, उपभोक्ता मुद्रास्फीति ५.४१ प्रतिशत

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिना आइपुग्दा नेपालीको भान्सा थप महँगिएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार पुस मसान्तसम्म वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.४१ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.२६ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय […]

आर्थिक विकासका लागि नीतिगत सुधार र व्यवहारिक कार्यान्वयन आवश्यकः उपाध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष ज्योत्सना श्रेष्ठले देशको आर्थिक विकासका लागि नीतिगत सुधार र व्यवहारिक कार्यान्वयन आवश्यक भएको बताएकी छिन् । काठमाडौंमा एक कार्याक्रममा उपाध्यक्ष श्रेष्ठले सो धारणा राखेकी हुन् । मुलुकको अर्थतन्त्र सुधारका लाागि नेपाल उद्योग वाणिज्य महासंघले दिएका सुझावहरुका आधारमा सरकारले आर्थिक तथा व्यावसायिक वातावरण सुधार, लगानी अभिबृद्धि, सुशासन प्रवर्द्धन तथा सार्वजनिक […]